Sunday, May 19, 2024
Homeफिचरराष्ट्रिय जनमोर्चाले बुझायो ज्ञापनपत्र

राष्ट्रिय जनमोर्चाले बुझायो ज्ञापनपत्र

- Advertisement -spot_img

लमही, ५ असार ।
राष्ट्रिय जनमोर्चा दाङले लमही नगरपालिका र राजपुर गाउँपालिकामा ज्ञापनपत्र बुझाएको छ । जिल्ला अध्यक्ष गणेश आचार्यको नेतृत्वमा गएको टोलीमा लमही नगरपालिकामा जिल्ला सचिव बसन्त पौडेल सचिवालय सदस्य पदमप्रसाद गोराथोकी जिल्ला सदस्य ठाकुर भण्डारी, कुलचन्द्र पोख्रेल, लमही नगर अध्यक्ष हरि थापा, सचिव लेखराज आचार्यलगायतका नेताहरुको उपस्थितिमा ज्ञापनपत्र पेश गरिएको छ ।
यस्तै राजपुर गाउँपालिकामा जिल्ला अध्यक्ष गणेश आचार्य, उपाध्यक्ष महेश रिजाल, सदस्य रामफकिरे रैदासलगायतका स्थानीय नेता कार्यकर्ताको उपस्थितिमा ज्ञापन पत्र बुझाइएको छ । ज्ञापनपत्रमा संघीयता नेपालमा ठिक नभएकोले यसको खारेज गर्नुपर्ने र यसैको नाममा जनताको ढाड सेक्ने गरी गरिएको राजस्व वृद्धिको विरोध गरिएको छ । भ्रष्टाचार, सरकारी कार्यालयबाट कार्य सम्पादनमा हुने ढिलासुस्ती, अनियमितता, महङ्गी, विकास निर्माणका काममा भैरहेको ढिलासुस्ती, प्राकृतिक श्रोतसाधन माथिको दोहन, कालोबजारी, मूल्यवृद्धि, राहत र अनुदानमा भएको अनियमितता, सरकारी कार्यालयमा हुने बिचौलिया, न्याय सम्पादनमा भएको अनियमितता आदिको विरोध गर्नुका साथै कृषि सामाग्रीमा सुलभता, राहत र अनुदानमा पारदर्शीताका साथै बीउ, मल, दाना , औषधि, कृषि सामाग्रीमा सहुलियतलगायतका माग राख्नुका साथै पार्टीले जिल्लाका हरेक काममा प्रभावकारी भूमिका खेलेको र क्रियाशीलताको हिसाबले सबैभन्दा अगाडि हुनुका साथै नैतिकता र इमानदारिताको राजनीतिमा अबब्ल भएको ज्ञापनपत्रमा उल्लेख गर्दै जिल्लामा हुने सर्वपक्षीय बैठकहरुमा उपस्थित नगराएकोमा ध्यानाकर्षण समेत गराइएको छ । साथै भ्रष्टाचार विरोधी अभियानअन्तर्गत नगरपालिका, गाउँपालिका, मालपोतलगायतका सरकारी कार्यालयमा कतै तपाई भ्रष्टाचार गरिरहनुभएको त छैन ? भन्ने होडिङबोर्ड तथा पोस्टरहरुसमेत टाँसिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here