Tuesday, April 30, 2024
Homeफिचरराजमार्ग भरी खाल्डै–खाल्डा

राजमार्ग भरी खाल्डै–खाल्डा

- Advertisement -spot_img

तुलसीपुर, ६ असार  ।
सडकमा भएको ओटासिल कालोपत्रे उम्किन थालेको छ । सडकभरी साना ठूला खाल्डाहरु यत्रतत्र छन् । सडक पूरै धुलाम्य छ । सडकको छेऊमा निर्माण भएका नालीहरु भत्किएका छन् । राप्ती राजमार्गको अमिलिया–तुलसीपुर–सल्यान–रुकुम सडक खण्डको दृष्य हो यो ।
पछिल्लो समय राप्ती राजमार्ग यो अवस्थामा सञ्चालन भइरहेको छ । दाङको अमेलियादेखि रुकुमसम्मको सडकखण्ड अत्यन्त जीर्ण बन्दै गएको हो । राप्तीकै पुरानो सडकमध्येको राप्ती राजमार्ग जीर्ण बन्दै गएको छ । दाङको अमिलियादेखि रुकुम मुसिकोटसम्मको मुख्य सडकको रुपमा रहेको राप्ती राजमार्ग समयानुकूल मर्मत सम्भार नहुँदा जीर्ण भन्दै गएको हो । सडकको सुरक्षा र मर्मत समयमा नहुँदा राजमार्ग जीर्ण बन्दै गएको स्थायनीयहरुले बताएका छन् ।
सडकको अवस्था जीर्ण बन्दै गएपछि सडक दुर्घटनाको जोखिमपनि बढ्दै गएको पाइएको छ । ‘सडकको अवस्था दिनानुदिन दयनीय बन्दै गएको छ’ निर्माण भएदेखि मर्मतसमेत राम्रोसँग भएको छैन तुलसीपुरका भिमलाल मरासीनिले भने, यही अवस्थामा सडक रहयो भने ‘जतिबेला नि ठूलो दुर्घटना हुनसक्छ । सडक निर्माण भएदेखि केही स्थानमा टालटुलको कामबाहेक अरु मर्मतको काम भएको देखिदैन । दैनिक सयौँ गाडी हिड्ने पहाडी बाटोको रुपमा रहेको उक्त सडकखण्ड यही अवस्थामा रहे पूरै जीर्ण बन्ने पक्का भएको सविन केसीले गुनासो गरे । उनले कच्ची बाटोभन्दा पक्की भनिएको राजमार्गमा कुनै फरक नभएको बताए । यसो त दाङ क्षेत्रमा पर्ने महेन्द्र राजमार्गमा पनि सडकमा खाल्डाखुल्डी अत्यधिक रहेका छन् ।
२०६८ सालमा निर्माण भएको उक्त सडकखण्ड स्तरोन्नति नहुँदा जीर्ण बन्दै गएको स्थानीयको भनाई छ । आर्थिक वर्ष ०६९÷७० मा विश्व बैंकको ६१ करोड ५० लाख ८७ हजार रुपैयाँमा तुलसीपुर रुकुम सडकखण्ड ओटासिल गरिएको थियो । भने केही वर्ष अघि अमिलिया–तुलसीपुर खण्ड ओटासिल गरिएको थियो । कालोपत्रे (ओटासिल) गरिएको सडकखण्ड एक वर्षपछि नै भत्किएर जीर्ण बन्दै आएको छ ।
सडक जीर्ण बन्दै गएपछि उक्त सडकखण्डमा यातायातका साधन गुडाउनसमेत जोखिम भएको यातायात व्यवसायीहरुको भनाइ छ । यातायात ब्यवसायी मधु खड्काले सडक जीर्ण हुँदै जाँदा सवारी गुडाउनसमेत समस्या भइरहेको बताए । म प्रायः दैनिकजसो गाडी लिएर यो सडकमा यात्रा गर्छु, उनले भने, सडक जीर्ण हुँदा, दुर्घटनाको भयले कहिलै छोड्दैन ।
सडक डिभिजन कार्यालय दाङले भने सडक मर्मतको काम भइरहेको बताएको छ । डिभिजन प्रमुख बद्रिप्रसाद शर्माले राप्ती राजमार्गमा यो समस्या रहेको भन्दै केही मर्मत सुरु भएको बताए । केही बाढीले र केही पहिलेदेखि नै सडकमा समस्या हुँदै आएको उनले बताए । अमिलिया तुलसीपुर सडकखण्डको बीचको भागलाई कालोपत्रे गर्ने गरी टेन्डर गरिसकिएको प्रमुख शर्माले जानकारी दिए । उनले तुल्सीपुर मुसिकोट सडकखण्ड भने टालटुल मात्रै भएको बताए । सामान्य मर्मतको काम भएपनि ठूलो मर्मत नभएको नभएको प्रमुख शर्माले बताए ।
राप्ती लोकमार्ग जीर्ण हुँदै गएपछि उक्त सडकखण्डमा दुर्घटना पनि बढ्दै गएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानको तथ्याङ् अनुसार तुलसीपुरदेखि रुकुमखौलासम्मको सडक खण्डमा आर्थिक वर्ष ०७१÷०७२ देखि हालसम्म १ सय २७ पटक सवारी दुर्घटना भएको र ५८ जनाको मृत्यु भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here