Thursday, May 16, 2024
Homeफिचरदुव्र्यसनी ठूलो समस्या

दुव्र्यसनी ठूलो समस्या

- Advertisement -spot_img

तुलसीपुर, १२ असार ।
प्रदेश नम्बर ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले लागूऔषध दुव्यर्सनी ठूलो समस्याको रुपमा रहेको बताएका छन् । परम्परागत रुपमा सुरु भएको लागूपदार्थ सेवन अहिले ठूलो समस्याको रुपमा बल्झिरहेको बताए ।
अन्तर्राष्ट्रिय लागूपदार्थ तथा अवैध ओसारपसार विरुद्धको दिवसको अवसरपारी तुलसीपुरमा मंगलबार आयोजना गरिएको कार्यक्रममा मन्त्री बरालले त्यस्तो बताए  । मन्त्री बरालले समाजको मुख्य समस्या बन्दै गएको लागूपदार्थ दुव्र्यसनी न्यूनीकरण गर्नुपर्ने बताए । उनले न्यूनीकरणका लागि सबै सरोकारवाला निकाय, हरेक पक्षले तथा व्यक्तिले सोच्ने बेला आएको बताए । अनाधिकृत लागूपदार्थलाई पेशा व्यवसाय गर्नेहरु अपराधी भएकोले त्यस्तालाई दण्डित गर्न गरिनुपर्ने उल्लेख गरे । आर्थिक प्रलोभनका कारण सीमा क्षेत्रबाट नेपालमा लागूपदार्थ भित्र्याउने गरेको बताएका बरालले यसप्रकारको अवैध कारोवारलाई नियन्त्रण गर्न प्रदेश सरकार गम्भीर रहेको बताए ।

समृद्ध नेपाल निर्माणका लागि स्वस्थ, कर्मठ र उद्यमी युवा भन्ने नाराका साथ मंगलबार दिवस मनाइएको छ । तुलसीपुर उपमहानगरपालिकाको आयोजना तथा राष्ट्रिय युवा परिषद् नेपाल र जिल्ला युवा समिति दाङको संयोजनमा बृहत सभाको आयोजना गरी दिवस मनाइएको हो । कार्यक्रममा विभिन्न विद्यालय, कलेज, युवा, अविभावक, शिक्षक, राजनीतिज्ञ, कर्मचारी, प्रहरी लगायतको सहभागिता रहेको थियो ।
जिल्ला युवा समिति दाङका अध्यक्ष सुरेश कुमार रावतको अध्यक्षता तथ प्रदेश नम्वर ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालको प्रमुख आतिथ्यता एवं प्रदेश सांसद् उत्तर कुमार ओलीको बिशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख प्रशिक्षकको रुपमा सहजीकरण गरेका नार्कोन नेपालका अध्यक्ष वसन्त कवँरले यसको न्यूनीकरणका लागि सबैले आफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताए । उनले पहिला जिम्मेवार निकाय स्थानीय सरकार भएको बताए । कुवरले व्यक्ति पहिल्याउन आवश्यक रहेको बताउँदै यसको प्रमुख जिम्मेवारी भनेको स्थानीय सरकार र प्रहरी भएको उनले बताए ।

लागूपदार्थ दुव्र्यसन न्यूनीकरणको लागि पहिलो काम भनेको लागूपदार्थ नखाएकालाई खान नदिने दोस्रो भनेको खाएकालाई चिन्ने, तेस्रो भनेको दुव्र्यसनमा फसेकालाई उपचार गर्ने, चौथो भनेको उपचारबाट बाहिर आएकालाई पुनः दुव्र्यसनमा फर्कन नदिने र अन्तिम भनेको बेचबिखन गर्नेहरुलाई कारवाही गर्ने रहेको बताए । यसमा २० प्रतिशत काम प्रहरी र ८० प्रतिशत स्थानीय सरकारको हुने बताउँदै लागूपदार्थ सेवनका कारण समाजमा ८० प्रतिशत अपराधका घटनाहरु हुने, एउटा व्यक्तिले तीन वर्षमा कम्तिमा ९ जना र बढीमा २ सय ४३ जनालाई लागूपदार्थ सेवनकर्ता बनाउन सक्ने बताए । उनले लागूपदार्थ नियमित सेवनकर्ताहरु ३० बर्षभन्दा बढी समय बाँच्न नसक्ने समेत उनले बताए । लागूपदार्थले स्वास्थ्य मात्र कमजोर नबनाई आर्थिक रुपमा समेत कमजोर बनाउने र परिवारभित्र कलह, कुटपीट र हत्यासमेतका घटनाहरु हुने गरेको उनले बताएका थिए ।
नेपालमा रक्सी, वाइन, बियर, तुम्बा, जाँड, गाँजा, चरेस, डाक्टरले दिने निद्रा लगाउने औषधी, खोकी, एलर्जी, दुखाई, चिन्ताको औषधीहरु, हिरोइन र ब्राउन सुगरसमेत ड्रग्स भएको उनले बताए । कार्यक्रममा उनले यसका सेवनकर्ताहरु विस्तारै दुब्लाउँदै जाने राति नसुत्ने, बिहान अबेरसम्म नउठ्ने, पढाइमा कमजोर हुँदै जाने र व्यवहारमा बदलिदै जाने जस्ता कुराहरु लागूपदार्थ दुव्र्यसनी चिन्ने तरिका भएको उनको भनाइ थियो ।
कार्यक्रममा उप–महानगरपालिकाले लागूपदार्थ न्यूनीकरणको लागि माष्टरप्लान तयार पारेर अगाढि बढ्न सुझाव समेत दिए । कार्यक्रममा प्रदेश सांसद उत्तर कुमार ओलीले परम्परागत गलत कुरालाई अवलम्बन गर्न नहुने भन्दै हरेक अभिभावकले आफ्ना सन्तानहरुको ख्याल पु¥याउनुपर्ने बताए ।

कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै तुलसीपुर उप–महानगरपालिका प्रमुख घनश्याम पाण्डेले मानिसहरुको जतिसुकै सम्पत्ति भएपनि परिवारका सदस्यहरु तथा सन्तानहरु लागूपदार्थ दुव्र्यसनीमा फसेमा परिवारमा सधै समस्या भैरहने भएकोले यसतर्फ सबै सचेत रहनुपर्ने बताए । तुलसीपुरलाई लागूपदार्थ मुक्त बनाउने संकल्प आफूहरुले लिएको बताउँदै उनले हरेक व्यक्तिको सकारात्मक सोच उसको लागि, परिवार, समाज र राष्ट्रको लागि समेत तागत भएको बताउँदै प्रमुख पाण्डेले हरेक मानिसले सकारात्मक सोच्ने कुरा, असल आहारको कुरा र असल व्यवहारको कुरामा सधै ध्यान पु¥याउन आवश्यक रहेको बताएका थिए । कार्यक्रमको सञ्चालन नगरप्रमुखका प्रेस संयोजक बसन्त विवश आचार्यले गरेका थिए । दिवसको अवसरमा बिहान सडक नाटक र ¥याली गरिएको थियो ।


एकसय ३० पक्राउ

दाङमा लागूपदार्थ दुव्र्यसनीमा संंलग्न हुने युवाहरुको संख्या बढ्दै गएको प्रहरीको तथ्याङ्कले देखाएको छ । जिल्लाका विभिन्न स्थानमा लागूऔषध सेवन र ओसारपसारमा युवाहरुकै संलग्नता देखिएको प्रहरीमा रहेको तथ्याङ्कले देखाएको हो । जिल्ला प्रहरी कार्यालय दाङमा चार वर्षमा लागूऔषध सेवन, बिक्री र ओसारपसारका गरी एक सय ३० जना पक्राउ परेका छन् । जसमध्ये आर्थिक बर्ष २०७१÷७२ मा ४९, २०७२÷७३ मा ३१, २०७३÷७४ मा २३ र २०७४÷७५ मा २७ जना पक्राउ परेका छन् । तीमध्ये चार वर्षयता ६४ वटा लागूऔषधका मुद्दा जिल्ला प्रहरी कार्यालयबाट दर्ता भएको तथ्याङ्क छ । उनीहरुको साथबाट ब्राउन सुगर, खैरो हिरोइन, चरेस, गाँजा र क्याप्सुल बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । लागूपदार्थ सेवन गर्नेमा धेरैजसो १४ बर्षदेखि माथि २५ बर्ष उमेर समूहका छन् । भने २५ बर्षभन्दा माथिका व्यक्तिहरु भने ओसारपसारमा संलग्न भएको प्रहरीले बताएको छ । दाङमा लागूऔषधहरु उत्पादन नभए पनि अन्य जिल्लाहरुबाट यहाँ भित्रिने र कारोबारसमेत हुने गरेको प्रहरी अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यलयका डिएपी रामप्रसाद घर्तीले जानकारी दिए । लागूऔषध दुव्र्यसनी र ओसारपसारमा संलग्नहरुले कानुन अनुसारको सजाय भोगिरहेका छन् । लागूपदार्थको दुव्यर्सनीमा फसेका युवाहरु घर छिमेकमा चोरी गर्ने ल आर्थिक जोहको लागि चोरी गर्न सक्रिय हुने गरेको अनुसन्धानमा पाइएको प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here