Tuesday, April 30, 2024
Homeफिचरकम्लहरीलाई परिचयपत्रको सास्ती

कम्लहरीलाई परिचयपत्रको सास्ती

- Advertisement -spot_img

घोराही, ५ भदौ । गढवा गाउँपालिका–३ की पूर्व कम्लहरी लक्ष्मी थारु कुमाल यसै वर्ष १२ कक्षा उत्तीर्ण गरेर स्नातक तहको अध्ययनका लागि तयारीमा छन् । छात्रवृत्तिमा पढ्दै आएकी कुमाललाई स्नातक तहको अध्ययनमा भर्ना हुन र छात्रवृत्ति पाउन परिचयपत्र आवश्यक पर्छ । तर पहिचान खुल्ने परिचयपत्रको भने अन्यौल छ । अहिलेसम्म परिचयपत्र प्राप्त नहुँदा स्नातक तहको अध्ययन गर्न नपाउने हो कि भन्ने पीर उनको मानस पटलमा घुमिरहेको छ । त्यति मात्रै होइन् परिचयपत्र पाउन नसकेको कारण उनले वार्षिकरुपमा पाउने छात्रवृत्ति रकमसमेत प्रभावित भएको छ । त्यस्तै अर्की मुक्त कम्लहरी अञ्जना चौधरी । लमही नगरपालिका–३ फल्कापुरकी अञ्जनाले यसैवर्ष कक्षा ११ पास गरिन्, अब उनले कक्षा १२ पढ्नुपर्ने भएको छ तर उनले पनि परिचयपत्र प्राप्त गर्न नसकेको कारण कक्षा १२ मा पढ्न जान सकेकी छैनन् । अञ्जना र लक्ष्मी त उदाहरण पात्र मात्र हुन् । उनी जस्तै धेरै मुक्त कम्लहरीले परिचयपत्र नपाउँदा यस्तै समस्या भोग्नुपरेको छ ।

सरकारी तथ्याङ्कलाई मात्रै आधार मान्ने हो भने पनि करिब आठ हजार बढी मुक्त कम्लहरीले परिचय पत्र प्राप्त गर्न सकेका छैनन्, जसका कारण उनीहरुले विभिन्न समस्या भोग्नुपरेको छ ।


परिचयपत्र किन ?

  •  शिक्षामा छात्रवृति प्राप्त गर्न
  •  सिपमूलक तालिम प्राप्त गर्न सकिने
  •  सरकारी जागिरको लागि आरक्षणको व्यवस्था
  •  पूर्व कम्लहरी पहिचान

सरकारी तथ्याङ्कलाई मात्रै आधार मान्ने हो भने पनि करिब आठ हजार बढी मुक्त कम्लहरीले परिचयपत्र प्राप्त गर्न सकेका छैनन्, जसका कारण उनीहरुले विभिन्न समस्या भोग्नुपरेको छ । कम्लहरी जीवनबाट मुक्त भएको लामो समय बितिसक्दा समेत पश्चिम नेपालका सरकारलाई दिएको तथ्याङ्क अनुसार ८ हजार ४ सय १ जना मुक्त कम्लहरीहरुले परिचयपत्र पाउन नसकेको मुक्त कम्लहरी विकास मञ्चका अध्यक्ष सुनिता चौधरीले जानकारी दिइन् । एक वर्ष अघि गत साल भदौ ४ गते तत्कालीन भूमि सुधार तथा व्यवस्था मन्त्री गोपाल दहितको पालामा परिचयपत्र वितरण शुरु भएपनि एक वर्षको अवधिमा ५ सय ९९ जनाले मात्रै परिचयपत्र प्राप्त गरेका छन् । कम्लहरी पहिचानका लागि दाङलगायत पश्चिम नेपालका पाँच जिल्ला बाँके, बर्दिया, कैलाली र कन्चनपुरबाट परिचयपत्र वितरण गर्ने भनिए पनि बाँके, कैलाली र कञ्चनपुरमा अझै परिचयपत्र वितरण नै शुरु भएको छैन् । भने दाङमा अहिलेसम्म ५ सय ५३ जना र बर्दियामा ४६ जनाले मात्रै परिचय पत्र प्राप्त गरेको अध्यक्ष चौधरीको भनाइ छ । विभिन्न बहानामा परिचयपत्र वितरण भएको छैन् जसका कारण उनीहरुले धेरै समस्या भोग्नुपरेको छ अध्यक्ष चौधरीले बताइन् । बजेट र जनशक्तिको अभावको कारण देखाउँदै परिचयपत्र वितरणमा ढिलाइ भएको छ– उनले भनिन् । स्थानीय तहबाट नै यसको ब्यवस्थापन गरिनुपर्छ । मुक्त कम्लहरी पहिचान पत्र जिल्लाको एक ठाउँबाट वितरण हुँदा ढिला भएको र कम्लहरीहरुले सास्ती पाएको उनको भनाइ छ । सरकारले कम्लहरी मुक्तिको घोषणा गरेको लामो समय बितिसकेको छ । तर उनीहरुको पहिचानका लागि दिने परिचयपत्र ढिलाइ हुँदा उनीहरुले मुक्तिको अनुभूति गर्न पाएका छैनन् । जिल्लाको एक ठाउँबाट मात्रै परिचयपत्र वितरण हुँदा पाएको सास्ती अहिले झन् वितरण प्रक्रिया रोकिदा समस्या भएको अध्यक्ष चौधरीले बताइन् ।उनले परिचयपत्र वितरणमा ढिलाइ हुँदा धेरै मुक्त कम्लहरीले समस्या भोग्नुपरेको छ । परिचयपत्र वितरणमा सुस्तगतिमा भएको बताइन् । भूमि सुधार कार्यालय दाङका प्रमुख मानबहादुर कुँवरले आवश्यक जनशक्तिको अभाव र आर्थिक समस्याको कारण परिचयपत्र वितरण ढिलाइ भएको जानकारी दिए । जिल्लामा परिचयपत्र बनाउनका लागि चाहिने आवश्यक कागजपत्र संकलन भइरहेको तर नरोकिएको उनको भनाइ छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here