Tuesday, April 30, 2024
Homeफिचरतुलसीपुर ६ को नीति तथा कार्यक्रम सार्वजनिक

तुलसीपुर ६ को नीति तथा कार्यक्रम सार्वजनिक

- Advertisement -spot_img

तुलसीपुर, ७ असार ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ ले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार आयोजित कार्यक्रममा वडा अध्यक्ष नवराज लामिछानेले भौतिक र मानवीय विकासलाई प्राथमिकतामा राखिएको नीति कर्याक्रम सार्वजनिक गरेका हुन् ।
सार्वजनिक गरिएको ३६ बुँदे नीति तथा कार्यक्रमममा वडाको समृद्धिका लागि सबै सरोकारवालाहरुसँग समन्वय गरी अगाडि बढ्ने, सबै सडकहरुको स्तरोन्नति तथा लगत कट्टा गर्ने, विकास निर्माणमा जनसहभागितालाई प्राथमिकतामा राख्ने, घर–घरमा स्वच्छ खानेपानी पु¥याउन पहल गर्ने, विद्युतीकरण गर्दै जाने र लो भोल्टेजलाई सुधार गर्न पहल गर्ने, वडा कार्यालयबाट प्रवाह हुने सेवालाई थप जनमैत्री बनाउने, फोहोरलाई मोहोरमा परिणत गर्न योजना निर्माण गरी कार्यान्वयन गर्ने, वडालाई बालमैत्री र वातावरणमैत्री घोषणा गर्ने लगायतका विषयलाई प्राथमिकतामा राखिएको छ ।
नीति तथा कार्यक्रम माथि विभिन्न क्षेत्रका प्रतिनिधिहरुले सुझाव राखेका थिए । महिला, बालबालिका, युवा, जेष्ठ नागरिक, कृषक, सहकारी, शिक्षा, खेलकुद, सामुदायिक वन, खानेपानीलगायत क्षेत्रका प्रतिनिधिहरुले वडा नम्बर ६ लाई नमुना बनाउनका लागि सार्वजनिक गरिएको नीति कार्याक्रमलाई कार्यान्वयनमा जोड दिएको छ । वडा सदस्य दुजमान भण्डारी बर्षातको सञ्चालनबाट सुरु भएको कार्यक्रममा वडा सदस्य यमुना परियारले स्वागत मन्तब्य राखेकी थिइन् ।

वडा प्रोफाइल सार्वजनिक

यसैबीच तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ को वस्तुगत विवरण (प्रोफाइल) सार्वजनिक गरिएको छ । वडा नम्बर ६ को चालु आर्थिक वर्षको स्विकृत कार्यक्रम अनुसार तयार पारिएको सो प्रोफाइल बिहीबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।
वडा अध्यक्ष नवराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नगरप्रमुख घनश्याम पाण्डेले १९ वटा वडामध्ये ६ नम्बर वडाले सबैभन्दा पहिले प्रोफाइल तयार पारेर उदाहरणीय काम गरेको बताए ।
पाण्डेले वडाका प्रोफाइलमा समेटिएका बिषयका आधारमा योजना बनाउन र ती योजनालाई कार्यान्वयन गर्नमा लाग्न आग्रह गरे । उनले प्रोफाइल देखाउनका लागि मात्रै भनएर त्यसका आधारमा नीति र कार्यक्रम निर्माण गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । नगर प्रमुख पाण्डेले वडा नम्बर ६ सहरीकरण उन्मुख रहेकाले व्यवस्थित सहरीकारणका लागि जनता तयार भए नगरपालिका लगानी लगाउन तयार रहेको बताए ।
इको कन्सल्टेन्सी काठमाण्डौंले तयार पारेको वडा प्रोफाइलमा जनसंख्या, भूगोल, संघरसंस्था, शैक्षिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक अवस्थालगायतको सूचना समावेश गरिएको तथ्याङ्क संकलन डम्वर भण्डारीले जानकारी दिए । आइटी इन्जिनियर नवीन थापासहितको टोलीले सो प्रोफाइल तयार पारेको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here