दाङ, २१ बैशाख ।
देख्दा बित्तिकै काचै नै खाउ खाउ लाग्ने हरियो तोरीको साग । किरा नलागेको । बारीमा तोरीको साग टिप्दा कतै चोट तथा दाग नलागेको । राम्रा–राम्रा साग छानेर छिट्नी भरी मिलाएर राखिन घोराही उपमहानगरपालिका–१९ का रीता चौधरी ।
दाग तथा चोट लागेको, साग छुटाएर अर्को छिट्नीमा राखिन् । किरा नलागेको, दाग नलागेको राम्रा राम्रा बोडी भने आफूलाई खानको लागि राखेकी थिइनन् । ‘यो दाग लागेको, भाँचिएको बोडी घरको लागि हो’ चौधरीले भनिन् ‘यति राम्रो साग छानेर बेच्दा पनि बजारमा मुल्य हुँदैन् ।’ उनले प्रति मुठा दश रुपैयाँमा बनाइन् । उनले त्यही अनुसार हिसाब गरेर बेचेको पैसाले नुन, तेल, कपडा धुने साबुन र छोराछोरीलाई किताब किन्ने योजना बनाइन् । तर उनको योजना अनुसार भएन् । चौधरीले प्रति मुठा दश रुपैयाँको साग बनाएकी उनले कसैलाई पाँच रुपैयाँ त कसैलाई सात रुपैयाँमा बेचिन् । उनले त्यो भन्दा बढी मुल्यमा बेच्न सकिनन् । आफूले भनेको जति मुल्यमा बेच्नको लागि त्यो तरकारीको छिट्नी टाउकामा राखेर दिनभरि डुल्नु पथ्र्यो । तर उनले बाध्यताले एक तरकारी व्यापारीसँग पाँच रुपैयाँ मुठा तरकारी बेचेर आईन् ।
‘आफूले उत्पादन गरेको तरकारीको आफैले निर्धारण गरेको मुल्यमा बिक्दैन’ चौधरीले भनिन् ‘धेरै भनसुन गरेपनि व्यापारीले भनेको मुल्यमा नै बेच्नुपर्ने बाध्यता छ । व्यापारीहरुले ठिक्क नाफा खाएर तरकारी किन त ठिकै हो आधाभन्दा बढी कम मुल्यमा घाटा खाएर तरकारी बेच्नुपर्ने बाध्यता भएको उनले बताइन् ।
घोराहीका सन्तोष चौधरी झनै व्यापारीहरुसँग तरकारीको के भाउ छ भनेर बुझेर मात्रै बेच्ने गरेको बताउँछन् । आफूले भने जस्तो उत्पादन गरेको वस्तुको मुल्य नै हुँदैन् उनले भने धेरै पटक व्यापारीले भनेकै मुल्यमा तरकारी बेचेर फर्केको छु ।’ आफूले उत्पादान गरेको सागको प्रति मुठा पाँच रुपैयाँमा बेच्ने गरेको र व्यापारीहरुले त्यही सागको मुठालाई दश रुपैयाँमा बेच्ने गरेको उनले वताए ।
रीता र सन्तोष मात्रै होइन अधिकांश कृषकहरुले उत्पादन गरेको कृषि उपजको मुल्य निर्धारण व्यापारीहरुले नै गर्ने गरेका छन् । जसले गर्दा सस्तोको तरकारी बेच्ने गरेका छन् । घोराहीमा दुईवटा तरकारीको खरिद बिक्री हुने गरेको छ । एउटा घोराही उप–महानगरपालिका–१४ मा रहेको तरकारी व्यवसाय समिति (सब्जी मण्डी) र अर्को कृषि सामाग्री केन्द्र अगाडि रहेको खाली स्थानमा तरकारीको खरिद बिक्री भइरहेको छ । कृषकलाई मर्का नपर्ने र आफ्नो व्यवसाय पनि बचाउन सकिने तरिकाले कृषकहरुको सहमतिमा नै तरकारी खरिद गर्ने गरेको घोराहीको सब्जीमण्डीमा तरकारी व्यवसाय गरिरहेका दानबहादुर खड्का बताउँछन् ।
आफूले भने जस्तो उत्पादन गरेको वस्तुको मुल्य नै हुँदैन् उनले भने ‘धेरै पटक व्यापारीले भनेकै मुल्यमा तरकारी बेचेर फर्केको छु ।’ आफूले उत्पादन गरेको सागको प्रति मुठा पाँच रुपैयाँमा बेच्ने गरेको र व्यापारीहरुले त्यही सागको मुठालाई दश रुपैयाँ बेच्ने गरेको बताए ।
प्रायःजसो कृषकहरुको मुल्यमा थोरै केही मुल्य घटाएर तरकारी खरिद गर्ने गरेको उनले बताए । कृषि व्यवसाय समितिका अध्यक्ष गुलाम रसुलले आफूले उत्पादन गरेको तरकारीहरुको मुल्य निर्धारण गर्ने पहिलो अधिकार भनेकै कृषकहरुको भएको बताए । ‘कृषकहरु पहिले आफैले नै उपभोक्ताहरुलाई तरकारी वेच्ने गर्छन्’ अध्यक्ष रसुलले भने ‘त्यसपछि आउने भनेको तरकारी व्यवसाय समितिमा ।’ दैनिक असी, नब्बे प्रतिशत तरकारी भारतबाट भित्रिने गरेको बताए । ‘स्थानीयस्तरमा उत्पादन भएका तरकारीको मुल्यभन्दा भारतबाट आउने तरकारीको मुल्य सस्तो पर्ने उनको भनाइ थियो । ‘तरकारी व्यवसाय समितिमा तरकारी बेच्न ल्याउने कृषकहरुले आफैले नै मुल्य निर्धारण गर्छन्’ उनले भने ‘समितिले तरकारीको मुल्य निर्धारण गरेको छ, त्यही अनुसार किनबेच भइरेको छ ।’
कृषि र व्यापारीहरुको बीचमा देखिएको समस्याको बारेमा बुझ्दा घोराही उपमहानगरपालिकामा नगरप्रमुख नरुलाल चौधरीले कृषि उपज बजार व्यवस्थापनको लागि अझै नै नीति नबनाइसकेको बताउँछन् । ‘कृषि उपज बजार व्यवस्थापनको लागि आगामी दिनमा नीति बनाउने छाँै’ घोराही उपमहानगरपालिकाका नगरप्रमुख चौधरीले भने ‘कृषक र व्यापारीहरुको बजार व्वस्थापन गर्दा कसरी ठिक हुन्छ ? त्यो माग चाहिँ उहाँहरुले नै गर्नुपर्छ ।’ कृषि उपज बजार व्यवस्थापनको लागि व्यक्ति–व्यक्ति बीचको मुल्य निर्धारण गर्न सहज नभएको उनको भनाइ छ । तरकारी व्यवसाय समितिमा कृषक र व्यापारीहरुका प्रतिनिधिहरु पनि प्रतिनिधित्व रहेकाले एकअर्कामा समन्वय गरेर मुल्य निर्धारण गर्न सकिने बताए । ‘उत्पादन धेरै भयो भने माग थोरै हुन्छ’ प्रमुख चौधरीले भने ‘उत्पादनको आधारमा मुल्य निर्धारण गर्ने कि प्रतिस्पर्धाको आधारमा ?’ कृषि उपजको प्रभावकारी बजार व्यवस्थापन गर्नको लागि तरकारी व्यवसाय समिति र कृषकहरुसँग छलफल गरेर नीति नियमहरु बनाउने उनले बताए । ‘प्रभावकारी रुपमा कृषि उपज बजार व्यवस्थापनका लागि मुल्यको नियन्त्रण कसरी गर्ने ? कसरी मुल्य निर्धारण गर्ने भन्ने विषयमा आगामी दिनमा नीति बनाउँछौं’ प्रमुख चौधरीले प्रदेश टुडेसँग भने ‘यदि कृषक व्यापारीहरुको नीति निर्माणको माग भएको खण्डमा’ तत्काल कृषी उपज बजार व्यवस्थापनको लागि घोराही उपमहानगरपालिका १४ मा रहेको कृषि व्यवसाय समिति सञ्चालनमा रहेको बताए ।