Tuesday, April 30, 2024
Homeमुख्य खबरलाहुरे बन्न चाहनेका लागि फ्रि सेमिनार

लाहुरे बन्न चाहनेका लागि फ्रि सेमिनार

- Advertisement -spot_img

घोराही, २ चैत । लाहुरे बन्न चाहने युवायुवतीहरुका लागि आज घोराहीमा फ्रि सेमिनार हुनेभएको छ । सल्युट गोर्खा ट्रेनिङ सेन्टर प्रालिको आयोजनामा घोराहीको कर्मचारी मिलन केन्द्रमा गोर्खा लाहुरे सम्बन्धी जानकारी तथा मोर्टिभेसन कार्यक्रम हुन थालेको हो ।
मोटिभेस्नलका साथै ब्रिटिस आर्मी, सिंगापुर पुलिस र इण्डियन आर्मी भर्तीसम्बन्धी सूचनामूलक कार्यक्रम गर्न थालेको सल्युट गोर्खा ट्रेनिङ सेन्टर प्रालि क्षेत्रीय कार्यालय घोराहीका निर्देशक बालकृष्ण रावलले जानकारी दिए ।
शनिबार बिहान १० बजेदेखि सुरु हुने सेमिनार सहभागी हुन इच्छुक युवायुवतीलाई आग्रह गरिएको छ । विदेशी लाहुरे बन्न चाहनेहरुको लागि यो कार्यक्रम महङ्खवपूर्ण हुने भएकाले सहभागी हुन सल्युट गोर्खा ट्रेनिङ सेन्टरका केन्द्रीय निर्देशक राहुल पाण्डेयले जानकारी दिए ।
सेमिनारमा गोर्खा भर्तीसम्बन्धी जानकारीका साथै नयाँ पुस्तालाई आफ्नो जीवन कसरी सफल बनाउन सकिन्छ ? भन्ने विषयमा मोटिभेसनको कार्यक्रम समेत रहेको उनले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here