Saturday, April 27, 2024
Homeफिचरपुरानो बेवास्ता, नयाँ जडानको तयारी

पुरानो बेवास्ता, नयाँ जडानको तयारी

- Advertisement -spot_img

तुलसीपुरमा २० स्थानमा सिसी क्यामरा…
तुलसीपुर, ६ असोज । तुलसीपुरमा नयाँ सिसी टिभी क्यामेरा जडान गरिने भएको छ । बजार क्षेत्रलाई सुरक्षित र व्यवस्थित वनाउनका लागि उपमहानगरले बजारका मुख्य चोक तथा सकडहरुमा नयाँ आधुनिक सिसीटिभी क्यामरा जडान गर्न लागेको हो ।
उपमहानगरपालिकाले करिव २५ लाखको लागतमा नयाँ सिसीटिभी क्यामरा जडान गर्न लागेको छ । नगरको सुरक्षा पहिलो चुनौती भएकाले यस क्षेत्रलाई सुरक्षित बनाउनका लागि सिसीटिभी क्यामरा जडान गर्न लागिएको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।
पाण्डेका अनुसार उपमहानगरले सिसीटिभी क्यामरा जडानका लागि छुट्याएको २५ लाख बजेटमा बजारका विभिन्न स्थानमा आधुनिक सिसिटिभी क्यामरा जडान गर्न लागिएको छ ।
बजार क्षेत्रका सम्पूर्ण स्थानहरुमा १ सय १ वटा नयाँ सिसीटिभी क्यामेरा जडान गर्नुपर्ने आवश्यक भएपनि तत्काल २० वटा मात्रै जडान गर्ने तयारीमा लागेको उनको भनाइ छ । ‘हामीलाई योजनाअन्तर्गत सम्पूर्ण क्यामरा जडान गर्नका लागि सवा १ करोड बजेट आवश्यक पर्छ, तर उपमहानगरमा पर्याप्त रकम छैन’, उनले भने ‘यसलाई पूरा गर्न संघ र प्रदेश सरकारसँग माग गरेका छौँ ।’
यस्तै क्यामरा जडानका लागि उपमहानगरपालिकाले टेण्डर प्रक्रियासमेत अगाडी बढाईसकेको प्रमुख प्रशासकीय अधिकृत आनन्द सारुले जानकारी दिए ।
तत्काल २० वटा मात्र क्यामरा जडान गर्न लागिएको भएपनि आवश्यक पर्ने व्याकअप भने १ सय १ वटा क्यामेराका लागि खरिद गरिसकेको अधिकृत सारुले बताए ।
उनका अनुसार अहिले क्यामराको व्याकअप र अप्टिकल फाइवर बिछ्याउने काम गर्ने तयारी भईरहेको छ । ‘हामी अहिले बजार क्षेत्रका मुख्य स्थानमा क्यामरा जडान गर्दैछौँ’ उनले भने ‘बजार क्षेत्रलाई पूरै समेट्ने गरी सिसी क्यामेरा जडानको काम अगाडि बढ्नेछ ।
क्यामरा जडान गर्नका लागि विभिन्न व्यक्ति तथा प्राविधिकहरुले जिम्मा दिईसकेको एक महिनाभित्रै पूर्णरुपमा सिसीटिभी क्यामरा सञ्चालन गरिने उनको भनाइ छ ।
तुलसीपुर ईलाका प्रहरी कार्यालयको समन्वय तथा सहकार्यमा निर्माण गरिएको गुरुयोजनालाई आगामी वर्षभित्रै पूरा गरिसक्ने नगरप्रमुख पाण्डेले बताए ।
‘एक वर्षभित्र नै पूरै बजारभरि सिसी क्यामरा हुनेछन् त्यसका लागि विभिन्न निकायसँग हामीले सहकार्य गर्नेछौँ’ नगरप्रमुख पाण्डेले भने ‘यो हाम्रो सुरक्षाको लागि मात्रै होइन, सम्पूर्ण नगरबासीहरुको सुरक्षाको लागि हो ।’
सुरक्षाकर्मीहरुसँगको साझेदारीमा उपमहानगरपालिकाले सिसीटिभी क्यामरा जडान गर्न लागेको भएपनि क्यामराको नियन्त्रण कक्ष भने ईलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिने प्रमुख पाण्डेले बताए । आवश्यकता अनुसार नियन्त्रण कक्ष उपमहानगरपालिकामा सारेर त्यसलाई व्यवस्थित बनाउन समेत सकिने उनको भनाइ छ ।

पुराना क्यामराको बेवास्ता

तुलसीपुर बजार क्षेत्रमा मुख्य चोक तथा सडकहरुमा जडान गरिएका सिसीटिभी क्यामराहरु मर्मत भएका छैनन् । बजारको शान्ति सुरक्षालाई मध्यनजर गर्दै आधुनिक सिसीटिभी क्यामेरा जडान हुने भएपछि पुराना क्यामरा मर्मत नगरिएको नगरप्रमुख पाण्डेले बताए ।
पुरानो प्रविधिमा सञ्चालन भएका क्यामराहरु सिस्टममा लैजान मर्मत गर्ने भन्दै उनले अहिले ति क्यामराहरु मर्मत गर्नुपर्ने आवश्यक नभएको बताए । पूरा क्यामरा मर्मत गर्नुभन्दा नयाँँ क्यामरा जडान गर्नु उचित ढानेर नयाँ जडानलाई प्राथमिकतामा राखिएको उनले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here