Tuesday, April 30, 2024
Homeविचारमापसे चेकिङमा कडाइ

मापसे चेकिङमा कडाइ

- Advertisement -spot_img

नेपालीहरुको ठूला चाडपर्व दसैँ, तिहार घरआँगनमा भित्रिसकेको छ । बिगतका वर्षझैं यसवर्ष पनि दसँै र तिहार नजिकिएसँगै घरभन्दा टाढा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु घर फर्किने क्रम शुरु भइसकेको छ ।
वर्षौदेखि टाढा रहेका अर्थात् छरिएर रहेका मनहरु जोडिने क्रमसँगै खुशियाली पनि छाइसेकेको छ । बजारमा किनमेल गर्नेबाहेक अरु विभिन्न पेशा व्यवसायमा रहेका गाउँ जान थालेपछि विस्तारै सहर विस्तारै शुन्य अवस्थामा पुग्न थालिसकेको छ । गाउँमा आफन्त, साथीसङ्गी भेटघाट भएर रमाइलो गर्ने क्रम शुरु भएको छ । तर चाडपर्व नजिकिएसँगै सुरक्षाका चुनौतिहरु पनि छन् ।
चाडपर्वको समयमा चोरी, डकैती, लुटपाट, जुवातासलगायत विभिन्न प्रकृतिका घटना घट्ने गरेका छन् । चाडपर्वमा हुनसक्ने विभिन्न आवान्छित घटनालाई न्यूनीकरण गर्न सुरक्षा निकायसँगै नागरिक पनि चनाखो हुन आवश्यक छ । सरोकारवाला निकाय र नागरिकको साझा सहकार्यले मात्रै भव्य र सभ्य चाडपर्व बनाउन सकिन्छ ।
वर्ष दिनमा एकपटक आउने नेपालीका ठूला चाडपर्वलाई कसरी भव्य र सभ्य रुपमा मनाउन सकिन्छ ? विगतमा भएका घटनाबाट पाठ सिक्दै यसवर्ष सुरक्षित र सभ्य चाडपर्व बनाउनका लागि सुरक्षा योजना के कस्ता छन् ?
आकस्मिक हुनसक्ने दुर्घटनाबाट मानवीय तथा भौतिक क्षति कम गर्न कस्तो तयारी छ त ? लगायतका विषयमा जिल्लाका विभिन्न सरोकारवाला निकायका प्रमुखसँगको कुराकानीको सारसंरक्षेपलाई राउण्ड टेबलको आजको अंकमा समेट्ने प्रयास गरेका छौं । प्रस्तुत छ सारसंक्षेपमा गरिएको कुराकानी ।


प्रेमप्रसाद रेग्मी
प्रमुख
जिल्ला ट्राफिक कार्यालय, दाङ

दसैँ, तिहारमा विशेषगरी मादकपदार्थ सेवनकै कारण सवारी दुर्घटना हुने गरेको पाइएको छ । मादकपदार्थ सेवनलाई कमि ल्याउन सकियो भनेपनि दुर्घटनाको न्यूनीकरण गर्न सकिन्छ । त्यस्तै हेलमेटको प्रयोग नगर्ने गरेका कारण पनि दुर्घटनाबाट भौतिक एवं मानवीय क्षति हुने गरेको छ । सकेसम्म दुर्घटना नहोस् भन्नेमा हामीले व्यवस्थापनको पक्षलाई बलियो बनाउँदै चाडपर्व सुरक्षित बनाउने प्रयासमा छौँ ।
अहिले यात्रुहरुको चापलाई मध्यनजर गरी यात्रु सहायता कक्ष पनि स्थापना गरेका छौँ । यात्रुहरुलाई कुनै पनि समस्या परेमा यात्रु सहायता कक्षमा आएर समस्या समाधान गर्न सकिन्छ । बसहरुमा हुनसक्ने पाकेटमार, लुटपाटलगायतका घटना रोक्नका लागि सिभिलमा प्रहरी परिचालन पनि गरिएको छ । घटनाका दोषी कोहिलाई पनि उम्कन नपाउने गरी कारबाही गर्नेछौँ ।
सवारी साधन जाँचमा पनि कडाई गरेका छौँ । सडकका ठाउँ–ठाउँमा सवारी जाँचको व्यवस्था गरी यात्रुलाई सुरक्षित रुपमा गन्तव्यमा पु¥याउने छौँ । हामीले यातायात व्यवसायीलाई पनि जिम्मेवार बन्न आग्रह गरेका छौँ ।

दुर्घटना न्यूनीकरणको उत्तम उपाय भनेकै मापसे जाँचमा कडाई नै हो भनेर हामीले सवारीका चालकलाई जाँचमा कडाई गरेका छौँ । ट्राफिक नियमको पालना गरी सवारी चलाउन अनुरोध पनि छ ।


सवारी साधनमा कोहि पनि यात्रु चढिकसेपछि सुरक्षित रुपमा गन्तव्यमा पुग्नुपर्छ भन्ने हाम्रो भनाइ हो । सवारी जाँचमा दिउँसोको तुलनामा रातिमा झनै बढी छ । किनभने रातिमा विभिन्न आवान्छित घटना घटाउनका लागि सवारी साधनको प्रयोग हुन्छ ।
यसलाई पनि मध्यनजर गर्दै रातिको सवारी जाँच गत वर्षभन्दा झनै मजबुत छ । चाडपर्वको समयमा मापसे गरेर सवारी चालउने बढी पाइन्छ । जसले गर्दा दुर्घटना घटिरहेको हुन्छ ।
दुर्घटना न्यूनीकरणको उत्तम उपाय भनेकै मापसे जाँचमा कडाई नै हो भनेर हामीले सवारीका चालकलाई जाँचमा कडाई गरेका छौँ । ट्राफिक नियमको पालना गरी सवारी चलाउन अनुरोध पनि छ । कुनै पनि सवारी साधन चलाउँदा तिब्र गतिमा नचलाउनुहोस् ।
जसले गर्दा पनि सुरक्षित गन्तव्यमा पुग्न पाइयोस् । चाडपर्वलाई सभ्य र सुरक्षित बनाउने भनेको हामी आफै स्वयम् पनि लाग्नुपर्छ । चालकले यात्रुलाई गन्तव्यमा सुरक्षित कसरी पठाउने भन्ने बढी जिम्मेवार हुनुपर्छ र मात्रै यात्रु सुरक्षित गन्तव्यमा पुग्न सक्छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here