Monday, April 22, 2024
Homeमुख्य खबरसामुदायिक विद्यालयमा सिर्जनशील तालिम

सामुदायिक विद्यालयमा सिर्जनशील तालिम

- Advertisement -spot_img

तुलसीपुर, ९ भदौ । शिक्षकहरुमा सिर्जनात्मकताको विकासका लागि तुलसीपुर उपमहानगरपालिकाले सामुदायिक विद्यालयका शिक्षकहरुलाई तालिम दिइरहेको छ । विद्यार्थीहरुमा पढाइप्रति अभिरुचि पैदा गर्नका लागि शिक्षकको महत्वपूर्ण भूमिका हुने भएकाले शिक्षकहरुलाई सिर्जनशील बनाउनका लागि तालिमको व्यवस्था गरिएको उपमहानगरका शिक्षा संयोजक देवराज विकले जानकारी दिए । उनले सामुदायिक विद्यालयका शिक्षकहरुमा समयानुकूल शिक्षण पद्दतिको विकास गर्नका लागि उपमहानगरले निरन्तर तालिमको व्यवस्था गरेको बताए । नगरमा रहेका सामुदायिक विद्यालयमा विद्यार्थीका आकर्षण बढाउनका लागि उपमहानगरले निरन्तर विभिन्न गतिविधि गरिरहेको शिक्षा शाखा प्रमुख भाष्कर गौतमले बताए । उनले निजी विद्यालय राम्रो बनाउन सक्ने शिक्षकले सामुदायिक विद्यालय पनि बदल्न सक्ने बताए । ‘शिक्षकहरुमा केही गर्ने सोंच हुनुपर्दछ’ उनले भने । तुलसीपुरको मावि कालाखोलामा आयोजना गरिएको तालिमलाई सम्बोधन गर्दै नगरप्रमुख घनश्याम पाण्डेले तालिम लिने तर त्यसलाई प्रयोग नगर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने कुरामा जोड दिए । उनले गुणस्तरीय शिक्षाका लागि तुलसीपुर मै जानुपर्दछ भन्ने मान्यताको विकास गर्नका लागि शिक्षकहरुले सिर्जनशील भएर काम गर्नुपर्ने बताए । ‘विद्यार्थीहरुलाई अब्बल बनाउनका लागि जीवनोपयोगी शिक्षामा जोड दिनुपर्दछ’ नगरप्रमुख पाण्डेले भने । उनले पहिलो चरणमा केही विद्यालयका शिक्षक शिक्षिकाहरुलाई मात्रै तालिम दिएको भएपनि यसलाई उपमहानगरपालिकाभरि नै विस्तार गरेर लैजाने उनको भनाई थियो । उनले विद्यार्थीहरुलाई जति धेरै अभ्यास गराउन सक्यो त्यति नै शैक्षिक उपलब्धि वृद्धि हुने कुरामा जोड दिए । ‘हामी जे गर्न पनि तयार छौँ तर कुनै पनि हिसाबमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारिएकै हुनुपर्दछ’ पाण्डेले भने । नगरका मावि कालाखोला, मावि भ्यूडहर सुनपुर, जनता संस्कृत मावि विजौरी र मावि दोघरेका शिक्षकहरुको सहभागिता रहेको थियो । एकदिने तालिमको प्रशिक्षकमा अर्जुन भट्ट र विश्वराज पंगेनी रहेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here