Tuesday, April 30, 2024
Homeसाहित्यएकल छन्दकी भवानी

एकल छन्दकी भवानी

- Advertisement -spot_img

साहित्य कला र भावनाले जागृत भई कलम चलाउने मात्र नभई जीवनलाई अमृतमय बनाउने रस पनि हो । जीवनका उतारचढाव, भोगाइ र संघर्षलाई अनुभूति गर्दै रचनात्मक शैलीले प्रस्तुत हुन सबैलाई सम्भव छैन ।
तुलसीपुर क्षेत्रकै एकमात्र छन्द कविताकी महिला साहित्यकार भवानी न्यौपाने (भावना) जसले जसले विसं २०६५ सालदेखि साहित्य क्षेत्रमा प्रवेश गरेकी हुन् । जीवनका संघर्षमय अनुभूतिहरुलाई कला, भाव श्रृङ्गार र रसद्वारा कलात्मकरुपले र्सिजनाद्वारा सजाउनु नै साहित्य भएको बताउने न्यौपाने देशव्यापी रुपमै चर्चामा आएकी छन् । उमेरले ३६ वर्ष पुगेकी उनी साहित्य क्षेत्रको उदाउँदो र उदाहरणीय व्यक्तिसमेत बन्न पुगेकी साहित्यकार हुन् । बुवा पवित्रराज न्यौपाने र आमा विमला न्यौपानेको कोखबाट विसं २०३९ साल भदौ ५ गते सल्यानमा जन्मिएकी हुन् । भवानी एक वर्षदेखि दाङको मिरौलीमा आफ्नो बाल्यवस्था एवं कक्षा ९ सम्मको अध्ययन गरेको बताउँछिन् । सल्यानको खलंगा माविबाट एसएलसी पास गरेकी उनले शारदा उच्च माविबाट प्लस टु पास गरेको जानकारी दिइन । पारिवारीक वातावरण र परिवारका सदस्यहरु समेत साहित्यप्रेमी भएका कारणले समेत यसको प्रभाव आफूमा पर्न गएको उनले बताइन् । हाल तुलसीपुरमा बसोबास गर्दै आएकी भवानी सेन्टर मावि तुलसीपुरमा शिक्षक पेशामा समेत आवद्ध रहेकी छन् ।
बाल्यकाल अवस्थामा परिवारमा जुन प्रकारको वातावरण मिल्यो । त्यसैले आफूलाई साहित्य क्षेत्रमा प्रवेश गर्ने उर्जा मिलेको उनको भनाइ छ । देशमा विभिन्न ठाउँमा हुने साहित्य भेला तथा कार्यक्रममा समेत आफूलाई आमन्त्रित गरी पुरस्कृत समेत गर्ने गरेको उनले जानकारी दिइन । विगत दश वर्षदेखि साहित्यीक यात्रालाई सुरुवात गरेपनि विगत पाँच वर्षदेखि क्रियाशील भएर लागेको उनले बताइन । देशभरीका महिला साहित्यकारको सूचिमा भवानी न्यौपानेको नामसमेत रहेको छ । पश्चिम दाङ मिरौलीमा आफ्नो बाल्यकाल बिताएकी न्यौपानेलाई आज नेपाललले गहनाको रुपमा लिँदा दङ्गालीले छुट्टै सम्मान पाएको छ । साहित्य क्षेत्र अंगाल्न सक्ने क्षमता सबैमा नहुने बताउँदै उनले आर्थिक भारलाई समेत खेप्न सक्ने आँट साहित्यकारहरुमा हुन आवश्यक रहेको जानकारी दिइन ्। सबै साहित्य सिर्जनादेखि लिएर आम पाठकको हातसम्म पु¥याउनका लागि निकै आर्थिक जोहो आफैले गर्नुपर्ने उनले बताईन । आफ्ना सिर्जना र कलालाई सबैको माझमा पु¥याउन स्वयम् आफैले खर्च गर्नुपर्ने भएपनि विभिन्न कार्यक्रममा समेत खाजा, यातायात तथा त्यहाँ पुगेर आउन्जेलसम्मको खर्चको व्यवस्था आफैले गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । सरकारले अन्य क्षेत्रलाई विभिन्न शीर्षकमा रकम छुट्याउँदा साहित्यकर्मीहरुलाई प्रोत्साहन स्वरुप कुनै पनि किसिकमा राहत प्रदान नगर्दा साहित्यकारहरुको उर्जामा धक्का लाग्ने उनले बताईन । विशेषगरी नेपाली भूमिलाई झल्काउने किसिमका छन्द कविता, गद्य गजलहरु लेख्ने दङ्गाली साहित्यकार भवानी वास्वतमै उर्जावान पात्रको रुपमा परीचित साहित्यकार हुन् ।
साहित्य क्षेत्रमा प्रवेश गरेपछि गजल, कविताहरु छन्द र गद्य शैलीमा लेख्ने गरेको उनको भनाई छ । नेपालमा छन्द कविता लेख्ने महिला साहित्यकार एकदमै कम रहेको उनले जानकारी दिईन । महिलाको संख्या कम यसमा पनि तुलसीपुर क्षेत्रमा छन्द कविता महिला साहित्यकारमा आफूमात्र भएको भवानीको भनाइ छ ।

विभिन्न स्थानहरुमा माया र हौसला प्राप्त गरेकी दङ्गाली श्रष्टा अहिले भवानीले अहिलेसम्म तीनवटा कृतिहरु बजारमा आईसकेको जानकारी दिइन । पहिलो भावनाका बिम्वहरुः जसमा तीन छन्द र एक सय १० वटा गद्य कविताहरु रहेका छन् । यस्तै दोस्रो भावना उद्भाष छन्द कविता कृति र तेस्रो भावनाका बहरवाटीका शास्त्रीयवद्ध गजल संग्रह गरी तीनवटा रहेको बताइन् । नेपालको सुदुरपूर्वदेखि सुदुरपश्चिमसम्म आफ्नो साहित्यले स्थान पाएको बताउँदै उनले आफूले साहित्यकर्मी भएर काम गरिरहदा माया हौसलाहरुको साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार एवं सम्मान समेत पाउन सफल भएको बताइन् । अन्तर्राष्ट्रिय साहित्य गौरव सम्मान र शान्तिदेवी स्मृति अन्तर्राष्ट्रिय सम्मानसमेत प्राप्त गरिसकेकी छन् । यस्तै राष्ट्रिय शिक्षा तथा साहित्य सम्मान २०७३ पनि प्राप्त गरेकी हुन् । साहित्य क्षेत्रमा प्रवेश गर्नदेखि लिएर टिकाउपनसम्म निकै चुनौतीपूर्ण यात्रा जोडिएको हुन्छ । आफूभित्र भएको कला र प्रतिभा देखाउनका लागि क्षमता हुँदा हुँदैपनि सामाजिक कारण, पारिवारीक कारणले समेत अवरोध पु¥याउने उनको अनुभव छ । अझ विवाहित महिलाहरुका लागि यो झनै चुनौतीपूर्ण रहेको उनको भनाइ छ । ‘कुनै साहित्यीक कार्यक्रमहरुमा समावेश हुनसमेत रोक्न खोज्ने, घरबाट बाहिर निस्कनका लागि समेत निकै समस्या हुन्छ, आर्थिक पक्षको त कुरै नगरौँ । ’ मेहनत खन्याउँदै भावना र कलाहरुलाई सिर्जनात्मक रुपले व्यक्त गर्न सिर्जनाका पहाड फोड्न आवश्यक भएको उनले जानकारी दिईन । यस्तै मस्तिष्कको समेत निकै लगानी लगाउनु पर्ने साहित्य क्षेत्र एकलौटी क्षेत्र जस्तै बनेको उनको भनाइ छ । जसले रचना गर्छ, जसले भावनालाई कलात्मक रुपले लेखेर प्रस्तुत गर्छ । उसैले मात्र यसलाई पछ्याउने तर अरुले यसलाई महत्व नदिने भएकाले साहित्यकारहरुका लागि मात्र साहित्य स्थापित भएको जस्तो अनुभूति आफूलाई हुने उनको भनाइ छ । यस क्षेत्रमा दीर्घजीवि भएर लाग्न सबैमा बाँच्न साहित्य क्षेत्रबाट सम्भव नभएकाले सरकारले साहित्यकारहरुलाई समेत प्राथमिकतामा राख्नुपर्ने उनले बताईन् । नव श्रष्टाहरुले साधना, यसको परिचय ग्रहण र निरन्तरता दिनुपर्ने प्रतिज्ञा लिएर मात्र यस क्षेत्रमा आउन अनुरोधसमेत गरिन् ।
यसैबीच देश तथा विदेशका विभिन्न स्थानहरुमा साहित्य सिर्जनाहरुलाई प्रस्तुत गरी गृह जिल्ला दाङ फर्कदा मन बहकिने उनको भनाइ छ । दाङले हुर्काएको चेलीलाई दाङले नै चिन्न नसक्नु दुर्भाग्य भएको उनको भनाइ छ । समाजले बुझेर, दाङबासीले साहित्यीक भावनालाई बुझ्न र चिनिदिन समेत उनले आग्रह गरिन । लेख लेखेर मात्र नभई समाजमा भएका भौतिक तथा अभौतिक वस्तुलाई समेत छुन सक्ने किसिमको परिचयात्मक तथा भावनात्मक कला हुनुपर्ने उनको भनाइ छ । हिमाल र चौरी, तिमी अल्पीउ शुन्य भो यो जवानी, बनाएछ रित्तो जवानी उसैले, यिनै देवदेवी पूजी नित्य बाँचु, स्वदेश वन्दना गरी म देश थालुला र दियौँ घात तिम्ले म रोई बसेकी शीर्षक रहेका गजल संग्रहहरु शास्त्रीय बहरवद्ध गजल एल्बममा समावेश भएको बताउँदै अब छिट्टै बजारमा आउने तयारीमा रहेको जानकारी दिईन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here