Tuesday, April 30, 2024
Homeमुख्य खबरयोजनाहरुको अनुगमन

योजनाहरुको अनुगमन

- Advertisement -spot_img

गढवा, २५ चैत । गढवा गाउँपालिकाले आइतबार विभिन्न वडाहरुमा निर्माण सम्पन्न भएका गाउँपालिका र वडास्तरका विकास योजनाहरुको अनुगमन गरेको संयोजक शान्ति चौधरीले जानकारी दिएकी छन् । जस अनुसार गढवा–६ को दुर्गम वस्ती खबरीखुटीमा खानेपानी आयोजनाका लागि खबरीको भालुखोलामा निर्माण भएको मुहान इन्टेक ट्याङ्कीको अनुगमन गरिएको छ ।
]यसैगरी खबरी जाने बाटोमा ४ लाख ५० हजारको लागतमा निर्माण भएको कल्भर्टको पनि टोलीले अनुगमन गरेको छ भने १० लाखको बजेटमा निर्माण सम्पन्न भएको स्वास्थ्य चौकीदेखि बुद्धज्योती हुँदै कक्रहवा खोलासम्म बाटो ग्राभेल, गोबरडिहा चोकदेखि उत्तर गाउँमा जाने बाटो ग्राभेल, विभिन्न वडाहरुमा निर्माण भएका बंगुर, गाई, भैसी र बाख्राका खोरहरुको पनि अनुगमन निरीक्षण गरिएको सवइन्जिनियर चन्द्रप्रकाश ओलीले बताए ।
टोलीले गढवा गाउँपालिका वडा नम्बर १ धानखोलामा निर्माणधिन खानेपानी मुहानको इण्टेक, तल्लो धानखोला र चिसापानी क्षेत्रमा निर्माण भएका तीनवटा पक्की कुलोहरुको समेत अनुगमन गरेको बताएको छ ।
अनुगमन टोलीमा गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ति चौधरी, प्रमुख प्रशासकीय अधिकृत नोखीराम ओली, सवइन्जिनियर चन्द्रप्रकाश ओली, प्राविधिक दिनेश चौधरी र प्रेस संयोजक शिवराज पन्थीलगायतको उपस्थिति रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here