Thursday, April 25, 2024
Homeराजनीतिओलीको चीन भ्रमण कति उपलब्धिपूर्ण ?

ओलीको चीन भ्रमण कति उपलब्धिपूर्ण ?

- Advertisement -spot_img


सुशील गौतम
भूगोल, जनसंख्या, आर्थिक समृद्धिका दृष्टिले सानो मुलुक भएपनि सामरिक दृष्टिले नेपालको निकै महङ्खव छ । विशेषत एसियाका दुई महाशक्ति भारत र चीन बीचमा रहेको यसको अवस्थिति यसको सामरिक शक्ति हो । शक्तिले महङ्खव बढाउँछ भने साथसाथै चुनौति पनि थप्छ । दुबै छिमेकी मुलुकसँग मैत्रीपूर्ण सम्बन्ध राख्नु नेपालको आवश्यकता मात्र होइन् चुनौति र बाध्यता पनि हो । केही दशक अघिदेखि नेपालले छरछिमेकमा केन्द्रित सम्बन्धलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याएता पनि पछिल्लो समय नेपालको परराष्ट्र नीति मूलतः दुई छिमेकी भारत र चीनमै बढी केन्द्रित हुन थालेको आभाष हुन्छ ।
नेपालमा नयाँ सरकार गठन हुना साथ सरकार प्रमुखले भारत र चीनको भ्रमण सरकार गठन भएको केही महिनाभित्रै गरिहाल्ने परम्पराजस्तै देखिन थालेको छ । अझ पहिलो भ्रमण भारतबाट शुरु गर्ने र त्यसको लगत्तै चीन पुग्ने अघोषित रुपमा स्थापित मान्यता झै हुन थालेको छ । यसै सन्दर्भमा नेपालको संसदमा प्रचण्ड बुहमत पाएका प्रधानमन्त्री केपी ओलीले भारत भ्रमण गरेको केही महिना नबित्दै जनवादी चीनको भ्रमण सम्पन्न गर्नुभएको छ ।
चिनको महŒव
सोभियत संघको विघटनपछि अमेरिका विश्वको एकमात्र महाशक्ति भएको छ । तर विस्तारै– विस्तारै विश्वका अन्य भेगमा पनि अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरु स्थापित हुन थालेका छन् । त्यसमध्ये एउटा उदाउँदो शक्ति केन्द्र चीन हुन पुगेको छ । संसारमा सबैभन्दा तिव्र गतिले आर्थिक समृद्धिको दिशामा दौडिएको चीन सामरिक, कुटनीतिक क्षेत्रमा पनि प्रभावकारी उपस्थित देखाउँदै छ । त्यसमा पनि उत्तरी सीमा जोडिएकोले चीन नेपालको महङ्खवपूर्ण छिमेकी हो । नेपालको दक्षिणी छिमेकी भारतसँग बेला मौकामा सम्बन्धमा कटुता देखापरे पनि चीनसँगको सम्बन्धमा त्यस्तो देखिएको छैन् । चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीति लिदै आएको छ । जुन मुलुकको स्वाधिनता र अखण्डताका लागि बलियो ग्यारेन्टीको रुपमा रहदै आएको छ । आर्थिक रुपमा विश्वशक्ति बन्ने दौडमा रहेको चीनको स्वभाविक रुपमा महङ्खवकांक्षा पनि बढेका छन् । आरबिआईजस्ता छरछिमेक मात्रै होइन विश्वलाई नै प्रभावित पार्ने योजना यसको प्रमाण हो ।

कुनै कुरा कति सफल वा असफल भए भन्ने कुरा मापन गर्ने आधार भनेको परिणाम नै हो । प्रधानमन्त्री केपी ओलीको वर्तमान चीन भ्रमण कति सफल रह्यो वा रहेन त्यसको मापन भ्रमणका बेला अभिव्यक्त गरेका शब्द, सन्धी, सम्झौताभन्दा ति व्यवहारमा कार्यान्वयन कति हुन्छन् ? त्यसले नै सफलता वा असफलताको निर्धारण गर्नेछ । तर यस्तो कार्यान्वयनको लागि केही समय कुर्नुपर्ने नै छ । भ्रमणलाई राष्ट्रका पक्षमा उपलब्धिपूर्ण बनाउन नेपालको कुटनीतिक निष्ठा र सक्रियाता नै महŒवपुर्ण कुरा हुन जानेछ ।


बदलिदो परिदृश्य
नेपाल चीनबीचको औपचारिक सम्वन्धलाई नयाँ रुपमा स्थापित गर्ने जस टंकप्रसाद आचार्यलाई जान्छ भने माओ र विपी कोइरालाले यसलाई नयाँ आयम दिएका थिए । त्यसपछि पनि विभिन्न समयमा यसलाई अघि बढाउने कार्यहरु भए । तर अहिले चीन र नेपालमा आन्तरिक परिदृश्यहरु बदललिएका छन् । चीनमा माओ र तेङपछि बलियो नेताका रुपमा वर्तमान राष्ट्रपति सि जिङ पिङको उदय भएको छ । उनी पार्टी, सरकार, जनता तिनैतिर शक्तिशाली बनेका छन् । उनीसँग चीनको आन्तरिक विकासको मात्रै होइन् । अन्तर्राष्ट्रिय भूमिकाको समेत बलियो योजना छ ।
यता नेपालमा पनि आन्तरिक परिदृश्य बदलिएको छ । अत्यन्त लामो अस्थिरताको चक्रपछि नेपालमा स्थीर सरकार गठन भएको छ । संसदमा दुई तिहाई बहुमत प्राप्त सरकार एमाले माओवादी एकीकरण पछि थप स्थीर र बलियो हुनपुगेको छ । चीनले विगतमा राजा, काँग्रेस, कम्युनिष्ट वा जोसुकै शक्ति सत्तामा आएपनि नेपालसँगको सम्बन्धलाई उत्तिकै महङ्खव दिदै आएता पनि नेपालमा सधै स्थीरताको खोजी गर्ने चीनले त्यो स्थिरता देखापरेपछि चीनले थप भूमिका खोज्नु स्वभाविक छ । यसै सन्दर्भमा प्रधानमन्त्री केपि ओलीको चीन भ्रमणलाई लिनुपर्दछ ।
भ्रमणका उपलब्धि
दुई विशाल छिमेकीको बीचमा रहेको सानो देश नेपालका प्रधानमन्त्रीको भारत, चीन जुन देशको भ्रमणमा गएपनि त्यसको महङ्खव हुन्छ । कुनै सन्धी, सम्झौता वा सहयोगको नयाँ कार्यक्रमको आदानप्रदान नभएपनि यस्ता भ्रमणले सद्भाव बढाउन सहयोग गर्दछ । आजको पेचिलो अन्तर्राष्ट्रिय कुटनीतिमा सद्भाव बढाउन सक्नु आफैमा उपलब्धि हो । प्रधानमन्त्री केपी ओलीको यस भ्रमणले पनि स्वभाविकरुपमा सद्भाव बढाउन समर्थ भएको छ । यस अतिरिक्त यो भ्रमणमा नेपाल चीन सम्बन्ध र आपसी सहयोगका क्षेत्रमा नयाँ र महङ्खवपूर्ण सम्झौताहरु भएका छन् । खासगरी चीनको केरुङदेखि काठमाण्डौसम्म रेल ल्याउने विषयमा भएको प्रारम्भीक सम्झौता प्रधानमन्त्रीको चीन भ्रमणको मुख्य उपलब्धिको रुपमा लिएको छ । यसैगरी लामो समयदेखि बन्द तातोपानी नाका खोल्ने, नेपाली वस्तुलाई चीन निर्यातमा थप सुविधा दिने, नेपालमा चिनियाँ लगानी बढाउने, चिनियाँ पर्यटकहरुलाई नेपाल भ्रमणलाई प्रोत्साहित गर्ने, सीमामा थप नाका खोल्न पहल गर्ने, हिमाल वारपार हवाई उडानको अध्ययन गर्नेलगायत थुप्रै उपलब्धिहरु यस भ्रमणबाट भएका छन् । हालसम्म भारतसँग मात्र नेपालको परराष्ट्रमन्त्री स्तरीय संयन्त्र भएकोमा चीनसँग पनि यस्तो संयन्त्र स्थापना गर्न सहमति कायम हुनु प्रधानमन्त्री वलीको चीन भ्रमणको अर्को महङ्खवपूर्ण उपलब्धि हो ।
तर हालसम्म भारतमा मात्र निर्भर रहेको पारवाहन सुविधालाई तोडेर चीनसँग पनि पारवाहन सुविधा लिने प्रधानमन्त्री ओलीकै अघिल्लो भ्रमणको सहमतिलाई अगाडि बढाएर पारवाहन सम्बन्धमा दुई पक्षीय प्रोटोकलमा हस्ताक्षर हुन नसक्नुलाई यो भ्रमणको मुुख्य कमजोरीको रुपमा लिएको छ । यसैगरी हाल पेट्रोलियम पदार्थमा भारतसँगको निर्भरतालाई तोडी निश्चित प्रतिशतको पेट्रोलियम पदार्थ चीनबाट आयात गर्ने सम्वन्धमा कुनै सहमति यस भ्रमणमा भएको देखिएन् । यसैगरी लिपु लेकका सन्दर्भमा प्रधानमन्त्री केपी ओलीले चिनियाँ नेताको ध्यान आकृष्ट गराउनु भए नभएको कुरा सार्वजनिक भएन् ।
परिणाम हेर्नु पर्छ
कुनै कुरा कति सफल वा असफल भए भन्ने कुरा मापन गर्ने आधार भनेको परिणाम नै हो । प्रधानमन्त्री केपी ओलीको वर्तमान चीन भ्रमण कति सफल रह्यो वा रहेन त्यसको मापन भ्रमणका बेला अभिव्यक्त गरेका शब्द, सन्धी, सम्झौताभन्दा ति व्यवहारमा कार्यान्वयन कति हुन्छन् ? त्यसले नै सफलता वा असफलताको निर्धारण गर्नेछ । तर यस्तो कार्यान्वयनको लागि केही समय कुर्नुपर्ने नै छ । भ्रमणलाई राष्ट्रका पक्षमा उपलब्धिपूर्ण बनाउन नेपालको कुटनीतिक निष्ठा र सक्रियाता नै महङ्खवपूर्ण कुरा हुन जानेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here