Friday, April 26, 2024
Homeफिचरस्थानीयतह र सामुदायिक वनको सहकार्य आवश्यक

स्थानीयतह र सामुदायिक वनको सहकार्य आवश्यक

- Advertisement -spot_img

सल्यान, १७ मंसिर । मानव जीवनसँग प्रत्यक्ष जोडिएको वनजंगलमा स्थानीय समुदायको अधिकार स्थापित भएमा मात्रै समृद्धि भेटाउन सकिने कुरामा एक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् ।
स्थानीय सरकार र सामुदायीक वन क्षेत्रको सहकार्यमा आर्थिक समृद्धिका लागी विशेष योजना ल्याउन आवश्यक देखिएको सल्यानमा आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले बताएका हुन् ।
सोमबार सल्यानको कपुरकोटमा सामुदायीक वनको अधिकार र समृद्धिका अवसर तथा चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले वनमा आधारित उद्यमको विकास गरेमा मात्रै रोजगारी सिर्जना हुने बताए । सामुदायीक वन उपभोक्ता महासंघ कर्णाली प्रदेशको सक्रियता र सामुदायीक वन उपभोक्ता महासंघ कपुरकोटको आयोजनामा कार्यक्रम भएको हो ।
अन्तरक्रियामा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले जडिबुटी, रूखको व्यवसायीकरण र पर्यटन प्रवद्र्धन अति आवश्यक रहेको बताए ।

सामुदायीक वन उपभोक्ता महासंघका पूर्व अध्यक्ष तथा निवर्तमान सल्लाहकारसमेत रहेका पाण्डेले कुनै न कुनै तरिकाले वनसँग जोडिएको उद्यमको विकास गर्नुपर्ने उत्पादित वस्तुको बजारीकरणमा स्थानीय सरकारले वातावरण सिर्जना गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष भिम बहादुर सेनले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यलाई वन जंगलको विकासबाट प्राप्त गर्न सकिने बताए ।
उनले काठ मात्रै वनको धन हो भन्ने सोंचाई राख्न नहुने बताउँदै वनबाट प्राप्त हुने जडिबुटी, वनस्पती तथा वन्यजन्तुको समेत लेखाजोखा गर्नुपर्ने धारणा राखे । कपुरकोट गाउँपालिकाका अध्यक्षसमेत रहेका उनले वनसँग सम्बन्धित हरेक गतिविधि तथा क्रियाकलाप स्थानीय सरकारसँगको समन्वयमा हुनुपर्ने बताए ।
कपुरकोट गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर, वन महासंघ कर्णालीका अध्यक्ष घनश्याम शर्मा, कपुरकोटका छवटै वडाका वडा अध्यक्षहरू, मानवअधिकार प्रतिष्ठान सल्यानका अध्यक्ष प्रकाश भण्डारी, सामुदायीक वनका अगुवाहरू खड्क केसी,
टोपेन्द्र केसीलगायतले बोल्दै वन क्षेत्रको विकास, विस्तार र व्यवसायीकरणका लागि नीति तथा कानुन उपयुक्त हुनुपर्ने धारणा राखेका थिए । सामुदायीक वन उपभोक्ता महासंघ कपुरकोटकी अध्यक्ष भिमा बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा ओमबहादुर बुढाले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजीकरण प्रदिप खड्काले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here