Saturday, April 27, 2024
Homeफिचरखाता रोक्नेदेखि सम्पत्ति शुद्धिकरणसम्मका निर्णय

खाता रोक्नेदेखि सम्पत्ति शुद्धिकरणसम्मका निर्णय

- Advertisement -spot_img

समितिप्रति कडा बन्दैै सरकार

काठमाडौ, २१ बैशाख ।
यातायात सिन्डीकेट हटाउने भन्दै विभिन्न निर्णयहरु सार्वजनिक गर्दै आएको सरकारले यातायात ब्यवसायीहरुको आन्दोलन पछि झन कडारुपमा प्रस्तुत भएको छ । समितिको सम्पत्ति सुरक्षाको माग र नवीकरणको माग गर्दै सरकारको निर्णयविरुद्ध शुक्रबार आन्दोलनमा उत्रिएका यातायात ब्यवसायीहरुलाई नियन्त्रण लिएसँगै गाडी बन्द गरेका यातायात व्यवसायीहरुको बैंक खाता रोक्का गर्नेदेखि पदाधिकारीहरुको सम्पत्ति शुद्धिकरण गर्नेसम्मको निर्णय सरकारले गरेको छ ।
गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवि नेपाल सहितको संयुक्त बैठकले आन्दोलनरत यातायात ब्यवसायी विरुद्ध यस्तो निर्णय गरेको हो । दुई मन्त्री र गभर्नरसहितको बैठकको निर्णयमा भनिएको छ, ‘सार्वजनिक सवारी सञ्चालन नगर्ने यातायात महासंघ, समिति र संघहरुको बैंक खाता रोक्का गर्न अर्थ मन्त्रालयमार्फत नेपाल राष्ट्र बैंकमा यातायात व्यवस्था विभागले लेखी पठाउने ।’

बैठकले कम्पनी दर्ताका लागि अनिवार्य पाँचवटा गाडी चाहिने व्यवस्थालाई तत्काल हटाएर एउटा गाडी भएमा पनि कम्पनी दर्ता गर्न सकिने नयाँ व्यवस्था लागू गर्ने निर्णय गरेको छ । बैठकमा गृहमन्त्री थापा र यातायात मन्त्री महासेठले व्यवसायीका बिमा लगायतका माग सम्बोधनका लागि सरकार लचिलो भएपनि सिन्डीकेट हटाउने निर्णयबाट सरकार कुनै हालतमा पछि नहट्ने पनि जानकारी गराएका थिए ।

त्यसैगरी बैठकले सार्वजनिक सवारी सञ्चालन गर्न अनुमति लिएका यातायात व्यवसायी महासंघ र हालका पदाधिकारीहरुको विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट यातायात व्यवस्थाले संकलन गरेर त्यसलाई सम्पत्ति शुद्धिकरण विभागमा उपलब्ध गराउने पनि निर्णय गरेको छ । यो विवरणसँगै सम्पत्ति शुद्धिकरण विभागले समिति र पदाधिकारीहरुको सम्पत्ति पनि छानबिन थाल्ने भएको छ । बैठकले सम्पूर्ण यातायात व्यवसायी र समितिहरुलाई यातायात पूर्ववत अवस्थामा सुचारु गर्न आह्वान गरेको छ ।
बैठकले कम्पनी दर्ताका लागि अनिवार्य पाँचवटा गाडी चाहिने व्यवस्थालाई तत्काल हटाएर एउटा गाडी भएमा पनि कम्पनी दर्ता गर्न सकिने नयाँ व्यवस्था लागू गर्ने निर्णय गरेको छ । बैठकमा गृहमन्त्री थापा र यातायात मन्त्री महासेठले व्यवसायीका बिमा लगायतका माग सम्बोधनका लागि सरकार लचिलो भएपनि सिन्डीकेट हटाउने निर्णयबाट सरकार कुनै हालतमा पछि नहट्ने पनि जानकारी गराएका थिए ।
यसैबीच शुक्रबार भएको यातायात ब्यवसायीहरुको आन्दोलनका क्रममा देशैभरिका समितिका पदाधिकारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दाङमा पनि दुईजना ब्यवसायीलाई पक्राउ गरिएको थियो । तुलसीपुर जीप तथा मिनी माइक्रो बस, बस ब्यवसायी समितिका कार्यबाहक अध्यक्ष डिल्लीराज भण्डारी, राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिका सदस्य रामशरण वलीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here