Saturday, April 27, 2024
Homeफिचरसिट नम्बर ३

सिट नम्बर ३

- Advertisement -spot_img

दीपा धिताल

कल्पनाको लोकमा पुगेर जीवनका केही तितामिठा रङहरुसँग पौडी खेल्दै थिएँ । केही आफ्नै वरिपरि छरपस्ट छरिएका बेरोजगारी प्रमाणपत्रहरु र जीवनका साधा किताबहरुले आफैलाई गिज्याइरहेका थिए ।
आमा कहिलेकाहीं कराउनु पनि हुन्छ छोरी मान्छे भएर पनि आफ्नो सामान त मिलाएर राख्नु नि ! खै कसरी जाने पो हो यिनीहरुको जिन्दगी गारो छ बाबै सधैं केटाकेटी जस्तो नै गर्छन् ।
आफ्नै जिन्दगी केही ठाउँमा मिलाउन त सकिदैन आमा भने किताबका कुरा गर्नुहुन्छ । जे जस्तो भएपनि आमाका प्रत्येक गालीहरुलाई मैले आशीर्वादको रुपमा ग्रहण गर्छु । कुनै पनि बा आमाले छोराछोरीको नराम्रो को लागि भने गाली कहिल्यै गर्दैनन् ।
एकछिनको लागि भए नि किताबहरू मिलाउँदै थिएँ । मोबाइल चार्जमै रिङटोन बज्यो । हेरे कोही अपरिचित व्यक्तिको फोन आएको रहेछ । उठाएँ, हेलो हजुर ! हजुर नमस्ते उताको आवाज आयो ।
मैले नि फर्काए नमस्ते हजुर ! के छ खबर सञ्चै हुनुहुन्छ ? ठिक छ । कता हुनुहुन्छ नि आजभोलि ? म घरमै छु । नम्बर अपरिचित छ र आवाज पनि अपरिचित म एकछिन पछि अक्मकाउँदै बोले ।
मैले त चिन्न सकिन हजुरलाई परिचय पाउन सक्छु होला ? यति छिट्टै परिचय ? किन हतार परिचय गर्दै गरौंला नि तपाईंले नचिने पनि मैले चिनेको छु तपाईंलाई उसले भन्यो ।
माफ गर्नुहोला हजुर मलाई अपरिचित व्यक्तिसँग कुरा गर्न आउँदैन मैले फोन राखे । उसले हतारिदै भन्यो फोन त मैले गरेको हजुरको ब्यालेन्स सकिदैन के रे ! तपाईंको सकिन्छ नि त ? मैले भने ।
यति राम्रो मान्छेसँग कुरा गर्दा दुईचार पैसा सकिएनि केही हुँदैन नि । त्यहीँ दुईचार पैसाले घरमा बाबा आमालाई केही लग्दिनु भयो भने कति खुशी हुनुहुन्छ होला बेकार किन खर्च गर्नुहुन्छ्, मैले भने ।
ओहो ! तपाईं त कति महान मान्छे, कस्तो राम्रो विचार जस्ता शब्दहरु लेख्नुहुन्छ विचार पनि उस्तै । मैले थाहा नपाएझैँ हाँस्दै भने । मैले के लेखेकी छु र त्यस्तो ? मैले थाहाँ नपाएझै नगर्नुस् है म त तपाईंको नियमित पाठक हो ।
मैले अहिले लेखकसँग कुरा गर्दैछु भन्ने कुरा मलाई मात्र थाहा छ । तपाईं जति झुट बोलेनी प्रमाण मसँगै छन्, उसले बोल्यो ।
कहाँको लेखक, कस्तो लेखक तपाईंले कसको कुरा गर्दै हुनुहुन्छ ? मैले उसले थाहा नपाओस् भनेर कुरा घुमाउँदै भने । एकपटक नम्बर चेक गर्नुहोस् है सायद तपाईंले गलत व्यक्तिसँग कुरा गर्दै हुनुहुन्छ ।

मान्छेको जिन्दगी भनेकै सिकाइ नै हो र सिकाइमा नै बित्छ । सिक्दा, सिक्दै कुनै दिन जिन्दगी सकिन्छ थाहा नै हुँदैन । कुरा धेरै भए । उसलाई आफ्नो परिचय मागे हुन्थ्यो भन्ने लागेको रहेछ । तर पनि उसको परिचय सोधेन अन्त्यमा आफैले परिचय दियो । र पढाइको शिलशिलामा हिडेको कुरा पनि बतायो ।


नम्बर कसले दिएको हजुरलाई ? फोन राख्न आफूले आफैसँग कुरा गर्नलाई राखेको होर ? उसले प्रति प्रश्न ग¥यो । हैन सीमित व्यक्तिसँग मात्र, मैले भने । म पनि सीमित व्यक्तिमा नै परे नि त ।
भो धेरै बाठी बन्नुपर्दैन अहिल्यै प्रमाण सुनाइ दिन्छु नभए । मसँगै छ प्रमाण उसले भन्यो । हुन्छ सुनौ न त के रहेछ । मेरो एउटा कविताको लाइनहरु सुनाउदै गयो उसले …।
म मर्नेछु त्यो दिन मेरो देह अन्त्य हुनेछ
मेरा प्रत्येक जिजीवीसाहरु चिरहरन हुनेछन्
मेरा सपनाहरु चितामा जल्नेछन्
मेरा अभिमतहरु सिद्धिनेछन्
त्यसबखत मेरी आमाले एक अञ्जुली
माया भर्लिन मेरो गालामा
मेरो बाबाले एउटा विम्ब खोज्लान मेरो डायरीमा
मेरो प्रियसीले एक थोपा आँसुका शोकाञ्जली चढाउला
मेरो लासमा
आफन्त र साथीसंगीहरू तस्विर खोज्लान मेरो बासमा
…………………… आदि ।
उसले पढ्दै गयो म सुन्दै गए । र भन्यो हजुरको जस्तो मिठो स्वरमा वाचन गर्न त आउँदैन मलाई । प्रमाण यहीँ हो । मुस्कुराउदै भन्यो । माफ गर्नुहोला एकैछिन तपाईंलाई दुःख दिए ।
एउटा पाठकको नाताले निकै राम्रो शब्दहरु जोडेर लेखहरु लेख्नुहुन्छ । म तपाईंका शब्दहरुबाट निकै प्रभावित भएको छु । आउँदा दिनहरुमा पनि यस्तै लेख्दै जानुहोला एउटा पाठकको तर्फबाट शुभकामना हजुरलाई ।
मेरो मन अलिकति भएपनि खुसी भयो । मैले भने धन्यवाद हजुरलाई मेरा शब्दहरु मन पराई दिनुभएकोमा । करिब पन्ध्र मिनेट जतिको लामो कुरापछि उसले फोन राख्यो । म पनि दिनभरिको थकाइले गर्दा निद्रा देवीलाई काखमा च्यापेर भुसुक्कै निदाए ।
घाम पारिलो हिउँद न वर्षा चारैतिरको प्रकृतिले मुस्कानका हातहरु हल्लाइरहेका छन् । जिन्दगी रफ्तारमा चलिरहेकै छ । आज यही यात्रामा जिन्दगीको पाङ्ग्रा चलिरहेको छ । कुनदिन यात्रा गर्दा गर्दै कहाँ नेर पन्चेट हुने हो थाहा छैन । र म पनि भोलिको लोभ, मोहको तलाउमा डुबेर संघर्ष गरिरहेकै छु ।
आफ्नो इमानदार, इज्जत र स्वाभिमानलाई बेचेर हैन मनको थैलीमा कुटुरो पारेर । अरुको खुसीको लागि भएपनि अरुकै गल्तीहरु आफैमाथि थुपारेर हिंड्न् सक्ने हिम्मत छ तर अन्यायको लागि सहन सक्ने क्षमता भने छैन ।
समाजले कोरेको लक्षमण रेखा नाघेर हिड्न् सक्ने आँट मनले गर्दैन । यसैगरी चलिरहेकै जिन्दगी ।
एकदिन काम विशेषले एक्कासी निकै लामो यात्रा गर्नुपर्ने भयो । लागियो यात्रामा एक्लै लामो बस यात्रा गर्न निकै गाह्रो हुन्छ । निकै पट्यारलाग्दो समय । बोल्ने कोसँग सबै अपरिचित मात्र परिचित भनेको साथमा रहेको त्यही मोबाईल नै हो । केही समय हिडिसकेपछि गाडी खाना खाने ठाउँमा रोकियो ।
सँगै सिटमा एकजना बुढी आमै पनि थिइन् । आमाले भनिन् नानी खाना खादिनौ ? खादैन आमा घरबाट नै खाएर आकि । मैले भने आमा एक्लै हुनुहुन्छ ? एक्लै छु । अनि कहाँ जान लागेकी एक्लै ?
काठमाडौँ हो नानी दवाई गर्न जानलाई छु । अनि बिरामी मान्छे साथमा छोराछोरीलाई लिएर आउनु पर्छ नि कोही हुनुहँुदैन ? ती आमैले भनिन् नानी जति छोराछोरी भए पनि बुढेसकालमा साथ दिने भनेको आफूले आफैलाइरहेछ । सबै छोराछोरी उतै छन् । लिउन आउछु भनेका छन् । आमाले दुखेसो पोखिन ।
सायद आमा बुढी भएर पनि होला अनुहार निकै मलिन देखिन्थ्यो अप्ठ्यारो महशुस गरिरहेकी थिइन । मैले भने आमै ट्वाइलेट जानुहुन्छ ? सक्दैन नानी जान । एक्लै जान नसक्ने भएरै बसेकिरहिछन् । हिड्नुहोस् आमै म जान्छु तपाईको साथमा । आमाको हात समातेर लगे ।
गाडी आफ्नै रफ्तारमा दौडिरहेको थियो । मभन्दा पछाडिको तेस्रो सिटमा बसेका एकजना अपरिचित व्यक्ति बोल्नुभयो । तपाईँ त कति सहयोगी । सहयोग हैन हामी छोराछोरीहरुले बा आमाप्रति गर्ने कर्तव्य हो यो, मैले भने ।
हो हुनलाई त उहाँ तपाईँको आमा हो ? उसले भन्यो । जन्मदिने बा–आमा मात्र आफ्ना हुँदैनन् । यात्रामा भेटिएका, उमेरले डाँडा काटिसकेका सबै बा–आमा पनि आफ्नै हुन् मैले भने । तपाईँलाई कतै देखे जस्तै, तपाईँको आवाज कहीँकतै सुने जस्तै लाग्यो ।
ऊ बोल्यो । मैले भने मेरो जस्तै अनुहार भएको, मेरो आवाज जस्तै बोल्ने अरु कोहीँ मान्छे पनि हुनसक्छ । कम्प्युटरमा केरिएका शब्दहरु जस्तै कपि गर्न त मिल्दैन होला नि मान्छे ? उसले भन्यो ।
मैले जवाफ दिए आजको युग वैज्ञानिक युग हो मान्छे कहाँबाट कहाँ पुगिसक्यो रोबर्टले नि नागरिकता पाइसक्यो तपाईँ भने कपिको कुरा गर्नुहुन्छ । उसले भन्यो तपाईँ के रोबर्ट हो र ?
मैले हाँस्दै भने के म रोबर्ट जस्तै देखिन्छु र ? त्यस्तै लाग्यो । मैले फेरि भने तपाईँका आँखा नै कतै रोबर्टका नै हुन कि ? अहो ! तपाईंलाई कुरामा जित्न त गाह्रो हुँदोरहेछ । तपाईँले पनि कहाँ हार्नुभएको छ र मैले भने ।
कुरा गर्दै जाँदा उसको आवाज पनि कता–कता चिने जस्तै लाग्यो । उसले भन्यो अहिले त चिन्नुभयो होला नि ? मान्छे त चिन्न गाह्रो भयो तर आवाज भने कहीँ कतै सुने जस्तै लाग्यो ।
ठिक भन्नुभयो तपाईँको कविता पढेर तपाईंलाई नै सुनाएको थिए । तपाईंलाई भेट्न मन लाएको थियो । तपाईँका शब्दहरुबाट म निकै प्रभावित भएको छु । आज प्रत्यक्ष देख्न पाएँ । मान्छे शब्दहरुमा मात्र रहेनछ बोल्ने व्यवहारमा पनि उस्तै । पहिला तपाईँका शब्दहरु पढेको थिए ।
आज मान्छे नि पढ्न पाए । खुसी लाग्यो । मैले भने भेट्नको लागि समयले डो¥याएको हुनुपर्छ र त आज भेट भयो । मलाई त्यति उचाइमा नपु¥याउनुहोस् भर्खर पाइला चाल्न सिक्दैछु ।

जिन्दगी रफ्तारमा चलिरहेकै छ । आज यही यात्रामा जिन्दगीको पाङ्ग्रा चलिरहेको छ । कुनदिन यात्रा गर्दा गर्दै कहाँ नेर पन्चेट हुने हो थाहा छैन । र म पनि भोलिको लोभ, मोहको तलाउमा डुबेर संघर्ष गरिरहेकै छु ।

आफ्नो इमानदार, इज्जत र स्वाभिमानलाई बेचेर हैन मनको थैलीमा कुटुरो पारेर । अरुको खुसीको लागि भएपनि अरुकै गल्तीहरु आफैमाथि थुपारेर हिंड्न् सक्ने हिम्मत छ तर अन्यायको लागि सहन सक्ने क्षमता भने छैन । समाजले कोरेको लक्षमण रेखा नाघेर हिड्न् सक्ने आँट मनले गर्दैन । यसैगरी चलिरहेकै जिन्दगी ।


उसले भन्यो आफूलाई जतिसुकै सानो सोचेपनी तपाईँको शब्दहरुले तपाईलाई चिनाइसकेका छन् । मैले भनिरहन पर्दैन ।
उसले फेरि प्रश्न ग¥यो कसरी लेख्नुहुन्छ ? एकछिन घोरिएर भने लेख्न कुनै गुलेली खेलेको जस्तो सजिलो छैन न त धारिलो कैचीले कपडा काटेजस्तो सजिलो छ । लेख्न थालियो भने कहिले रुनु पर्छ,
कहिले हास्नुपर्छ, कहिले नाच्नु पर्छ र कहिले बहुलाउनु पनि पर्छ । बहुलाको संज्ञा पाएर सुने पनि नसुने झै गरेर हिड्नुपर्छ । कहिलेकाहीँ चट्टानको मह चाटेर ढुङ्गाको सर्वत खानुपर्छ । कहिले जिउँदै मर्नुपर्छ, अरुको दुःखलाई आफ्नो शिरमाथि राखेर हिड्नुपर्छ । अरुको पीडालाई मुटुमा थुपारेर हिड्नुपर्छ ।
अरुको प्रेमीप्रेमिकालाई आफ्नै प्रेमीप्रेमिका ठानेर अदृश्य रुपमा अङ्गाल्नु पर्छ । अरुको बिछोडलाई आफ्नै बिछोड ठानेर पागल हुनुपर्छ ।
अन्याय, अत्याचार, शोषण, दमन र विद्रोहका आवाजहरु आोकल्दै घाँटी सुकुञ्जेल चिच्याउँदै हिड्नुपर्छ । एउटा लेखकले आफूलाई कहिल्यै लेखेको हुदैँन । मात्र अरुको लागि लेख्छ ।
जब त्यो लेखकले अरुको दुःख, पीडा, आँसु आफ्नै सम्झदैन त्यो लेखक हुन सक्दैन । र लेखेर मात्र हुदैँन व्यवहारमा पनि देखाउन सक्नुपर्छ । मैले लेख्न भर्खर सिक्दैछु ।
उसले पनि केही कुरा थपिदियो, मान्छेको जिन्दगी भनेकै सिकाइ नै हो र सिकाइमा नै बित्छ । सिक्दा, सिक्दै कुनै दिन जिन्दगी सकिन्छ थाहा नै हुँदैन । कुरा धेरै भए ।
उसलाई आफ्नो परिचय मागे हुन्थ्यो भन्ने लागेको रहेछ । तर पनि उसको परिचय सोधेन अन्त्यमा आफैले परिचय दियो । र पढाइको शिलशिलामा हिडेको कुरा पनि बतायो ।
त्यतिकैमा केही दिनको लागि कामको शिलशिलामा भेटिने गन्तव्य आइपुग्यो । ऊ सिट नम्बर ३ बाट केही शुभकामनाका शब्दहरु र केही खुसीका रेखाहरू म समक्ष पस्कदै आफ्नो गन्तव्यमा लाग्यो । म पनि आफ्नो गन्तव्यतिर लागे ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here