Saturday, May 11, 2024
Homeफिचरजनशक्ति तालिम प्रक्रिया र प्रभाव

जनशक्ति तालिम प्रक्रिया र प्रभाव

- Advertisement -spot_img

धनबहादुर ओली

राज्यको कार्यसम्पादनलाई चुस्त, दुरुस्त, छरितो, प्रभावकारी एवं नतिजामूलक बनाउनका लागि स्थापित निकायमा कार्यरत जनशक्तिलाई सबल, सक्षम, उत्प्रेरित र सङ्गठनप्रति उत्तरदायी बनाउनका लागि बेलाबखतमा आ–आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित विषयवस्तुमा तालिमको आवश्यकता पर्दछ । सङ्गठनलाई जीवन्त राख्न र अपेक्षित लक्ष्य प्राप्तिका लागि मानवस्रोतको क्रियाशीलता र पुनर्ताजगीको अपरिहार्यता स्वीकार गरी तालिम प्रदान गरिन्छ । जनशक्ति व्यवस्थापनमा नेतृत्व, नियन्त्रण, समन्वय र उत्प्रेरणामध्ये तालिम उत्प्रेरणात्मक तङ्खव हो ।
कामका लागि मानव संसाधनको सक्षमता र सङ्गठनात्मक कार्यसम्पादनमा सुधार ल्याउन सञ्चालन गरिने व्यवस्थित एवं प्रक्रियात्मक कार्यलाई तालिम तथा क्षमता विकास कार्यक्रम भनिन्छ । तालिमलाई सङ्कुचित र व्यापक अर्थमा अथ्र्याउन सकिन्छ । तालिमले उत्पादकत्वमा वृद्धि, कर्मचारीको मनोबल उच्च पार्नुका साथै सङ्गठनात्मक स्थायित्वमा सहयोग पु¥याउँछ । तालिम र क्षमता विकास कार्यक्रमका माध्यमबाट ज्ञान, सीप, धारणा र व्यवहारमा सुधार एवं रुपान्तरणको अपेक्षा गरिन्छ । स्वस्थ सङ्गठनात्मक वातावरण, स्वास्थ्य तथा सुरक्षा, मितव्ययिता, सक्षमता र प्रभावकारिताका लागि तालिमको अपरिहार्यता हुने हुँदा यो जनशक्तिलाई सबल बनाउने आधारमात्र नभई समग्र मानवीय जनशक्ति विकासको पूर्वाधार पनि हो । सङ्गठनमा क्रियाशील जनशक्ति परिवर्तनशील समयको गतिसँगै नवीनतम ज्ञान, सीप, र प्रविधिसँग अद्यावधिक हुनुपर्ने तर मानिस सदैव स्वतः सक्षम, दक्ष, सेवामूलक, उत्तरदायी र उत्पादनमुखी हुन नसक्ने हुनाले सङ्गठनले आफ्ना नीतिगत, संस्थागत, कानूनी र प्रक्रियात्मक व्यवस्थामार्फत् मानव संसाधनलाई व्यवस्थित र क्रियाशील बनाउने विविध उपायमध्ये तालिम एउटा प्रभावकारी उपाय हो । तालिम प्रशिक्षणलाई पूर्व सेवाकालीन, सेवाप्रवेश, सेवाकालीन र सेवानिवृत्त तालिम गरी चार प्रकारमा वर्गीकरण गर्न सकिन्छ ।

राज्यको बदलिंदो स्वरुपमा जनशक्ति तालिमका सकारात्मक, कमजोरी, सुधारात्मक उपाय र भावी गन्तव्य पहिचान गरी जनशक्ति उत्प्रेरित गर्ने पद्धति अवलम्बनका निम्ति अबको राज्यको संरचनामा वस्तुगत आवश्यकताका आधारमा छरितो तालिम प्रदायक संस्थाहरुको स्थापना गरी कम समयमा नै उपयुक्त स्रोतसाधन र प्रविधिको परिचालनबाट उच्च प्रतिफल प्राप्तितर्फ सबैको ध्यान गएमा फलदायी हुनेछ ।


तालिमले समेट्ने क्षेत्र वृहत्तर हुन्छ । तालिमले कामका लागि तयार पार्ने, सक्षमता विकास गर्ने, विश्वासको वातावरण सिर्जना गर्ने, परिवर्तनका लागि तयारी गर्ने, गुणस्तर सुधार गर्ने, अवसर प्रदान गर्ने जस्ता उद्देश्य लिएको हुन्छ । व्यक्ति, समूह, संस्था र राज्यलाई गतिशीलता प्रदान गर्न तालिमले जनशक्तिको धारणा रुपान्तरणका लागि धेरै लाभ प्रदान गर्दछ । जनशक्तिलाई तालिम दिन निजको व्यक्तिगत आवश्यकताको पहिचानका आधारमा र संगठनको आवश्यकताका आधारमा कार्यस्थल र कार्यपृथक तालिम प्रदान गरिन्छ । तालिम निश्चित प्रक्रियात्मक चरण पूरा गरेपछि सम्पन्न हुन्छ ।
राज्यको बदलिंदो स्वरुपमा जनशक्ति तालिमका सकारात्मक, कमजोरी, सुधारात्मक उपाय र भावी गन्तव्य पहिचान गरी जनशक्ति उत्प्रेरित गर्ने पद्धति अवलम्बनका निम्ति अबको राज्यको संरचनामा वस्तुगत आवश्यकताका आधारमा छरितो तालिम प्रदायक संस्थाहरुको स्थापना गरी कम समयमा नै उपयुक्त स्रोतसाधन र प्रविधिको परिचालनबाट उच्च प्रतिफल प्राप्तितर्फ सबैको ध्यान गएमा फलदायी हुनेछ ।

पृष्ठभूमि

राज्यले आफ्ना क्रियाकलापलाई सुचारु र व्यवस्थित गर्न सार्वजनिक सेवा प्रदायक निकाय (संवैधानिक÷ कार्यकारी), विश्वविद्यालय, विद्यालय, संगठित संस्था (सरकारको स्वामित्व वा नियन्त्रण भएको संस्थान, कम्पनी, बैंक, समिति सरकारद्वारा गठित आयोग, संस्थान, प्राधिकरण, निगम, प्रतिष्ठान, बोर्ड, केन्द्र, परिषद र यस्तै प्रकृतिका अन्य संगठित संस्था) स्थापना गरी निजामती कर्मचारी, सेना, प्रहरी, प्राध्यापक, शिक्षक, तथा अन्य कर्मचारी आदिको व्यवस्था गरेको हुन्छ, जसलाई हामी सार्वजनिक निकाय, संघसंगठन, संस्था र संगठित संस्थामा कार्यरत मानव संसाधन÷स्रोत, जनशक्ति र कर्मचारीजस्ता शब्दले पहिचान गर्दछौं । राज्यका काम कारवाहीलाई व्यवस्थित गरी स्थापित निकायलाई नतिजामूलक, छरितो र प्रभावकारी बनाई गतिशीलता प्रदान गर्नका लागि व्यवस्थापनका विभिन्न अवयवहरुमध्ये मानवसंसाधन एक महङ्खवपूर्ण र अपरिहार्य तङ्खव हो । व्यवस्थापनमा अन्य स्रोतसाधनलाई परिचालन एवं गतिशीलता प्रदान गर्ने कार्य मानवीय संसाधनले गरेको हुन्छ । राज्यको कार्यसम्पादनलाई चुस्त, दुरुस्त, छरितो र प्रभावकारी एवं नतिजामूलक बनाउनका लागि मानवीय जनशक्ति सबल, सक्षम, उत्प्रेरित र सङ्गठनप्रति उत्तरदायी भई लक्ष प्राप्तिका लागि वेलाबखतमा कार्यक्षेत्रसँग सम्बन्धित विषयवस्तुमा जनशक्तिका लागि तालिमको आवश्यकता पर्दछ ।

अवधारणा

शिक्षा, तालिम र क्षमता विकास झट्ट हेर्दा उस्तैजस्तो देखिए तापनि यी तीनमा पृथकता रहेको छ । शिक्षाको क्षेत्र व्यापक हुनुका साथै कक्षाकोठामा सैद्धान्तिक सिकाइका विषवस्तुमा जोड दिइन्छ । पेसाकर्मीलाई सम्बन्धित विषयवस्तु र सीपमा आधारित भई तालिम प्रदान गरिने हुँदा तालिम अल्पकालीन, छोटो अवधि र निश्चित तोकिएको समयावधिमा सम्पन्न हुन्छ । तालिमले सीपको विशिष्टीकरण गरी स्थानान्तरणमा जोड दिन्छ । क्षमता विकास कर्मचारीे विकासका लागि संरचित सिकाइ अवसर प्रदान गर्ने कार्यक्रम हो । यो दीर्घकालीन निरन्तर रुपमा चलिरहने प्रक्रिया भएकाले सीमांकन हुँदैन ।(Education is theoretical learning in classroom. Training refers to the process of imparting specific skills. Development refers to the learning oppertunitiesdesigned to helpemployees grow.) तर तीनवटै तङ्खव एकअर्कामा अन्र्तसम्बन्धित र परिपूरक हुन्छन्। मानव संसाधनको सक्षमता र सङ्गठनात्मक कार्यसम्पादनमा सुधार ल्याउन सञ्चालन गरिने व्यवस्थित एवं प्रक्रियात्मक कार्यक्रमलाई तालिम तथा क्षमता विकास भनिन्छ ।
सङ्कुचित धारणाअनुसार तालिमलाई केवल प्रशिक्षार्थीलाई विषयवस्तुको जानकारी दिने, निर्देशित स्वरुपमा लिइन्छ भने बृहत् अर्थमा तालिमलाई एकअर्काका कार्य अनुभवहरुमा अन्तक्र्रिया गर्ने, कामसँग विशिष्टीकृत सीप, समस्याको समाधान, बदलिदो प्रविधिसँग साक्षत्कार एवं नवीन ज्ञान, सीप, धारणा र व्यवहारको रुपान्तरणका रुपमा लिइन्छ । तालिम र क्षमता विकासले उत्पादकत्वमा वृद्धि, कर्मचारीको मनोबल उच्च पार्नुका साथै सङ्गठनात्मक स्थायित्वमा सहयोग पु¥याउँछ । प्रक्रिया, विषयवस्तु र सीपको जानकारीका हिसाबले मध्यम तथा सानो तहमा कार्यरत कर्मचारी÷पदाधिकारीलाई नितान्त कार्यगत विषयवस्तुमा तालिम दिइन्छ भने उच्च तथा कार्यकारी तहका कर्मचारी÷ पदाधिकारीलाई क्षमता विकासका अवसरहरु प्रदान गरिन्छ ।
यद्यपि नवीन आविष्कारित प्रविधि, साधन प्रयोगको सीप एवम् सेवामा वृत्तिविकासका दृष्टिकोणले सबै तहका जनशक्तिलाई तालिम प्रदान गरिन्छ । गुणस्तरमा सुधार, स्वस्थ सङ्गठनात्मक वातावरण, स्वास्थ्य तथा सुरक्षा, मितव्ययिता, सक्षमता र प्रभावकारिताका लागि तालिमको अपरिहार्यता हुने हुँदा यो जनशक्तिलाई सबल बनाउने आधारमात्र नभई समग्र मानवीय जनशक्ति विकासको पूर्वाधार पनि हो ।

तालिमका उद्देश्यहरु

कामका लागि तयारी पार्नु, सक्षमतामा अभिवृद्धि गर्नु, विश्वासको वातावरण विकास गर्नु, परिवर्तनका लागि तयारी पार्नु, गुणस्तरमा सुधार गर्नु, उत्पादकत्वमा वृद्धि गर्नु, अवसरहरु प्रदान गर्नु, दृष्टिकोण र धारणामा परिवर्तन गर्नु, नवीनतम ज्ञान, सीप, धारणा र मूल्यमान्यता थप गर्नु, फरक वातावरण अनुभूति र नयाँ सञ्जालको निर्माण गर्नुजस्ता उद्देश्य तालिमले लिएको हुन्छ ।

तालिमका फाइदाहरुः

मानव संसाधन तालिमले जनशक्तिको मनोबलमा वृद्धि, संस्थाको उत्पादकत्वमा वृद्धि, आन्तरिक तथा बाह्य निकायबाट हुने सुपरिवेक्षणमा कटौती, कर्मचारीको कार्यसम्पादनमा सुधार, कार्यसम्पादनका क्रममा दुर्घटना र खेर जाने कुरामा कमी, सङ्गगठनात्मक स्थायित्व तथा लचकतामा वृद्धि, कर्मचारीको अनुपस्थितिमा कमी, नतिजाको गुणस्तरमा सुधार, कर्मचारीको व्यक्तित्व विकास, व्यक्तिगत, संस्थागत र प्रक्रियात्मक सुरक्षामा सुधार, नवीन तरिका, धारणा, प्रविधिसँग अद्यावधिकताको विकास लगायतका लाभहरु प्रदान गराउँछ । तालिमले जनशक्तिको कार्यक्षमता र कार्यदक्षतामा अभिवृद्धि गरी कार्यसम्पादनमा सुधार गराउँछ ।

तालिमले समेट्ने क्षेत्र

तालिमले समेट्ने वृहत्तर क्षेत्र अन्तर्गत तालिम, गोष्ठी, कार्यशाला, सेमिनार, सिमुलेसन अभ्यास, अन्तरक्रिया, प्रशिक्षण, अनुशिक्षण, अध्ययन भ्रमण, अवलोकनभ्रमण, क्षेत्रभ्रमण, अभ्यास शिक्षण, नमूना प्रदर्शन, छलफल, कोचिङ, काउन्सेलिङ, परियोजना कार्य, कार्यमूलक अनुसन्धान, समस्या समाधानका लागि प्रतिवेदन तयारी, अनुभव आदानप्रदान, नयाँ सञ्जाल निर्माण आदि पर्दछन् ।

तालिमका चरणहरु

सेवाक्षेत्रको नक्साड्ढन÷ पहिचान, तालिमको योजना निर्माण, तालिम आवश्यकता पहिचान, पाठ्यक्रम डिजाइन तथा तयारी, प्याकेज र ह्यान्ड्स आउटको तयारी, जनशक्तिको आँकलन, प्रशिक्षक तयारी, प्रशिक्षार्थी मनोनयन, तालिम स्थलको चयन, तालिम सन्दर्भ सामग्री तथा अन्य सामग्रीको बन्दोवस्त, तालिम सञ्चालन, तालिम मूल्याड्ढन, अभिलेखीकरण, तालिमले पारेको प्रभाव मूल्याड्ढन आदि पर्दछन् । क्रमिक रुपमा उल्लिखित चरणहरु पूरा भएपछि तालिमले पूर्णता पाउँदछ ।

तालिमका प्रकार

सङ्गठनमा क्रियाशील जनशक्ति केही सक्षमताका साथ प्रवेश गरेको भएतापनि परिवर्तनशील समयको गतिसँगै नवीनतम ज्ञान, सीप, धारणा र प्रविधिसँग अध्यावधिक हुनुपर्ने तर मानिस सदैव स्वतः सक्षम, दक्ष, सेवामूलक, उत्तरदायी र उत्पादनमुखी हुन नसक्ने हुनाले सङ्गठनले आप्mना नीतिगत, संस्थागत, कानूनी र प्रक्रियात्मक व्यवस्थामार्फत् मानव संसाधनलाई व्यवस्थित र क्रियाशील बनाउने विविध व्यवस्थामध्ये तालिम एउटा प्रभावकारी उपाय हो । तालिम प्रशिक्षणलाई पूर्व सेवाकालीन, सेवाप्रवेश, सेवाकालीन र सेवानिवृत्त तालिम गरी चार प्रकारमा वर्गीकरण गर्न सकिन्छ ।
विशिष्टीकृत सेवामा प्रवेशका लागि आवश्यक पर्ने तालिमका लागि तयारी कोर्स पूरा गराउने उद्देश्यका साथ पूर्व सेवाकालीन तालिम सञ्चालन गरिन्छ । सेवामा प्रवेश गर्ने जनशक्तिलाई सम्बन्धित विषयवस्तु र संस्थाको मूल्य मान्यता, कार्यक्षेत्र, कार्यप्रकृति, ऐन नियम, प्रचलनका बारेमा जानकारी दिनका लागि सेवा प्रवेश तालिम दिइन्छ । नवप्रवेशी जनस्रोतका लागि यो तालिम उपयोगी र पूर्वसर्त जस्तै मानिन्छ । सङ्गठनमा कार्यरत जनशक्तिलाई पुनर्ताजगी गर्न, फरक वातावरणको अनुभूति गराउन, क्षमताको अभिवृद्धि गर्न, वृत्ति विकास गर्न, उनीहरुलाई समस्या र चुनौतिको सामना गर्नसक्ने बनाउन, ज्ञान र सीपलाई अद्यावधिक गर्न, नवीनतम विषयवस्तु, प्रविधि, रणनीति, विधि र नीतिगत सन्दर्भका बारेमा जानकारी एवं प्रयोग गर्न सक्ने तुल्याउन सेवाकालीन तालिम आवश्यक पर्दछ ।
सेवाकालमा जनशक्तिलाई पुनर्ताजगी, सीप अभिवृद्धि, पेसागत विकास, समस्या समाधानमूलक, विषयगत, संस्थासम्बन्धी तालिमदेखि लिएर सेवा निवृत्तिपछिको जीवनलाई व्यवस्थित गर्नेसम्मका तालिम दिन सकिन्छ । चौथो सेवानिवृत्त तालिम सङ्गठनमा कार्यरत जनशक्ति सेवाबाट अलग भएपछिको दायित्व, पालना गर्नुपर्ने आचारसंहिता, लामो समयसम्म सेवामा रहँदा सङ्गालेको अनुभव, ज्ञान, सीप र धारणालाई कसरी राष्ट्रसेवामा प्रयोग गर्ने, निवृत्त जीवनलाई व्यवस्थित र मर्यादित एवं सेवा निवृत्तिपछि सामाजिकीकरणका लागि प्रेरित गर्ने उद्देश्यले सेवा निवृत्ति पश्चात् पनि तालिम प्रदान गर्न सकिन्छ ।

तालिम आवश्यकताको पहिचान

तालिम सङ्गठनको आवश्यकता र व्यक्तिको आवश्यताका आधारमा प्रदान गरिन्छ । संस्थामा कार्यरत जनशक्तिलाई आवश्यक पर्ने विषयवस्तुका आधारमा तालिममा समान सहभागितालाई राम्रो मानिन्छ । कार्यरत पद, ओहदा र कार्यप्रकृति अनुसार कसलाई कस्तो किसिमको तालिम आवश्यक हुन्छ भन्ने कुराको पहिचान गरेर सही व्यक्तिलाई सही तालिमको ठम्याइका लागि कार्यरत जनशक्तिको आवश्यकता पहिचान गर्नुपर्ने हुन्छ । तालिम आवश्यकता पहिचान गर्ने विधिहरु विविध छन्जसमध्ये वढी प्रचलित विधिहरु निम्नानुसार छन्ः

१) माग फाराम भराएर

कार्यरत व्यक्तिको पद, गर्नुपर्ने काम र विषयका आधारमा उसलाई परेको समस्याको समाधान, रुचि, चाहना, क्षमताअनुरुप स्वयं तालिमीलाई विभिन्न सञ्चारमाध्यमबाट आवेदन आव्हान गरेर आवश्यकता माग फाराम भराएर माग पहिचान गर्न सकिन्छ ।

२) कार्यसम्पादन विश्लेषण

कर्मचारीले गरेको कार्यसम्पादन विश्लेषण गरेर लक्ष्य प्राप्ति, गुणस्तर, लागत, उत्पादन मात्रा, नतिजा प्राप्ति, आदिका आधारमा तालिमका लागि माग पहिचान गर्न सकिन्छ । योजना बमोजिम कार्यसम्पादन हुन सकेन भने, कार्यसम्पादनमा दुर्घटना दर बढेमा, अनुपस्थिति बढ्न गएमा, काम छोड्ने दर बृद्धि भएमा, आलस्यता देखिएमा पनि तालिमको आवश्यकता पर्न जान्छ ।

३) आवश्यकता विश्लेषण

व्यक्तिगत सर्वेक्षण, समूहगत सर्वेक्षण, सक्षमता सर्वेक्षणमार्फत् कर्मचारीलाई तालिमको आवश्यकता पर्छ या पर्दैन भनी कार्यस्थलमा नै गएर आवश्यकता पहिचान र विश्लेषण गर्न सकिन्छ । प्रश्नावली, अन्तर्वार्ता, आदि विधि प्रयोग गरी यो विधिको उपयोग गरिन्छ ।

४) सुपरिवेक्षकद्वारा सिफारिस

सुपरिवेक्षकद्वारा कर्मचारीको कामको प्रत्यक्ष निगरानी गरी उसलाई काम गर्ने तरिका, योग्यता, क्षमता, सीप, ज्ञान, मूल्यमान्यता, अनुभव सबैकुरा थाहा भएपछि कुन कर्मचारीलाई कस्तो किसिमको तालिम दिने भन्ने बारेमा सिफारिस गर्न सहजता हुन्छ । सङ्गठनको योजना र नीति कार्यान्वयन गर्न तथा विशिष्ट कार्यसम्पान गर्न र कामका लागि आवश्यक पर्ने ज्ञान तथा सीपको कमी भएमा तालिमको आवश्यकता हुन्छ ।

५) कार्यविश्लेषण

यसअन्तर्गत कार्यस्तरमा तोकिएको कार्यसम्पादन गर्न कुनै किसिमको समस्या छ वा छैन त्यसको विश्लेषण गरिन्छ । कुनै समस्या परेको छ भने र कुनै कार्य गर्न आवश्यक पर्ने ज्ञान, सीप, तथा सक्षमता छैन भने पनि तालिमको आवश्यकता पर्दछ । कार्यढाँचा परिवर्तन भएमा कार्यसम्पादनको मापदण्ड परिवर्तन भएमा तथा काम गर्ने विधि तथा तरिका परिवर्तन भएमा पनि तालिमको अपरिहार्यता हुन जान्छ ।

६) व्यवस्थापन परीक्षण

संस्थाको व्यवस्थापन परीक्षण गर्दा वातावरणीय तङ्खवहरूले यसलाई पार्ने प्रभाव र व्यवस्थापकीय उद्देश्यहरू, रणनीतिहरू र संरचना परिवर्तनबारे अध्ययन विश्लेषण गर्नुपर्दछ । राजनीतिक, कानुनी, सामाजिक, साँस्कृतिक, आर्थिक र प्राविधिक पक्षको विश्लेषण गरेर तालिम आवश्यकता पहिचान गर्न सकिन्छ ।

लेखकः शैक्षिक तालिम केन्द्र, दाङका प्रमुख हुन ।
बाँकी अर्को अंकमा …

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here