Sunday, April 21, 2024
Homeफिचरस्थानीय उत्पादनको बजारीकरण

स्थानीय उत्पादनको बजारीकरण

- Advertisement -spot_img

घोराही, १३ माघ । ‘खाद्य सामाग्रीमा केही पनि उल्लेख नगरेर बेच्नु भएको छ, कसैले सामान जफत ग¥यो भने केही गुनासो भन्न पाउनु हुने छैन्’
घोराहीमा शुक्रबारदेखि शुरू भएको महोत्सवको अनुगमन गर्दै दाङ चेम्वर्स अफ कमर्सका पूर्वअध्यक्ष दिपक सुवेदीले स्टल सञ्चालकहरूलाई यसरी सम्झाउँदै थिए । सम्भव त महोत्सवमा अखाद्य, म्याद गुर्जेका, क्वालिटिका सामाग्री छन् वा छैनन् भनेर अनुगमन गरिएको सायद विरलै होला ।
स्टल सञ्चालकले खाद्य सामाग्रीहरूमा राखिने स्टिकर हतार– हतारमा सामान ल्याउँदा बिर्सिएको र केही समयमै सबै सामाग्रीमा स्टर राखिने जवाफ दिएका थिए ।
नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रवद्र्धन व्यापारिक एवम् कृषि आद्योगिक महोत्सव २०७६ आयोजक समितिले खाद्य सामाग्री, स्थानीयस्तरमा उत्पादन भएका सामाग्रीहरू र सही मूल्यलाई विशेष ध्यान दिएको छ ।
प्रायः महोत्सवमा कम क्वालिटीका सामानहरू सस्तोमा बिक्री गर्ने गरेको धेरै गुनासोहरू आउने गथ्र्यो तर तर यसपटकको महोत्सवमा स्थानीयस्तरमा उत्पादन भएका अचारदेखि कपडासम्म स्टलमा छन् ।
महोत्सवमा गुन्द्रुकका अचारदेखि विभिन्न च्याउ, त्यस्तै नयाँ–नयाँ परिकार, दालमोट, नमकीन, स्थानीयस्तरमै उत्पादन भएका महहरू स्टलमा राखिएको छ ।
त्यसैगरी दाङको चिनारी जो अल्लो धागोको कपडा, जुत्ता, चप्पल, पर्स, वालेटहरू राखिएको छ । सुपथ मूल्य अनि स्थानीयस्तरमै उत्पादन भएका सामाग्रीहरू किन्न पाउँदा निकै खुशी भएका थिए ।
विभिन्न महिला समूहका महिला उद्यमीहरूले बनाएका मिठा–मिठा परिकारका हेर्न तथा किन्नेहरूको भिड लागेको थियो ।
‘च्याउ र गुन्द्रुकबाट पनि नयाँ परिकार अचार बनाउन सकिदो रहेछ’ महोत्सव हेर्न आएकी एक गृहणीले दंग पर्दै भनिन ‘यो सम्बन्धी तालिम कहाँ पाउछ ?’ महोत्सवमा प्रदर्शनमा राखिएका स्थानीय स्तरका उत्पादन भएका वस्तुहरूले बजारीकरण लिन थालेको छ ।
महोत्सव हेर्न आउने दर्शकहरूले घरेलु वस्तुको उत्पादन कसरी गर्न सकिन्छ ? बजारीकरण कसरी हुन्छ ? अनि सिप सिक्नको लागि तालिम कहाँबाट प्राप्त लिन सकिन्छ भन्ने विषयमा उत्सुकता जनाएका थिए भने सम्बन्धित उद्यमीहरूको सम्पर्क नम्बरसमेत लगेका थिए ।
कोही भने महोत्सवमा प्रदर्शनमा राखिएका सामाग्रीहरू हेरेर व्यवसाय गर्नको लागि समन्वयका सल्लाह गरिरहेका थिए । त्यतिमात्रै होईन् महोत्सवमा स्थानीय कलाकारहरूले दर्शकहरूको मनसमेत जितेका थिए ।
जहिले महोत्सवमा भाडाका कलाकारहरू लिएर उच्छृंखल मच्याउने, असभ्य प्रस्तुत हुने कलाकारहरू यो पटक देखिएनन् । स्थानीय कलाकारहरूले दोहरीमार्फत राष्ट्रियता, सीमा मिचिएका, देश बेचिनबाट जोगाउने लगायतकता राष्ट्रप्रेमका गीतहरू प्रस्तुत गरेका थिए ।
त्यसो त महोत्सवमा केन्द्रीय कलाकारहरू नआएका होईनन् । तर स्थानीय कलाकारहरूले आफ्नो प्रतिभाहरू देखाउनको लागि बढी स्टेज पाएका छन् भने केन्द्रीय कलाकारहरूले पनि महोत्सवको माहोल तताएकै छन् ।
आइतबार महोत्सवमा युवाहरूको मन जित्न सफल चर्चित गायकहरू कमल खत्री, कृष्ण रेउलेलगायतका हास्यव्यंग्य कलाकारहरूले माहोल तताएका थिए भने महोत्सवलाई झनै आकर्षक बनाएका थिए ।
महोत्सवलाई फाइदासँग भन्दा पनि यहाँ उत्पादन भएका वस्तुहरूलाई बजारीकरण र प्रवद्र्धनसँग सरोकार भएको दाङ चेम्वर्स अफ कमर्सका निवर्तमान अध्यक्ष दिपक सुवेदीले बताए ।
‘कमर्सले पहिलो पटक महोत्सवको आयोजना गरेको छ, यहाँ उत्पादन भएका वस्तुहरू, संस्कृति पहिचानहरूलाई यही नै स्थापित गर्न हाम्रो उद्देश्य हो’ उनले भने ‘हाम्रो उद्देश्य सफल हुन्छ ।’
दाङ चेम्वर्स अफ कमर्सले नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रवद्र्धन व्यापारिक एवं कृषि औद्योगीक महोत्सव–२०७६ घोराहीमा भईरहेको छ ।
२२ गतेसम्म चल्ने महोत्सव महोत्सवमा २ सय ३० वटा विभिन्न व्यापारिक एवं सेवामूलक स्टलहरू निर्माण भएका छन् । महोत्सवमा स्थानीय उत्पादन, कला संस्कृति,
भेषभूषा, स्थानीय परिकार र कृषि उपजलाई प्राथमिकतामा राखिएको उनले बताए । घोराहीमा स्थानीय उत्पादनका स्टललाई १० प्रतिशत सहुलियतमा प्रदान गरेको छ ।
महोत्सवमा पाँच करोडको कारोबार हुने अपेक्षा गरिएको छ । चेम्बर अफ कमर्सका अध्यक्ष महराले १२ दिनमा पाँच करोड कारोबार तथा पाँच लाख दर्शकले महोत्सवको अवलोकलन गर्ने विश्वास गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here