Tuesday, April 30, 2024
Homeमुख्य खबरडेंगु भगाउन पाँच लाखको औषधी

डेंगु भगाउन पाँच लाखको औषधी

- Advertisement -spot_img

घोराही, ३१ भदौ । पछिल्लो समय बढ्दै गएको डेंगु संक्रमण नियन्त्रणका लागि विषादी खरिद गरिएको छ । डेंगु रोगको संक्रमण बढ्दै गएपछि सचेतनाको अभियान चलाएको घोराही उपमहानगरले ५ लाख रुपैयाँ बराबरको औषधी ल्याएको छ ।
लामखुट्टेको टोकाईबाट सर्ने डेंगुसहित अन्य रोग नियन्त्रणका लागि ५ लाख रुपैयाँको औषधी ल्याईएको उपमहानगरको स्वास्थ्य शाखाले जनाएको छ ।
लामखुट्टे नियन्त्रणका लागि स्प्रेमार्फत पाउडर पानीमा घोलेर छर्ने गरी तयारी भएको स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले जानकारी दिए । घर वरिपरी झाडी र पानी जमेका ठाउँहरुमा उक्त विषादी छर्ने गरी तयारी भईरहेको उनले बताए ।
स्वास्थ्य मन्त्रालय महामारी रोग नियन्त्रण महाशाखाको सहयोगमा उपमहानगरले मेडिकल स्टोर पथलैया बारामा पुगेर उक्त औषधी ल्याएको हो । आवश्यक पर्ने सम्पूर्ण पूर्व तयारी भईसकेपछि एक÷दुई दिनमै औषधि छर्ने घर्तीले बताए ।
डेंगु रोग नियन्त्रणका लागि मुख्यगरी लामखुट्टेको टोकाईबाट बच्ने र लामखुट्टेको बासस्थान पानी भएकाले पानी जम्मा हुन नदिने गरी नागरिकहरुलाई सचेतना अपनाउन विभिन्न कार्यक्रम र सञ्चार माध्यमबाट सचेत पार्दै आएको छ । जिल्लामा मंगलबारसम्म मात्रै ६९ जनामा डेंगु संक्रमण भेटिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here