Tuesday, April 30, 2024
Homeफिचरकोरोना प्रभावित योजना कार्यान्वयन

कोरोना प्रभावित योजना कार्यान्वयन

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, १३ साउन । प्रदेश सरकारहरूले कोरोना प्रभावितका लागि बजेटमा गरिएको व्यवस्था कार्यान्वयनका लागि प्रक्रिया सुरू गरिएको छ । चालु आर्थिक वर्ष ०७८/७९ मा ल्याइएको बजेटमा कोरोना प्रभावित व्यक्ति, व्यवसायी, उद्योगीका लागि सातै प्रदेशले विशेष कार्यक्रमको घोषणा गरेका थिए ।

लुम्बिनी प्रदेशले भने कोरोना प्रभावितका लागि कोभिड कृषि कार्यक्रम चलाउने तयारी गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले कोरोनाको तेस्रो लहरबाट जोगिनका लागि कैलाली र कञ्चनपुरमा दुईवटा होल्डिङ सेन्टर अर्थात् भारत–लगयतका विभिन्न मुलुकबाट आएकाहरूलाई केही दिन निगरानीमा राख्ने संरचना बनाइरहेको छ ।

यस्तै किसान, युवा, महिलाका लागि कार्यक्रम ल्याइएको कार्यक्रम सञ्चालनको तयारी गरेको सामाजिक विकास मन्त्री लालबहादुर खड्काले जानकारी दिए । कर्णाली प्रदेशले भने उद्योगी, व्यवसायीको सुझाव अनुसार कार्यक्रम कार्यान्वयनदेखि सर्वसाधारण नागरिकलाई मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालनको तयारी गरेको आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here