Tuesday, April 30, 2024
Homeसम्पादकीयकिसानलाई मलको चिन्ता

किसानलाई मलको चिन्ता

- Advertisement -spot_img

हरेका वर्ष चर्चामा आइरहने तर व्यवस्थापन नहुने विषय रासायनिक मल हो । सधै अभाव, सधै किसानलाई सास्ती नियमित प्रक्रिया जस्तै बनेको छ । कृषि कर्ममा रहेकाहरूलाई मल आपूर्तिको विषयले सताई रहन्छ । खेतीपातीको समयमा हरेक वर्षजस्तो जिल्लामा मलको समस्या आउने गरेको छ । खेतीको समयमा आउने ठूलो समस्या रासायनिक मलको अभाव नै हो । त्यो लामो समयदेखि यथावत नै छ । यो समस्याले यो वर्ष पनि सताउने देखिएको छ ।

वर्षे खेतीको लागि आवश्यक पर्ने रासायनिक मल दाङमा शुन्य प्राय भएको छ । किसानहरू धान, मकै तथा अन्य बालीको लागि आवश्यक पर्ने रासायनिक मलको प्रयोग गर्न सकेका छैनन् । अर्काेतिर मलको अनुदान दिइरहेका कृषि सामग्री कम्पनीको गोदाममा मल छैन र मलको गोदाम अहिले रित्तो छ । किसानलाई सहज रूपमा आपूर्ति हुनका लागि सहकारीको माध्यम अपनाइएको छ । जिल्लामै मलको अभाव भए पछि किसानसम्म रासायनिक मल पुग्न सकेको छैन ।

अहिले अधिकांस किसानहरू बर्से खेतीको तयारीमा छन् । धानको ब्याड राखेर धेरै किसानहरू रोपाइँको तयारीमा छन् । कति किसानहरूले मकैसमेत रोप्न पाएका छैन । जेठमा आएको झरीले किसानलाई केही राहत दिए पनि कृषिका लागि आवश्यक मल नहुँदा किसान खेतीपातीमा जम्न सकेका छैनन् । खेतको सुरूवातीमा मल प्रयोग गरेर खेती गरे राम्रो उत्पादन हने विश्वास रहन्छ । तर किसानहरूले त्यो वातावरण पाउन सकेका छैनन् । खेती सपार्नको लागि युरिया मलको अहिले आवश्यक छ । तर किसानले सहजै मल पाउन सकेका छैनन् । स्थानीयस्तरबाट त्यसको पहलकदमी समेत हुन सकेको देखिदैन । दाङमा तुलसीपुर र देउखुरी क्षेत्रमा बढी मल खपत हुने तथा अभाव पनि बढी यहि क्षेत्रका किसानले भोग्ने गरेका छन् ।

नेपाल कृषि प्रधान देश हो । सरकारले पनि कृषिलाई केही प्राथमिकतामा राखेको नारामा देखिन्छ । तर व्यवहारमा कमै मात्र पूरा भएका छन् । मल आपूर्तिको विषयमा पनि तीनवटै तहको सरकार गम्भीर हुनुपर्छ । देशका नागरिक कृषि पेशामा निर्भर देखिन्छन् । दाङ पनि कृषि उत्पादनको हिसाबले महत्वपूर्ण जिल्ला हो । यो अवस्थामा कृषकका लागि आवश्यक मलको व्यवस्था गर्नुपर्छ । यस वर्ष मल अभाव हुन दिनु हुँदैन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here