Wednesday, May 15, 2024
Homeफिचरपाठ्यक्रम र पाठ्यपुस्तक अनुसार अध्ययन अध्यापन

पाठ्यक्रम र पाठ्यपुस्तक अनुसार अध्ययन अध्यापन

- Advertisement -spot_img

अहिले नयाँ शैक्षिक सत्र सुरु भएको छ । शिक्षण संस्थाहरुले शैक्षिक सत्रलाई विशेष रुपमा लिने गर्दछन् । आफ्नो शैक्षिक संस्थालाई अब्वल बनाउने र गुणस्तरीय शिक्षा दिने प्रतिवद्धता सार्वजनिक भइरहेका छन् । नयाँ शैक्षिक सत्र र विद्यालयको सुधारको योजनाको बारेमा गोरखा माध्यमिक विद्यालय तुलसीपुर–६, दाङका प्रधानाध्यापक विजयमान जि.एम. सँग गरिएको कुराकानीको सारसंक्षेप ।

नयाँ शैक्षिक सत्रको भर्ना अभियान कस्तोे भइरहेको छ ?

नयाँ शैक्षिक सत्रको शुरुवातसँगै गोरखा स्कुलको भर्ना सकिसकेको छ ।

विद्यालयलाई आगामी दिनमा कसरी सञ्चालन गर्ने तयारी गरिरहनु भएको छ ?

विद्यार्थीलाई विशेषगरेर प्रविधिको माध्यमबाट बालमैत्री वातावरणमा मनोवैज्ञानिक तरिकाले पठनपाठन गर्ने विशेष तयारीमा रहेका छौँ । शिक्षकको पेशागत विकासको लागि तालिमको व्यवस्थापन, विद्यार्थीको नेतृत्व विकास र अभिभावकलाई अभिभावक शिक्षाको माध्यमबाट विद्यालय सञ्चालन गर्ने तयारीमा रहेका छौँ ।

अन्य विद्यालय छोडेर यही विद्यालयमा विद्यार्थीहरु पढ्न आउनुको कारण के ? कि विभिन्न सेवा सुविधाका शीर्षकमा आश्वासन दिने गर्नुभएको छ र ?

गोरखा स्कुल तुलसीपुर छोटो समयमा विद्यार्थी र अभिभावकको रोजाईमा पर्न सफल भएको छ । यो सम्पूर्ण विद्यार्थी, अभिभावक र शिक्षा क्षेत्रको लागि खुशीको कुरा हो । विद्यार्थीहरु गोरखा स्कुलमा आउनुको थुप्रै कारणहरु छन् ।
विद्यालयमा दक्ष शिक्षक र राम्रो टिम छ । विद्यालयमा भौतिक पूर्वाधार, खेलकुद मैदान, अनुकूल वातावरण, कम्प्युटर ल्याव, विज्ञान ल्याव, इन्टरनेट, ई–लाइव्रेरीको सुविधा छ ।
विद्यालयले स्थापना कालदेखि गुणस्तर शिक्षा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ । विद्यार्थीहरुको मनोवैज्ञानिक प्रोफाइल तयार गरेर काउन्सिलिङ गरिरहेका छौँ । विद्यार्थीहरुलाई व्यवहारिक शिक्षा दिदै आइरहेका छौँ ।
नयाँ–नयाँ शैक्षणिक विधिको प्रयोग गरिरहेका छौँ । कक्षाकोठामा शैक्षिक सामग्रीको प्रयोग गरिरहेका छौँ । विद्यार्थीहरु प्रविधिको प्रयोग गरेर विभिन्न परियोजना कार्यहरु गरिरहेका छन् ।
विद्यालयको अभिन्न अंग सहक्रियाकलाप हो । विद्यालयले योगा र मेडिटेशन तथा लागूपदार्थ कक्षाहरु सञ्चालन गरिरहेको छ । विद्यालयको गहना अनुशासन हो ।
विद्यार्थी र अभिभावकलाई आश्वासन दिनुपर्ने आवश्यक छैन् । विद्यार्थी र अभिभावकलाई आश्वासन दिएर मात्र कतिदिन विद्यालय चलाउने हो र ? तसर्थ शिक्षामा आश्वासनभन्दा पनि काम गर्ने हो, परिणाम दिने हो ।

शैक्षिक अभियानमा तपाईको विद्यालय र अन्य विद्यालयमा के फरक छ ?

सबै विद्यालयले दिने भनेको शिक्षा नै हो । फरक कसरी दिन्छ भन्ने मात्र हो । हाम्रा शिक्षण सिकाइ क्रियाकलापहरु विद्यार्थीको समग्र विकासमा (Holistic Development) केन्द्रित छन् । हरेक विद्यार्थीमा केही न केही क्षमता हुन्छ ।
यो वास्तविकतालाई स्विकार्दै हाम्रा शिक्षण सिकाइ क्रियाकलापहरु विद्यार्थीहरुमा प्रतिस्पर्धा(Competition) भन्दा पनि सहयोगी ९ ( Collaborative) भावनाको विकास गर्ने उद्देश्यले केन्द्रित छन् ।
विद्यार्थीमा प्रतिस्पर्धाभन्दा पनि सहयोगी भावनाको विकास हुनुपर्दछ । सहयोगी भावनाले सामाजिक विविधतालाई स्वीकार गर्दछ । आजका हाम्रा विद्यार्थी भोलिका समाजका अंग हुन् ।

अहिले विद्यार्थीमा व्यवहारिक संस्कार हटेर जान थालेको छ । यसको संरक्षणमा तपाईको विद्यालयको भूमिका के ?

अहिले आधुनिकताको नाममा सामाजिक मुल्य मान्यता, संस्कार, आदर सम्मान विस्तारै लोप हुदैछन् । यो दुखद् कुरा हो । हाम्रा शिक्षण सिकाइ क्रियाकलापहरु संस्कारयुक्त शिक्षाप्रति केन्द्रित भएनन् कि ?
हामी शिक्षकले पाठ्यक्रमको मर्म अनुसार सिकाइ गर्न सकेनौँ कि ? भन्ने प्रश्न चिन्ह खडा भएको छ । संस्कार संरक्षण गर्नको लागि विद्यालयको निश्चय पनि मुख्य भूमिका हुन्छ । विद्यार्थीको पहिलो पाठशाला परिवार नै हो ।
यसको लागि विद्यालयले अभिभावक शिक्षालाई महङ्खव दिइरहेको छ । हामीले विद्यार्थीहरुमा सामाजिक संस्कारको विकासमा टेवा पुग्ने उद्देश्यले योगा र मेडिटेशन तथा लागूपदार्थका कक्षाहरु सञ्चालन गरिरहेका छौँ । विद्यार्थीहरुले सामाजिक संस्कारमा आधारित परियोजना कार्यहरु गरिरहेका छन् ।

शैक्षिक बजारमा विद्यालय–विद्यालय बीच व्यापक प्रतिस्पर्धा छ, तपाईले आफ्नो विद्यालयले कसरी प्रतिस्पर्धामा ल्याउनु भएको छ ?

प्रतिस्पर्धा हुनु सकारात्मक पक्ष हो । हामी एकअर्काको साथ र सहयोग तथा सामाजिक विविधतालाई स्वीकार गरेर नै विद्यालयलाई यो स्थानमा ल्याउन सफल भएका छौँ ।

विद्यालयमा पाठ्यपुस्तक र पाठ्यक्रमलाई कसरी व्यवस्थित गराउनुभएको छ ?

सर्वप्रथम पाठ्यपुस्तक र पाठ्यक्रम फरक कुरा हुन् भनेर बुझ्नु जरुरी छ । धेरैलाई पाठ्यपुस्तक र पाठ्यक्रम एउटै हो भन्ने बुझाई रहेको छ । पाठ्यक्रमले तोकेका लक्ष्य तथा उद्देश्य प्राप्त गर्न पाठ्यपुस्तक तयार गरिएको हुन्छ ।
पाठ्यक्रम शिक्षाका लक्ष्य हासिल गर्नका लागि बनाइएको शैक्षिक कार्यक्रम हो । अर्थात् पाठ्यक्रम विद्यालयभित्र र बाहिर विद्यार्थीमा ऐच्छिक उपलब्धिहरु प्राप्त गराउन विद्यार्थीद्वारा गरिने सम्पूर्ण प्रयास हो ।
हामी पाठ्यक्रम र पाठ्यपुस्तक अनुसार अध्ययन अध्यापन गरिरहेका छौँ ।

विद्यालयलाई यहाँसम्म ल्याई पुग्दा विद्यार्थी र अभिभावकहरु विद्यालयबाट खुशी छन् त ?

विद्यार्थी र अभिभावकहरु विद्यालयबाट खुशी हुनुुहुन्छ । विद्यार्थी र अभिभावक खुशी भएर नै गोरखा स्कुल तुलसीपुर छोटो समयमा विद्यार्थी र अभिभावकको रोजाईमा पर्न सफल भएको छ ।

विद्यालयले उत्पादन गरेका विद्यार्थी समाजमा टिक्न र बिक्न सक्ने भएका छन् त ? कसरी विश्वास दिलाउन सक्नुहुन्छ ।

हाम्रो विद्यालयबाट उत्पादन भएका विद्यार्थीहरु टिक्न र बिक्न सक्ने भएका छन् । हाम्रो विद्यालयबाट उत्पादन भएका विद्यार्थीहरु स्वदेश तथा विदेशका विभिन्न संघसंस्थाहरुमा काम गरिरहेका छन् ।

अहिले विद्यालयहरुमा विकृति बढ्दै गएको छ । यसमा तपाईको भनाई के छ ?

विद्यालयमा अध्ययनरत विद्यार्थी विशेषगरेर लागूपदार्थको दुव्र्यसनीको कुलतमा लागेका छन् । यो कुरा कतिपय विद्यालय र अभिभावकहरुलाई थाहा छैन् । लागूपदार्थ दुव्र्यसनीको कुलतले गर्दा विद्यार्थीको स्वास्थ्य र दैनिक पठनपाठनमा प्रत्यक्ष असर परिरहेको छ ।
अभिभावकहरु तनावमा छन् । विद्यालयभन्दा बाहिर रहेका बालबालिकाहरुमा पनि दुव्र्यसनीको कुलत छ । सामाजिक वातावरण दूषित भएको छ । विद्यालयहरुमा हुने विकृतिलाई न्यूनीकरण गर्नको लागि हामीले लागूपदार्थ दुव्र्यसनी सम्बन्धी कक्षाहरु सञ्चालन गरिरहेका छौँ ।

विद्यार्थीहरुलाई प्रविधियुक्त शिक्षा प्रदान गर्नका लागि विद्यालयमा के कस्ता पूर्वाधारको व्यवस्था गरिएको छ ?

अहिले विश्वमा सूचना र प्रविधिको विकास तिव्र रुपमा भएको छ । यो कुरा सबैले बुझ्नु जरुरी छ । सूचना तथा सञ्चार प्रविधिको प्रयोगले विश्व नै ‘ग्लोवल भिलेज’मा परिणत भएको छ । अहिले विद्यार्थी विश्व बजारमा बिक्नको लागि प्रविधि र अंग्रेजीमा पोख्त हुनुपर्दछ ।
अन्यथा बजारमा बिक्न र टिक्न कठिन छ । विश्व बजारमा बिक्न र टिक्न सक्ने विद्यार्थी तयार गर्नको लागि हामीले प्रविधि र अंग्रेजीलाई प्राथमिकता दिएका छौँ ।
प्रविधिमा विद्यार्थीहरुलाई पोख्त बनाउन कम्प्युटर विषय कक्षा ३ देखि कक्षा १२ सम्म अध्यापन गर्दै आइरहेका छाँै । विद्यालयमा दुईवटा कम्प्युटर ल्याव सञ्चालनमा छ । उच्च गतिको इन्टरनेट र ई–लाइव्रेरीको सुविधा छ ।
हाम्रा दैनिक शिक्षण क्रियाकलापहरु प्रविधिमा आधारित छन् । प्रविधिको माध्यमबाट अडियो भिडियो कक्षाहरु सञ्चालन गरिरहेका छौँ । प्रविधिको अधिकतम प्रयोग गरेर अहिले हाम्रा विद्यार्थीहरु अन्तर्राष्ट्रिय विद्यालयका विद्यार्थीहरुसँग मिलेर विभिन्न प्रोजेक्ट वर्क गरिरहेका छन् ।

लामो समयदेखि यो विद्यालय शैक्षिक सेवा प्रदान गर्दै आएको छ, यहाँसम्म आईपुग्दा विद्यालय सञ्चालनमा आउने कठिनाईहरुलाई कसरी सुल्झ्याउँदै लैजानु भएको छ ?

विद्यालय सञ्चालनको क्रममा विभिन्न कठिनाईहरु आउनु स्वभाविक नै हो । हामो विद्यालय समूहमा चलेको संस्था हो । विद्यालय सञ्चालनको क्रममा आइपरेका कठिनाईहरु विद्यालय सञ्चालक, सल्लाहकार र अभिभावकहरुसँग सामूहिक छलफल गरेर समाधान गर्छौ ।

अन्त्यमा छुटेको केही छ ।

शैक्षिक सत्र २०७६ का लागि निजी तथा सामुदायिक विद्यालयहरुकोे भर्ना अभियानको सफलताको कामना गर्दछु । नेपाल सरकारले यस वर्षको भर्ना अभियानका लागि तय गरेको नारा
‘सबै बालबालिकाहरुलाई विद्यालय पठाऔं, नेपाललाई शिक्षितको देश बनाऔँ’ सफल रहोस् । प्रदेश टुडे पत्रिकाको माध्यमबाट मेरा विचारहरु पाठक विशेष गरेर विद्यार्थी र अभिभावक समक्ष सम्प्रेषण गर्ने मौका दिनु भएकोमा पत्रिकाको सम्पूर्ण टिमप्रति आभार प्रकट गर्दछु । धन्यवाद !

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here