Wednesday, April 24, 2024
Homeफिचरआधारभूत आवश्यकताको वर्ष

आधारभूत आवश्यकताको वर्ष

- Advertisement -spot_img

गाउँपालिका सञ्चालनको पहिलो अनुभव भएका कारण केही कमीकमजोरी भएपनि हामीले जनमतको कदर गर्दै काम गरेका छौँ । जनताको सामान्य आधारभूत आवश्यकता पूरा गर्नमै पहिलो वर्ष हामीले लगायौँ ।
हामीले कार्य प्रगतिको आधारमा एक वर्षमा थुप्रै महङ्खवपूर्ण काम गरेका छौँ जस्तो लाग्छ । गाउँपालिकाले ११ वटा ऐन, कानुन निर्माण गरी राजपत्रमा प्रकाशित गरेको छ । कानुन निर्माणमा दाङका दश स्थानीय तहमध्ये हामी नै पहिलो हौँ । गाउँपालिकाको शिक्षा क्षेत्र सुधारका लागि सामुदायिक विद्यालयमा कक्षा १ देखि अनिवार्य अंग्रेजी विषयको अनिवार्यता गराउनु सफलता ठानेको छौँ ।
यस गाउँपालिकाभित्रका नागरिकलाई खानेपानीको अभाव हुन नदिनका लागि विभिन्न ठाउँमा काम ग¥यौँ र घर–घरमा खानेपानीको धाराको लागि काम भइरहेको छ । त्यस्तै स्वास्थ्य क्षेत्रमा पनि सुधार ल्याउन गाउँपालिकाको विभिन्न स्थानमा खोपकेन्द्रको स्थापना गरेका छौँ । बबई गाउँपालिकाभित्रका प्रत्येक वडामा सडकको विकास गरेका छौँ । त्यस्तै गाउँपालिकाका प्रत्येक घरमा खानेपानीको धारा पु¥याउनको लागि काम भइरहेको छ ।

निर्वाचनका बेला जनतासँग गरिएका प्रतिवद्धतालाई पूरा गर्न लागिरहेका छौँ । चुनिएको करिब एक वर्ष पुग्नै लाग्दा नागरिकका केही अपेक्षा पनि पूरा भएका छन् । अबको चार वर्षमा सबै प्रतिवद्धता पूरा गर्ने प्रयासमा लागेको छु । त्यसपछि सामाजिक विकासलाई जोड दिएर अघि बढ्ने योजना गाउँपालिकाले गरेको छ ।


निर्वाचनका बेला जनतासँग गरिएका प्रतिवद्धतालाई पूरा गर्न लागिरहेका छौँ । चुनिएको करिब एक वर्ष पुग्नै लाग्दा नागरिकका केही अपेक्षा पनि पूरा भएका छन् । अबको चार वर्षमा सबै प्रतिवद्धता पूरा गर्ने प्रयासमा लागेको छु । त्यसपछि सामाजिक विकासलाई जोड दिएर अघि बढ्ने योजना गाउँपालिकाले गरेको छ । बबई गाँउपालिका दुर्गम भेगमा पर्ने भएका कारण चेतनाका हिसाबले पछाडि परेको हो भनेर हामीले सामाजिक विकासलाई जोड दिन योजना बनाएका छौँ ।
काम गर्दै जाँदा चुनौति त जुनसुकै क्षेत्रमा पनि हुन्छन् । हामीले निर्वाचनका बेला के–के नै गर्र्छौ भनेर भनेका थियौँ । ति सबै जनताका चाहनालाई पूरा गर्नुपर्ने चुनौति त अवश्य पनि छ । काम गर्ने कानुन स्पष्ट नहुँदा बबई गाउँपालिकाले दुईवटा मुद्दा पनि खेप्नुप¥यो । राजनीतिक पूर्वाग्रका हिसाबले विभिन्न आलोचना खेप्नु परे पनि मैले दृढका साथ काम गर्दैछु । निर्णय गर्ने महङ्खवपूर्ण कुरामा उपस्थित नहुनेले विभिन्न आरोप लगाउने गरेका पनि छन् । मेरो बाँकी कार्यकाल चार वर्ष हुँदा हाम्रा केही अल्पकालिन तथा दीर्घकालिन योजनाहरु पनि छन् ।
हामीलाई शुरुमा अनुभव नभएका कारण केही बाधाअड्चन आए तर समस्यासँग सामना गर्दै काम गरिरहेको कुरा म यहाँलाई जानकारी गराउँदछु । पहिलेको गाविस चलाएकोजस्तो कुरा अहिलेको गाउँपालिका चलाउने सन्दर्भ आकाश जमिनको फरक छ । त्यसैले योजना छनौट गर्दा गाविसमा जस्तो सर्वदलीय बैठक बस्ने नै हुँदैन । अब अहिले गाउँपालिकामा योजना बनाउँदा त्यसो हुँदैन । हामी तल्लो तहको सरकार भएका कारण जनताका माझमा जाने हो । सबैलाई सूचना गर्ने हो र त्यहाँबाट आएका योजनाहरु कार्यपालिकाको बैठकबाट लिपिवद्ध गर्ने हो र सभामा लगेर पास गर्ने हो । कतिपयको सोंच योजना बनाउँदा हामी पनि बैठकमा सहभागिता हुनुपर्छ भन्ने हो तर कानुनले दिदैन् । तर जतिसक्दो सबैसँग सहकार्य गरेर जाने प्रयासमा म छु । काम गर्ने हो जनतासँग गरिएका प्रतिवद्धता पूरा गर्छौ अवश्य पनि । चालु आर्थिक वर्षमा पनि करिब ९५ प्रतिशत योजना सम्झौता भइसकेको छ ।
अन्त्यमा के भन्न चाहन्छु भने हामीहरुले तपाईहरुसँग गरेका प्रतिवद्धता राखेका छौँ । क्रमशः ती प्रतिवद्धता पूरा गर्ने योजनामा लाग्ने छु । हामीले काम गर्दाखेरी विशेषतः जनतालाई अगाडि राखेर काम गर्ने हो जनतासँग गरिएका प्रतिवद्धताबाट हामी भाग्ने छैनौँ । तपाईहरु आत्तिनु भएन् । पाँच वर्षसम्म तपाईहरुसँग गरेका कुनै पनि प्रतिवद्धता बाँकी राख्दैनौँ भन्ने हामीलाई विश्वास छ । र मेरा केही भनाइ राख्ने अवसर दिएकोमा प्रदेश टुडे राष्ट्रिय दैनिकलाई धेरै धेरै धन्यवाद दिन पनि चाहन्छु र सदैव साथ र सहयोगको अपेक्षा पनि गर्दछु ।
(प्रदेश टुडे दैनिकले सुरु गरेको जनप्रतिनिधिका एक वर्ष स्तम्भका लागि गाउ“पालिका अध्यक्ष पौडेलस“ग टुडेकर्मी जीतसागर जिएमले गरेको कुराकानीमा आधारित)

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here