Tuesday, April 30, 2024
Homeसमाजजन्मदिनमा सहयोगको घोषणा

जन्मदिनमा सहयोगको घोषणा

- Advertisement -spot_img

घोराही, ५ असार । दाङ देउखुरी ईट्टा व्यवसायी संघका अध्यक्ष रोम वलीले आफ्नो जन्मदिनको अवसरमा पाँच लाख बराबरको सहयोग गर्ने घोषणा गरेका छन् ।
घोराहीमा रहेको नेपाल परिवार नियोजन संघमा बिरामी तथा सेवाग्राहीका लागि पर्याप्त र उपयुक्त प्रतिक्षालय नभएका समाचार थाहा पाएपछि उनले संघमा सेवा लिन आउने सेवाग्राहीको सुविधाका लागि परिसरमा करिब २ सय अट्ने प्रतिक्षालय बनाउने घोषणा गरेका हुन् ।
संघको परिसरमा आयोजित पत्रकार सम्मेलनमा संघ र वलीबीच पाँचबुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आफ्नो स्वर्गीय बुवा दलबहादुर वली र आमा गोमा वलीको सम्मानमा उक्त प्रतिक्षालय ढिलोमा असार मसान्तबाट बनाउन शुरु गरी साउनमा हस्तान्तरण गरिने सम्झौतामा उल्लेख छ ।
संघका सभापति तीर्थराज सन्तोषी र रोम वलीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सामाजिक सेवाभावसहित विभिन्न रचनात्मक काममा खटिनु हुने व्यवसायी वलीले यसअघि पनि विभिन्न ठाउँमा पुगेर आर्थिक सहयोग गर्दै आएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here