Tuesday, April 30, 2024
Homebreaking-newsजेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

- Advertisement -spot_img

घोराही, २४ फागुन । घोराही उपमहानगरकापालिकाका जेष्ठ नागरिकहरुको दीर्घायुको कामना गरेको छ । ज्येष्ठ नागरिकहरुको सम्मान गर्दै दीघार्युको कामना गरेको हो ।
घोराही उपमहानगरपालिकाका २० जना ज्येष्ठ नागरिकहरुलाई दीघार्युको कामना गर्दै सम्मान गरिएको थियो । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, उपप्रमुख सीता सिंग्देल न्यौपाने, प्रशासकीय अधिकृत ऋषि केसी, सम्बन्धित वडा अध्यक्षहरुले सम्मान पत्रसहित सम्मान गरेका थिए ।
११०औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा जेष्ठ नागरिकहरु सम्मान कार्यक्रमको आयोजना गरेर सम्मान गरेको हो । जेष्ठ नागरिकहरुलाई सम्मान पत्र सहित, पौष्टिक खाना, नगदले सम्मान गरेको थियो ।
घोराही उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाको आयोजनामा घोराही नगरका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो ।
घोराही उपमहानगरपालिका वडा नं. १ बाट वर्ष ८६ का बमबहादुर पौडेल, वडा नं. २ बाट वर्ष ७६ का चन्दा आचार्य, ३ बाट वर्ष १०७ का गंगाराम चौधरी, ४ बाट ८८ वर्षका भेगुराम खडका, ५ बाट ७६ वर्षका भागीराम डाँगी, ६ बाट ७० वर्षका विष्णुप्रसाद पाण्डे, ७ बाट ६७ वर्षका बेझलाल चौधरी, ८ बाट ६९ वर्षका रेशमबहादुर बस्नेतलाई सम्मान गरिएको थियो ।
त्यसैगरी वडा नं. ९ का ७० वर्षका अमरबहादुर डाँगी, १० बाट ७९ वर्षका लालकुमारी वली, ११ बाट वर्ष ७२ का लक्ष्मण पुन, १२ बाट ९८ वर्षका सुन्तली दमाई, १३ बाट ७१ वर्षका फल्कु गिरी, १४ बाट ८४ वर्षका कुलवीर चौधरी, १५ बाट ७२ वर्षका टोपाराम अधिकारी,
१६ बाट ८४ वर्षका वैजयान्ती चौधरी, १७ बाट वोधिराम पुन, १८ बाट ७६ वर्षका जिने दमाई, १९ बाट पुनाराम रावतलाई सम्मान गरिएको थियो ।

त्यसैगरी जेष्ठ नागरिक दिवा केन्द्रबाट मेगा अधिकारीलाई सम्मान गरिएको थियो । कार्यक्रममा घोराही उपमहानगरापलिकाका प्रशासकीय अधिकृत ऋषि केसीले सरकारले कानुनीरुपमा जेष्ठ नागरिकहरुलाई सम्मानका कार्यक्रमहरु गरिरहेको बताएका थिए ।
‘सरकारले गर्नुपर्ने सम्मान सहयोग गरिरहेको छ’ कार्यक्रममा उनले भने ‘अब व्यवस्थापन गर्नुपर्ने काम परिवारको हो ।’ घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख सीता सिंग्देल न्यौपाने, जेष्ठ नागरिक दिवा सेवा केन्द्रका सचिव पदम शर्मा लगायतले बोलेका थिए ।
कार्यक्रमको सहजीकरण घोराही उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाकी प्रमुख मोती विश्वकर्माले गरेकी थिईन् । जेष्ठ नागरिकहरुको सवालमा घोराही उपमहानगरपालिकाले विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
केही दिन पहिले घोराही उपमहानगरपालिकाले एक सयजनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गरेको गरेको थियो ।
उपमहानगरपालिकाको आर्थिक सहयोग तथा राप्ती आँखा अस्पतालको प्राविधिक सहयोगमा नगरका एक सयजनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिएको थियो ।
मोतियाविन्दुका कारण दृष्टि कमजोर भएका तर आर्थिक समस्या भएकाहरुलाई उपमहानगरले नेपाल नेत्रज्योति संघ तथा राप्ती आँखा अस्पतालसँग साझेदारी गरी शल्यक्रिया गरिएको राप्ती आँखा अस्पतालका नेत्र अधिकृत शालिकराम गौतमले जानकारी दिएका थिए ।
घोराही उपमहानगरपालिकाका विभिन्न वडाका ४५ जना पुरुष र ५५ जना महिलाको मोतियाविन्दुको शल्यक्रिया गरिएको हो । त्यसैबीच निःशुल्क शल्यक्रिया गरिएका बिरामीहरुलाई चश्मा र औषधीसमेत वितरण गरिएको थियो ।
नेपाल नेत्रज्योति संघ दाङका सचिव सुरेन्द्रबहादुर खड्का, चिफ मेडिकल डाइरेक्टर डा शुलक्ष्मी कटुवाल, अस्पतालका प्रशासक किरण पौडेल, नेत्ररोग विशेषज्ञ डा कौशल पोख्रेललगायतले चश्मा तथा औषधी वितरण गरेका थिए ।
त्यसैगरी घोराही उपमहानगरपालिकाले प्रत्येक वडामा जेष्ठ नागरिक दिवा केन्द्र स्थापना गर्ने योजना बनाएको ।
जेष्ठ नागरिकहरुको सम्मानमा विभिन्न कार्यक्रमको आयोजना गरी पौष्टिक आहारसहित सम्मान गर्ने गरेको छ भने घोराहीका प्रमुख नरुलाल चौधरी समेत आफै जेष्ठ नागरिहरुको घरमा पुगेर स्वास्थ्य अवस्थाका बारेमा बुझ्ने गरेका छन् । घोराही उपमहानगरले घरमै स्वास्थ्य सेवाको सुविधा पनि प्रदान गर्दै आएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here