Saturday, April 27, 2024
Homeमुख्य खबर२५आंै जनयुद्ध दिवस

२५आंै जनयुद्ध दिवस

- Advertisement -spot_img

दाङ, २ फागुन । दाङलगायत देशभर विविध कार्यक्रम गरेर २५औँ जनयुद्ध दिवस मनाइएको छ । २०५२ फागुन १ गतेदेखि तत्कालीन नेकपा माओवादीले सुरू गरेको जनयुद्धको सम्झनामा कम्युनिष्ट पार्टीहरूले दिवस मनाएका हुन् ।
विविध कार्यक्रम गरी सत्ता पक्षीय तथा अन्य पार्टीले दिवस मनाएका हुन् । अन्तरक्रिया, छलफल, ¥याली तथा विरोधसभा गरेर कार्यक्रम गरेको उनीहरूले जनाएका छन् । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी देशका विभिन्न जिल्लामा औपचारिक कार्यक्रम गरेर दिवस मनाएको जनाएको छ ।
दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी नेकपा दाङले घोराहीमा गरेको कार्यक्रममा प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी सोनामले प्रदेश नम्बर ५ युद्धभूमि नभई शान्तिको प्रतिक रहेको बताए ।
प्रदेश ५ को रोल्पाबाट दशबर्षे जनयुद्धको बिजारोपण भएको उल्लेख गर्दै मन्त्री केसीले प्रदेश युद्धभूमि नभएर शान्तिको प्रतीकसमेत रहेको बताए । रोल्पाबाट सुरू भएको आन्दोलनले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको भन्दै मन्त्री केसीले जनयुद्धको जगमा राजतन्त्रको अन्त्य भएको उल्लेख गरे ।
संविधानसभाको निर्वाचन मार्फत् सबै जातिका आंशीक माग पूरा भएको बताउँदै मन्त्री केसीले सहिद तथा घाइते अपाङ्गहरूको योगदानले जनयुद्ध हँुदै जनआन्दोलनमार्फत् देशले मुहार परिवर्तन गरेको बताए ।
नेकपा दाङले घोराहीमा औपचारिक कार्यक्रमको आयोजना गरेर दिवस मनाएको छ । जिल्ला अध्यक्ष टीकाराम खड्काको अध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा सहभागी नेताहरूले जनयुद्धको बलमा देशमा गणतन्त्र स्थापना भएको बताएका थिए । कार्यक्रममा केन्द्रीय सदस्य निर्मल आचार्य, दामा शर्मा, इन्द्रजित थारू, हेमराज शर्मा, गंगा बेल्बासेले जनयुद्धको बलमा देशमा बहुमतको सरकार सञ्चालन भइरहेको बताएका थिए ।
उनीहरूले मुलुकको विकासका लागि सरकारले चालेको कदमलाई नागरिकले साथ दिनुपर्ने बताए । कार्यक्रममा जनसाँस्कृतिक महासंघका कलाकारहरूले साँस्कृतिक मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा जिल्लाका विभिन्न स्थानमा नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
यस्तै नेकपा माओवादी क्रान्तिकारीले पनि देशका विभिन्न स्थानमा रहेर दिवस मनाएको छ । त्यस्तै सरकारद्वारा प्रतिवन्धित नेत्रविक्रम चन्द नेतृत्वको समूहले पनि जनयुद्ध दिवस मनाएको जनाएको छ ।
नेकपा क्रान्तिकारी माओवादी दाङले पनि घोराहीमा जनयुद्ध दिवसका अवसरमा कार्यक्रम गरेको जनाएको छ । घोराहीमा विरोधसभा गरेर क्रान्तिकारी माओवादीले जनयुद्ध दिवस मनाएको हो ।
जनयुद्धका क्रममा सहिद बनेकाहरूको सपना पूरा हुन नसकेको भन्दै आफ्नो पार्टीले नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभार आफ्नो पार्टीको जिम्मेवारीमा रहेको बताएका थिए ।
कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य समीर केसी, जिल्ला अध्यक्ष ईश्वरी गैरेले लगायतले सरकारले जनयुद्धका सपना पूरा गर्न नसकेको बताए । कार्यक्रमको सहजीकरण जिल्ला सचिव तिलक विकले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here