Tuesday, April 30, 2024
Homeफिचरसञ्चारप्रति उपमहानगर उदार छ

सञ्चारप्रति उपमहानगर उदार छ

- Advertisement -spot_img

तुलसीपुर, ६ असार  ।
तुलसीपुर उप–महानगरपालिकाले उपमहानगरपालिका सञ्चार क्षेत्रप्रति उदार भएको बताएको छ । आउँदो आर्थिक वर्षको लागि सार्वजनिक गर्न लागेको नीति तथा कार्यक्रमका लागि पत्रकारसँग सुझाव संकलन कार्यक्रम राख्दै यस्तो बताएको हो ।
तुलसीपुर उप–महानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले सञ्चारको विकास हुनसके मात्रै नगरको समृद्धि हुने भएकाले सञ्चार क्षेत्रका लागि नगर सधै उदार दिलका साथ लागेको बताए । उनले यस क्षेत्रका सञ्चारमाध्यम र पत्रकार, श्रमजीवीहरुलाई क्षमतावान् बनाउन नयाँ सोच लिएको भन्दै त्यसलाई नगरले नीति बनाएर काम गर्ने बताए । यहाँ रहेका सञ्चार माध्यमहरुलाई दीगोपन दिन र ब्यवस्थित गर्न आफू तयार रहेको समेत बताए । उनले छिट्टै सञ्चार नीति सार्वजनिक गरिने जानकारी दिए । पाण्डेले आमसञ्चार नीति बनाएर सञ्चारमाध्यमहरुलाई बलियो बनाइने बताए ।
कार्यक्रममा सहभागी पत्रकारहरुले सञ्चारमाध्यम र श्रमजीविको क्षमता विकास र दक्षताका लागि विशेषखालको कार्यक्रम ल्याउन आग्रह गरेका थिए । उनीहरुले उपमहानगरले सञ्चार संस्थाहरुसँग सहकार्य र समन्वय नगरेको गुनासोसमेत गरेका थिए । कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष सुशिल बस्नेतले श्रमजीवि र मालिकहरुबीच छलफल गरेर नीति बनाउन सुझाव दिए । उनले पत्रकारहरुको संस्थागत विकासका लागि ध्यान दिनसके पत्रकारितामा निखारता ल्याउन मद्दत पुग्ने बताए । हरेक वडामा हुने सार्वजजिनक सुनुवाई कार्यक्रममा सञ्चारमाध्यमसंग सहकार्य नगरेर नगरपालिकाका कर्मचारीले सुनुवाई गराएको भन्दै त्यसको विश्वसनीयता हराएको टिप्पणी गरे । प्रदेश टुडेका सम्पादक गोपाल शर्मा भट्टराईले नगरको सञ्चार नीति र सञ्चार कार्यविधि ल्याएर काम गर्नसके सञ्चार र नगरबीचको समन्वय बढ्न सक्ने बताए । उनले नगरले विज्ञापन नीतिलाई पनि परिमार्जन गरी समानता ल्याउनुपर्ने बताए ।
रेडियो प्रकृतिका स्टेशन म्यानेजर ओपेन्द्र बस्नेतले सञ्चार माध्यमसँग सहकार्य नहुँदा उपमहानगरले गरेका विकासका राम्रा कामहरु बाहिर आउन नसकेको र अनुगमनको नाममा जनप्रतिनिधिहरुले एकदिनमा आठवटासम्म भत्ता खाएको भन्दै त्यसलाई ब्यवस्थित गर्नुपर्ने बताए । बस्नेतले पत्रकारहरुको प्रयोगका लागि छुट्टै भवन बनाउनसके सबैलाई सहज हुने बताए ।
पत्रकार महासंघका कार्यसमिति सदस्य नारायण भण्डारी, राकेश बस्नेत, मल्टिपल मिडियाका अध्यक्ष संगीत बस्यालले सञ्चारमाध्यमलाई टिकाउने खालको नीति बनाउन आवश्यक रहेको बताए । रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर बसन्त पौडेलले सञ्चारमाध्यमका उपकरणहरु मर्मत केन्द्र जिल्लामा राख्नसके वातावरण भए सहज हुने बताए । कार्यक्रममा सञ्जिवनीका स्टेशन म्यानेजर शरद रेग्मी, नारायण खड्का, प्रेम विवश घर्तीलगायतले सुझाव दिएका थिए । सूचना अधिकारी झरेन्द्र खरेल, नगर प्रमुख पाण्डेका प्रेस सल्लाहकार बसन्त विवश आचार्यलगायतले बोलेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here