Thursday, April 25, 2024
Homeमुख्य खबरहाउस वाईरिङ तालिम

हाउस वाईरिङ तालिम

- Advertisement -spot_img

घोराही, २७ फागुन । घोराही उपमहानगरपालिका वडा नम्वर ७ को आयोजनामा आइतबारदेखि हाउस वाईरिङ तालिम सुरु भएको छ । वडाभित्र रहेका विपन्न युवालाई सिप सिकाइ आत्मनिर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको हो । वडाको चालु आर्थिक बर्ष ०७५÷७६ मा विनियोजित कार्यक्रमअन्तर्गत १५ जना युवालाई हाउस वाईरिङसम्बन्धी तालिम दिन थालिएको हो ।
यसैबीच तालिमको आइतबार एक कार्यक्रमका बीच वडा अध्यक्ष खोपीराम चौधरीले उद्घाटन गरेका छन् । दुई महिनासम्म चल्ने तालिममा हाउस वाइरिङका लागि आवश्यक सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिने वडा सचिव चन्द्रबहादुर केसीले जानकारी दिए । तालिमको सहजकर्तामा जुद्धबहादुर चौधरी रहेका छन् । तालिम उद्घाटन कार्यक्रमको सहजीकरण सामाजिक परिचालक बिमल योगीले गरेका थिए ।

मैनबत्ती तालिम

यसैबीच तुलीपुरमा १५ दिने मैनबत्ती तालिम सञ्चालन भएको छ । तुलसीपुर वडा नं. ५ मा रहेका महिलाहरुको आयआर्जनका तथा सीप विकास गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो । कामना कटाई सिलाईको आयोजना तथा वडा नं. ५ को आर्थिक सहयोगमा सञ्चालन गरिएको तालिमको आइतबार उद्घाटन गरिएको छ ।
कामना कटाई सिलाईकी सञ्चालक कल्पना शर्माको अध्यक्षता तथा वडा नं. ५ कि वडा सदस्य सावित्रा गुरुङको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो । महिलाहरुको आयआर्जनका लागि सञ्चालन गरिएको यो तालिम सबैका लागि सुनौलो अवसर भएको तालिमका सहभागीहरुले बताएका छन् । फागुन २६ गतेदेखि सञ्चालन भएको उक्त तालिम चैत्र १० गतेसम्म सञ्चालन हुने छ  । २० जना महिलाहरु सहभागी भएको उक्त तालिम उद्घाटन कार्यक्रमको सहजीकरण ध्रुव आचार्यले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here