Sunday, April 21, 2024
Homeफिचरस्मार्ट सिटीका प्रयोगविहीन क्यामरा

स्मार्ट सिटीका प्रयोगविहीन क्यामरा

- Advertisement -spot_img

तुलसीपुर, १३ साउन ।
सहरी क्षेत्रको सुरक्षामा सहयोग पुग्ने उद्देश्यले बजार क्षेत्रमा राखेका सिसी क्यामराहरु प्रयोगविहीन देखिएका छन् । तुलसीपुर उपमहानगरपालिकालाई सुरक्षित र अपराधमुक्त नगर बनाउने र स्मार्ट सिटीको परिकल्पना गरेका जनप्रतिनिधिहरुले बजार क्षेत्रमा जोडिएका सिसी क्यामरा सञ्चालनमा ल्याउनसमेत सकेका छैनन् ।
विगत दुईवर्षदेखि बजारका मुख्य चौकमा जोडिएर राखिएका तर प्रयोगमा ल्याउन नसकिएका सिसी क्यामराहरुले गिज्जाई रहेका छन् । तुलसीपुरमा शान्ति सुरक्षा कायम गर्ने भन्दै बजारका व्यस्त चौकहरुमा जडान गरिएका सिसी क्यामराहरु बिग्रेको दुई बर्षभन्दा बढी भईसक्यो । तर ति क्यामरा जनप्रतिनिधिहरुको कार्यकाल एक वर्ष पूरा हुँदासमेत बन्न सकिरहेका छैनन् । बजारमा हुने विभिन्न चोरी, सडक दुर्घटना तथा आपराधिक घटनाहरुलाई निगरानी गर्न भन्दै विभिन्न निकायबाट जडान गरिएका सिसी क्यामराको अवस्था कुन अवस्थामा छ भन्ने कुरासमेत अहिले सम्बन्धित निकायलाई अत्तोपत्तोसमेत छैन । जसले गर्दा तुलसीपुरमा पछिल्लो समय विभिन्न चोरीका घटनासँगै आपराधिक घटनाहरुसमेत बढेका छन् । सिसी क्यामराहरु बिग्रिएको लामो समय पुग्दासमेत त्यसको मर्मतको लागि चासो समेत छैन । तुलसीपुर बजारमा सुरक्षाका लागि भन्दै तुलसीपुर उपमहानगरपालिका, उद्योग वाणिज्य संघ, प्रहरी र तुलसीपुर क्षेत्रका विभिन्न बैंकहरुको समन्वय र सहकार्यमा क्यामराहरु जडान गरिएको थियो । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले तुलसीपुरमा पहिले जोडिएका सिसी क्यामरा काम लाग्ने अवस्थामा नरहेको र तत्काल उपमहानगरपालिकाले बजार क्षेत्रका विभिन्न स्थानमा सिसी क्यामरा जडान गर्ने र त्यसको लागि प्रहरीसँग छलफल भैसकेकोले तत्काल काम हुने बताए ।
जुन क्यामराहरुलाई ईलाका प्रहरी कार्यालयबाट निगरानी र कन्ट्रोलसमेत ईलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ । तर आज ईलाका प्रहरी कार्यालयले बजारमा जोडिएका कुनै पनि सिसी क्यामराहरुको निगरानी गर्न सकेको छैन । उसले हाल आफ्नो कार्यालयमा जोडिएको सिसी क्यामराको मात्र निगरानी गर्ने गरेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले विगत दुई÷तीन वर्ष यता बजारका मुख्य चौकमा जोडिएका सिसी क्यामराहरु काम नलाग्ने अवस्थामा पुगेको बताए । त्यसको मर्मत सम्भारसमेत हुन सकेको छैन जसले गर्दा बजारमा हुने विभिन्न चोरी, डकैती तथा आपराधिक क्रियाकलापको निगरानी गर्न समस्या भएको छ । हामीले यो विषयमा सम्बन्धित निकायहरुलाई पनि जानकारी गराएका छौँ, आशा छ अब केही समयमै बिग्रेका सिसी क्यामराहरु मर्मत हुने र अन्य स्थानमा समेत सिसी क्यामरा जडान भएर नगरको शान्ति सुरक्षा चुस्तदुरुस्त राख्न थप मद्दत समेत पुग्ने छ सापकोटाले भने ।

नगरलाई सुरक्षित र अपराधमुक्त नगर बनाउने र स्मार्ट सिटीको परिकल्पना गरेका जनप्रतिनिधिहरुले बजार क्षेत्रमा जोडिएका सिसी क्यामरा सञ्चालनमा ल्याउनसमेत सकेका छैनन् । बजारमा हुने विभिन्न चोरी, सडक दुर्घटना तथा आपराधिक घटनाहरुलाई निगरानी गर्न भन्दै विभिन्न निकायबाट जडान गरिएका सिसी क्यामराको अवस्था कुन अवस्थामा छ भन्ने कुरासमेत अहिले सम्बन्धित निकायलाई अत्तोपत्तोसमेत छैन ।


उनले सिसी क्यामराहरु बिग्रेका कारण पछिल्लो समय तुलसीपुर क्षेत्रमा हुने विभिन्न चोरी र आपराधिक घटनाहरुको समेत निगरानी हुन नसक्दा थप सुरक्षा चुनौतीसमेत बढेर गएको बताए । बजारमा हुने विभिन्न चोरी, दुर्घटना र बजारको निगरानीका लागि जडान गरिएका क्यामराहरु बिग्रिएको लामो समय बितिसक्दा पनि मर्मत नहुँदा बजारमा सुरक्षा चुनौति थपिएको त छनै सँगै क्यामराहरुको व्यवस्थापन कसले गर्ने भन्ने एकीन नहुँदा पछिल्लो समय भएका सिसी क्यामराहरु बिग्रिएकै अवस्थामा दुइ वर्ष बितेको छ ।
व्यस्त चौकहरुमा जोडिएका त्यस्ता क्यामराहरु चारैतिर घुम्ने भएका कारण विभिन्न स्थानको निगरानी गर्न प्रहरीलाई सजिलोसमेत भएको थियो । बजारका मुख्य चौकहरुमा सिसी क्यामरा जडान भएसँगै बजारमा हुने विभिन्न चोरी र अपराधका घटनाहरुको अनुसन्धान गर्न प्रहरीलाई सजिलोसमेत थियो । तर अहिले नगरमा त्यस्तो अवस्था छैन । भएका क्यामराहरु समेत काम नलाग्ने अवस्थामा पुगेका छन् । बजार क्षेत्र दिनप्रतिदिन व्यस्त बनिरहदा समेत थप सिसी क्यामराहरु जोड्न सकिरहेको अवस्था छैन । जसले गर्दा जनप्रतिनिधिहरुले तुलसीपुरलाई अपराधमुक्त सुरक्षित सहर बनाउने कुरामा थप समस्या देखिएको छ । तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव रुपबहादुर खत्रीले तत्कालीन समयमा जोडिएका सबै सिसी क्यामराहरु काम नलाग्ने अवस्थामा पुगेको र बिग्रेका क्यामराहरुको मर्मत तुलसीपुर उपमहानगरपालिकाले गर्ने भन्ने भएको बताए । त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहले बिग्रेका क्यामराहरुको उपमहानगरपालिकाले मर्मत गर्ने र अन्य स्थानमा समेत त्यस्ता क्यामराहरु जडान गर्ने कुरा भएको बताए । वडामा हुने बजेटले काम गरौँ भने पनि अन्य क्षेत्रमा सबै अस्तव्यस्त छ कता काम गर्ने कता नगर्ने केही काम गर्न खोज्यो खुट्टा तान्ने प्रवृतिले साह्रै अप्ठेरो छ । आफूहरुले यो विषयमा उपमहानगरपलिकामा बारम्बार घच्घचाउने काम गरेपनि यो किन हुन सक्दैन बुझि नसक्नु भएको वडाध्यक्ष शाहले बताए ।


घोराहीको हालत पनि उस्तै

घोराही, १२ साउन ।
घोराही बजारमा करिब चार वर्ष अघि जोडिएका सिसी क्यामरा प्रयोगबिहीन अवस्थामा रहेका छन् । सडक निर्माणको क्रममा सिसी क्यामरा जडित तार चुडिएपछि मर्मत हुन नसक्दा सिसी क्यामरा प्रयोगविहीन अवस्थामा रहेका हुन् । बजारमा हुनसक्ने आपराधिक गतिविधि र दुर्घटनाको निगरानीका लागि जोडिएका सिसी क्यामरा प्रयोगबिहीन हुँदा आपराधिक गतिविधिको जोखिम बढ्दै गएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको पहलमा करिब १२ लाखको लगानीमा २०७१ सालमा बजारका सात ठाउँमा सिसी क्यामरा जडान गरिएको थियो । लाखौँ रकम खर्च गरेर बजारको शान्ति सुरक्षाका लागि जोडिएका सिसी क्यामरा प्रयोगविहीन अवस्थामा हुँदा सिसी क्यामराको लागि खर्च गरिएको रकम बालुवामा पानी भएको स्थानीय व्यवसायी ओमभक्त भण्डारीले बताए ।
उनले भने ‘सिसी क्यामरा जोडिएपछि चोरी, डकैती नियन्त्रण तथा अन्य आपराधिक गतिविधिमा कमि आएको थियो, तर अहिले ति सिसी क्यामरा सञ्चालनमा नआउँदा सुरक्षामा चुनौति थपिएको छ । बजारमा जोडिएका सिसी क्यामरा पटक–पटक बिग्रने गरेपनि ढिलो गरी मर्मत हुँदै आएको थियो तर पछिल्लो समय त झन लामो समयसम्म मर्मत हुन सकेको छैन्’ उनले भने ।

बजारमा हुनसक्ने आपराधिक गतिविधि र दुर्घटनाको निगरानीका लागि जोडिएका सिसी क्यामरा प्रयोगबिहीन हुँदा आपराधिक गतिविधिको जोखिम बढ्दै गएको छ ।


बजारका मुख्य सात स्थानमा राखिएका सिसी क्यामराको कन्ट्रोलर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । सिसी क्यामरामा आउने गतिविधि प्रहरीले हेर्ने जिम्मा पाएपनि पछिल्लो समय सिसी क्यामरा बिग्रिएका कारण बजारमा हुने विभिन्न आपराधिक गतिविधि निगरानी गर्न समस्या हुने गरेको एक प्रहरीले बताए । सिसी क्यामरा यसअघि पनि पटक–पटक बिग्रने गरेका थिए, यसपटक त झन सडकको अवस्था लथालिङ हुँदा क्यामरा मर्मत हुन सकेको छैन् दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले बताए । उनका अनुसार सिसी क्यामराको तार मर्मतका लागि करिब चार लाख बढी खर्च हुने देखिए पनि सडक निर्माणका बेला अलि बढी क्षति भएकाले खर्च बढ्न सक्ने भएको छ । उनका अनुसार सिसी क्यामराको कन्ट्रोलर एक ठाउँमा भएकाले पनि कुनै एक क्यामराको तार चुडिएमा सबै क्यामरामा समस्या आउने गर्छ । त्यसकारण पनि सबै क्यामरा प्रयोगमा आउन सकेका छैनन् ।
बजारमा निर्माणाधिन अवस्थामा रहेको सडकको अवस्थाका कारण सिसी क्यामरा मर्मतमा समस्या रहेको घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले बताए । सडक निर्माण सम्पन्न भएपछि तत्काल मर्मत गर्ने उनको भनाइ छ । सिसी क्यामरा सञ्चालनमा आउन नसक्दा बजारमा सुरक्षाको चुनौती बढेको भन्दै उनले सडक निर्माणपछि तत्काल सिसी क्यामरा जोडिने र आवश्यक ठाउँमा थप पनि गर्न सकिने बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here