Monday, April 29, 2024
Homeफिचरकेरा किसानको पीडा

केरा किसानको पीडा

- Advertisement -spot_img

कृषि कार्यालय, कृषिका प्राविधिकहरूले नै सिफारिस गरेर रोपिएका केराका बोट सुक्ने रोग देखिएको छ । व्यवसायीक रूपमा गएिको केरा त्यसमा पनि पसाउन सुरू भएको अवस्थामा रोग देखिनु पनि यहाँका किसानहरू चिन्तित भएका छन ।
परम्परागत खेती छोडेर व्यवसायीक केरा खेतीमा लागेका दाङ पवननगरका किसानहरूलाई अप्रत्यासित रूपमा केरामा देखिएको रोगले चिन्तित बनाएको हो । एक हप्तादेखि पसाएका केराका सबै बोटमा रोग देखिएको छ । पसाएका केराहरू सुक्ने र बोट नै ढल्ने गरेका छन् ।
मकै तोरी, गहँु खेती गर्दै आएका यहाँका किसानहरूले गत वर्षदेखि नै व्यवसायीक केरा खेती सुरू गरेका थिए । तुलसीपुर उपमहानगरपालिका वडा नं. १ पवननगर भमके मनकामना टोलका स्थानीयहरूले गरेको केरा खेतीमा अहिले बोट सुक्ने रोग देखिएको हो । व्यवसायीक केरा खेतीमा त्यो पनि उत्पादन लिने बेला देखिएको रोगका कारण किसानहरू मर्कामा परेका हुन् ।
सरकारी अनुदानमा दिइएका केराका विरूवामा अहिले केरा पसाउँदै गर्दा रोगको महामारी देखिएपछि किसानहरू चिन्तामा समेत परेको वडा सदस्य राधा न्यौपानेले बताइन् ।
व्यवसायीक केरा खेती गरेका किसानहरूले राज्यले क्षतिपूर्तिको व्यवस्थान गर्नुपर्ने बताएका छन् । उनीहरूले सरकारले नै सिफारिस गरेर लगाएको केरामा फल खाने बेला देखिएको रोगको जिम्मा सरकारले र प्राविधिकले लिनुपर्ने किसान दधिराम भण्डारीले बताए ।
पवननगर क्षेत्रमा १२ जनाले झण्डै चार विगाह क्षेत्रफलमा व्यवसायीक केरा खेती गरिरहेका छन् । एक वर्ष अघि लगाइएको केरा पसाउन थालेपछि त्यसमा रोग देखिएको उनले बताए ।

बाहिर हेर्दा राम्रो बोट देखिने र भित्र–भित्रै कुहिने गर्दा पसाएको एउटा केराको बोट पनि राम्रो नरहेको उनले बताए । यो समस्याले किसानहरू मारमा परेको व्यवसायीक केरा खेती गरेकी रिमा भण्डारी बताउँछिन् । उनले सबैभन्दा पहिले आफ्नो बारीमा यो समस्या देखिएको र एक हप्ताको अवधीमा सबै पसाएको केरा रोगका कारण सखाप भएको बताईन् ।
रोगका कारण झण्डै दुई सय केराका बोट नष्ट भएको उनले बताइन् । कृषि प्राविधिकहरूले केराको नक्कली बीउ परेको कारण बोटमा महामारी लागेको बताएको उनको भनाइ छ ।
हामीलो कृषिले ने नक्कली बीउ दिएको भनेको केरा नभएर एउटै बारीमा ८/१० थरी देखिएको उनले बताइन् । जनतालाई प्रत्यक्ष लाभ दिने गरी नगरले केरा खेतीमा प्रोत्साहन गरेको भए पनि अनुदानमा दिइएको विरूवा कमसल हुँदा किसानले दुःख पाएको तुलसीपुर उपमहानगरपालिका–१ का वडा सदस्य राधिका न्यौपानेले बताईन् ।
विगतका वर्षहरूमा यसक्षेत्रमा अरू खेतीमा पटक–पटक समस्या आउने गरेपछि केरा खेती सुरू भएको भए पनि त्या पनि रोगका कारण असफल भएको उनले बताइन् । यो क्षेत्रमा विगतमा माटोको समस्याका कारण अन्य बालीहरूमा पनि यस्तो समस्या आइरहेको थियो । त्यसपनि स्थानीय स्तरबाट माग भएपछि यहाँका किसानले नगरको अनुदानमा केरा खेती सुरू गरेको किसानहरूले बताएका छन् ।
गाउँमा भएको व्यवसायीक केरा खेतीमा समस्या देखिएपछि स्थानीय जनप्रतिनिधिहरूले पनि त्यसमा पहल थालेको न्यौपानेले बताइन् । व्यवसायिक किसानहरूको खेतीमा रोग देखिएपछि नगरको कार्यपालिकामा समेत छलफल गरेको र समाधान खोजिने प्रायास गरेको वडा अध्यक्ष लक्ष्मण भण्डारीले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here