Tuesday, May 21, 2024
Homeफिचरराजमोको ज्ञापनपत्र

राजमोको ज्ञापनपत्र

- Advertisement -spot_img

तुलसीपुर, ६ असार । राष्ट्रिय जनमोर्चा दाङले बबई, शान्तिनगर र दंगीशरण गाउँपालिकामा ज्ञापनपत्र बुझाएको छ । जिल्ला अध्यक्ष गणेश आचार्यको नेतृत्वमा गएको टोलीमा जिल्ला सह–सचिव ऋषिराम पौडेल कोषाध्यक्ष श्यामलाल पोख्रेल जिल्ला सचिवालय सदस्य शुक्रराज भण्डारी जिल्ला सदस्य लिला बहादुर पुन तुल बहादुर योगी देब बहादुर विक दयाराम गौतम जीवराज आचार्य का साथै केन्द्रीय सदस्य कमला जिसीको पनि विशेष उपस्थिति रहेको थियो ।
ज्ञापनपत्र बुझ्दै गाउँपालिकाका अध्यक्षहरुले यो ज्ञापनपत्र गाउँपालिकाको लागि मार्गदर्शक हुने कुरा बताएका थिए । साथै माग सम्बोधनको प्रतिबद्धता जाहेर गरेका थिए । ज्ञापनपत्रमा संघीयता नेपालमा ठिक नभएकोले यसको खारेज गर्नुपर्ने र यसैको नाममा जनताको ढाड सेक्ने गरी गरिएको राजस्व वृद्धिको विरोध गरिएको छ । भ्रष्टाचार, सरकारी कार्यालयबाट कार्य सम्पादनमा हुने ढिलासुस्ती, अनियमितता, महङ्गी, विकास निर्माणका काममा भैरहेको ढिलासुस्ती, प्राकृतिक श्रोतसाधन माथिको दोहन, कालोबजारी, मूल्यवृद्धि, राहत र अनुदानमा भएको अनियमितता, सरकारी कार्यालयमा हुने बिचौलिया, न्याय सम्पादनमा भएको अनियमितता आदिको विरोध गर्नुका साथै कृषि सामाग्रीमा सुलभता, राहत र अनुदानमा पारदर्शीताका साथै बीउ, मल, दाना , औषधि, कृषि सामाग्रीमा सहुलियतलगायतका माग राख्नुका साथै पार्टीले जिल्लाका हरेक काममा प्रभावकारी भूमिका खेलेको र क्रियाशीलताको हिसाबले सबैभन्दा अगाडि हुनुका साथै नैतिकता र इमानदारिताको राजनीतिमा अबब्ल भएको ज्ञापनपत्रमा उल्लेख गर्दै जिल्लामा हुने सर्वपक्षीय बैठकहरुमा उपस्थित नगराएकोमा ध्यानाकर्षण समेत गराइएको छ । साथै भ्रष्टाचार विरोधी अभियानअन्तर्गत नगरपालिका, गाउँपालिका, मालपोतलगायतका सरकारी कार्यालयमा कतै तपाई भ्रष्टाचार गरिरहनुभएको त छैन ? भन्ने होडिङबोर्ड तथा पोस्टरहरुसमेत टाँसिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here