Saturday, April 27, 2024
Homeफिचरस्थानीय कला संस्कृति संरक्षणमा जोड

स्थानीय कला संस्कृति संरक्षणमा जोड

- Advertisement -spot_img

मसुरीया (दाङ), १० मंसिर । स्थानीय कला, संस्कृति संरक्षणका लागि वडा नम्बर ७ को आयोजनामा तीनदिने बृहत साँस्कृतिक कार्यक्रम तथा कृषि प्रदर्शनीको रामघाटमा समापन गरिएको छ । बहुभाषा, बहु कला तथा बहुसंस्कृति रेहका नागरिकहरुको बसोवार रहेको वडा नम्बर ७ मा विभिन्न जातजातिको कला, संस्कृति संरक्षणका लागि वडागत रुपमा तीन दिनसम्म कार्यक्रमको आयोजना गरिएको थियो ।
वडा नम्बर ७ को रामघाटमा तीन दिनसम्म चलेको बृहत् साँस्कृतिक कार्यक्रम तथा कृषि प्रदर्शनीमा वडा नम्बर ७ को कला संस्कृति तथा कृषि उत्पादनलाई प्राथमिकतामा राखी आयोजना गरिएको वडा नम्बर ७ का अध्यक्ष विद्याशरण चौधरीले बताए । वडा नम्बर ७ को बड्का सिसहनिया, छुट्की सिसहनिया, जगपुर, अर्नाहनपुर, जितपुर र भानपुरका नागरिकले मान्दै आएको र संरक्षण गर्दै आएको परम्परागत नाच, झाकी, भैलो कार्यक्रममा प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा आफ्नो कला, संस्कृति संरक्षणका लागि गरिएको प्रतियोगितात्मक कार्यक्रममा बड्का सिसहनियाले प्रस्तुत गरेको बड्का नाच प्रथम हुन सफल भएको छ भने कृषि प्रदर्शनिमा अर्नाहनपुरका टमाटर खेती गर्ने कृषक उदयराम चौधरी प्रथम भएका छन् । कार्यक्रममा सात समूहले साँस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए । जसमा बड्का नाच, झुम्रा नाच, लाठी नाच, सोरठी नाच प्रदर्शन गरिएको थियो ।
वडा नम्बर ७ मा आयोजित बृहत साँस्कृतिक कार्यक्रम तथा कृषि प्रदर्शनीले स्थानीय कला संस्कृतिको संरक्षण गर्दै हाम्रा कला संस्कृति हेर्न, मनन गर्न, आत्मसात गर्दै देखाउनसमेत उत्कृष्ट रहेको सन्देश समापन कार्यक्रममा बोल्ने वक्ताहरुले बताए । समापन कार्यक्रम राप्ती गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष विद्याशरण चौधरीको अध्यक्षता, राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यता, उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको विशिष्ट आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको थियो ।
साथै कला संस्कृतिको संरक्षण गर्दै आयआर्जनसमेत गर्न सकिन्छ भन्ने उद्देश्यले स्थानीय भाषा, कला, संस्कृति, रहनसहन, खानाको प्रयोग गर्दै वडा नम्बर ६ मा होमस्टेसमेत सञ्चालन गर्ने तयारी भैरहेको छ । वडा नम्बर ६ मा होमस्टे यहि मंसिर ११ गते एक कार्यक्रमका बीच उद्घाटन गरिने कार्यक्रम रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here