Wednesday, May 1, 2024
Homeमुख्य खबरतरुण दलद्वारा ज्ञापनपत्र

तरुण दलद्वारा ज्ञापनपत्र

- Advertisement -spot_img

घोराही, १६ बैशाख । नेपाल तरुण दल दाङले सरकारसँग विभिन्न माग राखेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । जिल्ला प्रशासन कार्यालय दाङमार्फत प्रधानमन्त्रीलाई विभिन्न मागहरु सहितको ज्ञापनपत्र पठाएको पठाएको हो ।
निर्मला पन्तको बलात्कारपछि हत्या भएकोे १० महिना बितिसक्दा पनि दोषीलाई कारबाही गर्न नसकेको भन्दै दोषीलाई कारबाही गरी पन्तको परिवारलाई न्याय दिन माग गरिएको छ ।
त्यसैगरी वर्तमान सरकारका सबै तह र तप्कामा भ्रष्टाचार मौलाउँदा जनताले सास्ती भोग्नु परेकाले भ्रष्टाचार अन्त्य गरी राष्ट्रलाई शुन्य भ्रष्टाचारमा ल्याई जनताको दैनिक जीवनलाई सहज र सरल बनाउन पनि ज्ञापनपत्रमार्फत माग गरिएको छ ।
यस्तै वायुसेवा निगममा वाईडबडी जहाज खरिदमा भएको अरबौको भ्रष्टाचारको विषयमा निष्पक्ष छानबीन गरी दोषीलाई कारबाही गर्न, एनसेलले बुझाउनुपर्ने ७० अर्ब रुपैयाँ कर असुल गर्न नसकेको भन्दै कर तत्काल असुल गर्न पनि तरुण दलले प्रधानमन्त्रीसँग माग गरेको छ ।
यसैगरी राजधानीमा मेलम्चीको पानी खाने सपना हालसम्म सपनामात्र भएकाले मेलम्ची खानेपानी विस्तारको काम जिम्मेवार र भ्रष्टाचाररहित रुपमा गर्नुपर्ने माग गरेको छ ।
देशका सार्वजनिक एवं सरकारी जमिनहरुको संरक्षण गर्न सरकारसँग माग गर्दै जनताको साझा सम्पत्ति सरकारको संरक्षणमा विभिन्न व्यक्तिहरुको नाममा हस्तान्तरण गरिएकोप्रति घोरनिन्दा र भत्र्सना गर्दै बालुवाटारको जग्गा काण्डमा संलग्न नेकपामा महासचिव विष्णु पौडेललगायत उक्त काण्डमा संलग्न सम्पूर्णलाई हदैसम्मको कारबाही गर्न तरुण दलले ज्ञापनपत्रमार्फत प्रधानमन्त्रीसँग जोडदार माग गरेको छ ।
ज्ञापनपत्र नेपाल तरुण दल दाङका अध्यक्ष टिका घर्तीले प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाललाई बुझाएका थिए । नेपाली काँग्रेस पार्टी कार्यालयबाट सरकारविरुद्ध चर्को नाराबाजीसहित जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले जिल्ला प्रशासन कार्यालय अगाडि पनि सरकार विरोधी नाराबाजी गरेको थियो ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेपाली काँग्रेसका नेता, तरुण दल, नेविसंघ, महिला संघलगायत विभिन्न भातृ संघसंगठनका नेतृत्वको सहभागिता रहेको थियो । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले ज्ञापनपत्र सम्बन्धित क्षेत्रमा पठाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here