Friday, April 26, 2024
Homeसम्पादकीयसेवा सुधार गर

सेवा सुधार गर

- Advertisement -spot_img

सेवा प्रवाहको विषयमा सरकारी कार्यालयहरूका गुनासाहरु आइनै रहन्छन् । सेवा प्रवाहमा समस्या भएको, समयमै सेवा पाउन नसकेको, कर्मचारीको ब्यवहार र विचौलायाको बिगबिगीका गुनासा हरेक दिनजसो सार्वजनिक हुन्छन् ।
तर त्यसको ब्यवस्थापन गर्नेतर्फ निकायहरु कमै मात्र सक्रिय र जवाफदेही हुन्छन् । जनताको बढी पहुँच भएको मध्यको मालपोत, स्थानीय तह, यातायातलाई विशेषरुपमा ब्यवस्थापन गर्न लाग्नुपर्ने देखिएको छ ।
यी कार्यालयहरुले अपनाएका प्रविधिले पनि सेवाग्राहीहरुले सास्ती भोगिरहेका छन् । प्रविधिको ब्यवस्थित प्रयोग गरेर सेवा सुधार गर्नुपर्ने आवश्यकता पनि देखिएको छ ।
पूर्वतयारी, ब्यस्थापनबिना सुरु भएका केही सेवाले सेवाग्राहीलाई मात्रै हैन कार्यालयका पदाधिकारीलाई समेत सास्ती पु¥याईरहेको हुन्छ । योजना विनाको जबरजस्ती गरिने कुनै प्रयोग सफल हुँदैनन् ।
अहिले दाङको तुलसीपुरमा रहेको मातपोत कार्यालयले यही नियति भोगिरहेको छ । विभागले सबै मालपोत कार्यालयमा अनलाईन सेवा सुरु गर्ने निर्णय र निर्देशनले सुरु भएको अनलाईन सेवा सुरु गरिएको दुई साता बितिसक्दा पनि ब्यवस्थित हुन नसक्दा मालपोत कार्यालय गञ्जागोल भएको छ । स्थानीय सरकारले यसमा चासो देखाउनुपर्ने अवास्था आएको छ ।
अनलाइन सेवा कार्यालय प्रभावकारी ढंगबाट सञ्चालन गर्न नसक्दा दैनिक सेवाग्राहीहरुले सास्ती भोगिरहनु परेको छ । यसले सरकारी कार्यालयको कामप्रतिको जिम्मेवारीमा समेत कमि ल्याएको आरोपसमेत लाग्न थाल्नु राम्रो हैन ।
बैशाख ४ गतेदेखि सञ्चालनमा आएको अनलाईन प्रणालीले सेवाग्राहीलाई सहजता ल्याउने अपेक्षाको विपरीत दुःख र सास्ती दिनुले प्रणाली प्रति नै आम सेवाग्राहीको अविश्वास नबढ्ला भन्न सकिदैन ।
यति भइसक्दा पनि त सेवा आरम्भ गरेको दुई सातासम्म सेवा प्रभावकारी र सुधार गर्नतर्फ मालपोत कार्यालय उदासिन देखिनु उचित हुँदैन । प्रविधिलाई आत्मसात गरेर सेवा प्रवाहलाई चुस्तदुरुस्त र प्रभावकारी बनाउनतर्फ क्रियाशील हुनु जरुरी छ ।
तयारीविना सुरु भएका काम कार्यान्वयन गर्दा समस्या हुन्छ । त्यो समस्यालाई समाधान गरेर जान सक्ने ल्याकत राख्नु बुद्धिमता हो । यो स्थिति मालपोतमा आउन दिनुहुँदैन । १५÷ १६ दिनसम्ममा पनि सेवालाई ब्यवस्थित गर्न नसक्नु कार्यालयको सेवाप्रतिको गाम्र्भीयता कम हो की भन्ने देखाउँछ ।
प्रविधि भित्रिसके पछि त्यसलाई सहीरुपमा सदुपयोग र ब्यवस्थापन गर्न सक्नुपर्छ । प्रविधिले कहिलेकाही धोका दिन्छ तर त्यसलाई सुधार गरेर लैजानु सक्षमता मानिन्छ ।
सेवा प्रवाहकै विषयमा मालपोत कार्यालयमा सबैले औला ठड्याउने वातावरण ल्याउन नदिन र सेवालाई प्रभावकारी बनाउन कार्यालयको नेतृत्व लाग्नु पर्छ । सेवा सुधार तत्काल गर्नुपर्छ । सेवा सुधार नभए विकल्पमा जान सक्नुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here