Friday, April 26, 2024
Homeमुख्य खबरस्थानीयद्वारा शान्ति सुरक्षाको माग

स्थानीयद्वारा शान्ति सुरक्षाको माग

- Advertisement -spot_img

शान्तिनगर, ११ भदौ । पछिल्लो समय बजार क्षेत्रमा विभिन्न किसिमका घटनाहरु बढिरहको भन्दै पश्चिम दाङका स्थानीयले सम्बन्धित प्रशासनसँग नागरिकको सुरक्षा अनिवार्य हुुनुपर्ने माग राखेका छन् ।
बजार क्षेत्र अव्यवस्थित र असुरक्षित हुँदै गएको भन्दै उनीहरुले सम्बन्धित निकायलाई आफू सुरक्षित भएको महसुस गर्न पाउनुपर्ने बताएका हुन् । शान्तिनगर गाउँपालिकाका नागरिकहरुले आफ्नो क्षेत्रमा अपराधिक घटनाहरु बढ्दै गएको भन्दै प्रहरी प्रशासनसँग नागरिक सुरक्षाको माग राखेका छन् ।
बजार क्षेत्र व्यवस्थित र सुरक्षित बनाउने विषयमा भएको भेलामा उनीहरुले यस्तो बताएका हुन् । दाङ जिल्ला उद्योग वाणिज्य संघ शान्तिनगर शाखाका अध्यक्ष ज्ञानेन्द्रराज शर्माको अध्यक्षता एवं शान्तिनगर गाउँपालिका
वडा नम्बर ५ का वडा अध्यक्ष गिरिराज बस्नेतको प्रमुख आतिथ्यतामा भएको भेलामा सहभागी, स्थानीय व्यापारी, उद्योगी, व्यवसायीहरूले रगैजामा बजार विस्तार भएसँगै यस क्षेत्रको सुरक्षाका लागि अस्थायी प्रहरी विट स्थापना गर्नुपर्ने माग राखेका छन् ।
हरेक क्षेत्रका नागरिकहरु सुरक्षाको दायरामा बस्न पाउनुपर्ने भन्दै उनीहरुले प्रहरी विट स्थापना उद्योग वाणिज्य संघ, गाउँपालिका लगायतका सम्बन्धित निकायले आवश्यक कदम चाल्नुपर्ने बताए ।
उक्त भेलामा बोल्दै वडा अध्यक्ष गिरिराज बस्नेतले रगैजा बजार व्यवस्थापन गर्न सबै एकजुट हुनुपर्ने बताए । ‘भर्खरै विस्तार हुँदै गरेको पश्चिम दाङको केन्द्रविन्दु रगैजा बजारलाई सभ्य र भव्य बनाउन बनाउनुपर्छ’ उनले भने ‘यसका लागि हामीहरु लागि परिरहेका छौँ, तपाईहरुको पनि साथ र समन्वयको आवश्यक छ ।’
कार्यक्रमका प्रमुख अथितिसमेत रहेका वडा अध्यक्ष बस्नेतले गाउँपालिकामा रहेको उदाउँदो बजारलाई व्यवस्थित गर्नका लागि बजेट व्यवस्थापनसमेत गरिएको जानकारी दिए ।
अस्थायी प्रहरी विटदेखि पूर्वाधार व्यवस्थापनका लागि आवश्यक पर्ने विभिन्न शीर्षकका लागि बजेट व्यवस्थापन गरिएको उनले बताए । अस्थायी प्रहरी विट स्थापना गर्न आवश्यक सम्पूर्ण सामग्री वडाले व्यवस्थापन गर्ने बताउँदै उनले बजारमा जडान भएका सडक बत्ती व्यस्थापन र विद्युत महसुलको जिम्मासमेत वडाले लिने जानकारी दिए ।
सडक बत्ती व्यवस्थित गर्न वडाले १ लाख छुट्याएको बताए । यसैबीच विभिन्न सरोकारवालाहरुको सहभागितामा भएको भेलाले चाडपर्वलाई मध्यनजर गर्दै निश्चित समयसम्म मात्र नाचगान गर्न पाउने निर्णय गरेको छ ।
नजिकिएको तीज पर्वमा रातभर नाचगान गर्दा विभिन्न घटना घट्न भएकाले रात १० बजेसम्म नाचगान गर्न र किराना पसल, होटललगायत अन्य व्यवसाय पनि राति १० बजेसम्म मात्र सञ्चालन गर्न पाउने निर्णय गरेको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here