Monday, April 22, 2024
Homeविचारसामाजिक नियन्त्रण किन ?

सामाजिक नियन्त्रण किन ?

- Advertisement -spot_img


गुरुप्रसाद शर्मा रेग्मी
समाजका सदस्यहरुलाई सामाजिक संस्कृति र संस्कारप्रति उत्तरदायी बनाउन र त्यसै अनुरुप काम गर्ने गराउने सम्बन्धमा सामाजिक नियन्त्रण गर्न संयन्त्रको अहम् भूमिका हुने गर्दछ । समाजको परिवर्तनका साथै सामाजिक नियन्त्रणका तौरतरिकामा पनि परिवर्तन आउने गर्दछ । समाजको अति शुष्म इकाईदेखि वृहत इकाईसम्मले मानिसलाई नियन्त्रण र निर्देशन गरेको हुन्छ । समाजका सबै मानिसले समय सन्दर्भमा असल र समाजपरक वा समाज सापेक्ष काम गर्न सकेका हुँदैनन् ।
व्यक्तिको जन्मसँगै सामाजिकरणको प्रकृया प्रारम्भ भएको हुन्छ । मानिसको मस्तिष्कमा मानवीय र दानवीय या सकारात्मक र नकारात्मक आहारविहार, व्यवहार र विचार हुने भएकाले त्यसैको सन्तुलनका लागि सामाजिक नियन्त्रण संयन्त्रको प्रारम्भ भएको हो । यो सामाजिक नियन्त्रण भनेको सामाजिक नियन्त्रणद्वारा समग्र सामाजिक व्यवस्था र एकतालाई स्थायित्व र सम्बन्धित बनाई राख्ने संयन्त्र हो । समग्र समाजको कसरी परिवर्तन सन्तुलनको लागि क्रियाशील छ भन्ने अर्थ पनि सामाजिक नियन्त्रणसँग जोडिएको हुन्छ । जब–जब समाजमा सामाजिक सन्तुलन खलबलिन्छ, सामाजिक सद्भाव खलबलिन्छ तब–तब बिग्रिएको व्यवहार र परिस्थितिमा सन्तुलन ल्याउन सामाजिक नियन्त्रणको आवश्यकता पर्दछ ।
समाजमा रहेका व्यक्तिहरुको मानवीय व्यवहारलाई नियमित गर्नको लागि विकास गरिएको तरिका रणनीति नै सामाजिक नियन्त्रण हो । समाजका मानिसहरुको असामान्य व्यवहार भन्नाले चोरी, चकारी, डकैती, परम्पराको विरोधी, कानूनलाई हातमा लिने प्रवृत्ति, घरपरिवारमा देखाउने जिम्मेवारीपना, कुटपिट, जाँडरक्सी अन्य मादकपदार्थ सेवन गर्ने, बलात्कार, आत्महत्या, असंगणीत मनोवृत्ति, भ्रष्टाचार, अनियमितता, कालो बजार, मिसावटजस्ता अनेकांै छन् । जसले समाजमा जटिल र कठिन परिस्थिति सृजना गर्दछन् । तिनैलाई नियन्त्रण गरेर सामाजिक सद्भाव सुमधुर बनाउने सामाजिक नियन्त्रणको उद्देश्य हो ।
समाजका व्यक्ति तथा समुदायहरुको असामाजिक व्यवहार तथा कृयाकलापलाई समाजकै व्यक्ति तथा समुदायका सदस्यहरुद्वारा नियन्त्रण गरी सन्तुलित समाजको निर्माणको लागि गरिने कृयाकलाप नै सामाजिक नियन्त्रण हो । एउटा परिवारका सदस्यहरुलाई एकीकृत, संगठित, अनुशासित, पारिवारीक प्रचलन पद्दति र नियम अनुसार चलाउन परिवारका सदस्यहरुका असामान्य रुपमा सामाजिक नियन्त्रणलाई प्रभावकारी बनाउन खोजिएको हुन्छ । समुदायस्तरमा पनि यो प्रकृया क्रियाशील हुन्छ । तर राज्यस्तरमा भने औपचारिक कानून, नीति नियम, सेना, पुलिसमार्फत समाजका सदस्यहरुको असामाजिक व्यवहार माथि नियन्त्रण गर्ने गरिएको हुन्छ ।
यसरी परिवार समूह राज्य सबै तर्फबाट सामाजिक सद्भाव र व्यवहार बनाई राख्न सामाजिक नियन्त्रणको आवश्यकता बनेको हो । सामाजिक एकता कायम गराउन, परम्परादेखि चलेको संस्कृतिलाई अविछिन्न राख्न समाजमा हुने अवान्छित र असामाजिक कृयाकलापबाट समाजलाई बचाउन व्यक्तिको सुरक्षा र संरक्षणका लागि र समाजमा के गर्न हुन्छ, के गर्न हुन्न, भन्ने बोध गराउन नै सामाजिक नियन्त्रण गर्ने गरिएको हो । यसो न गर्ने हो भने सुव्यवस्थित मर्यादित अनुशासित समाजको निर्माण सम्भव हुने थिएन् । तर विडम्वनाको रुपमा के देखिन गएको छ ? भने वर्तमानमा जटिल बन्दै गएको परिवेशमा सामाजिक सु–व्यवस्था मिथ्या परिकल्पना जस्तो हुन गएको छ । त्यसैले आजको मानिसलाई आफैसँग डराएर बस्नुपर्ने अवस्था छ ।

सामाजिक नियन्त्रण भनेको सामाजिक नियन्त्रणद्वारा समग्र सामाजिक व्यवस्था र एकतालाई स्थायित्व र सम्बन्धित बनाई राख्ने संयन्त्र हो । समग्र समाजको कसरी परिवर्तन सन्तुलनको लागि क्रियाशील छ भन्ने अर्थ पनि सामाजिक नियन्त्रणसँग जोडिएको हुन्छ । जब–जब समाजमा सामाजिक सन्तुलन खलबलिन्छ, सामाजिक सद्भाव खलबलिन्छ तब–तब बिग्रिएको व्यवहार र परिस्थितिमा सन्तुलन ल्याउन सामाजिक नियन्त्रणको आवश्यकता पर्दछ ।


हाम्रो सामाजिक परिवेशमा सामाजिक नियन्त्रणका संयन्त्रहरुको रुपमा देखिएका आधारहरुमा सबैभन्दा महङ्खवपूर्ण र पहिलो पाठशाला परिवार नै हो समाजलाई स्वस्थ र अस्वस्थ व्यक्तित्व दिने परिवार नै हो । परिवार सामाजिक नियन्त्रणको पहिलो साधन हो । यदि मानिस पारिवारिक सामाजिक नियन्त्रणको पहिलो साधन हो । यही मानिस पारिवारिक धरातलमा स्वस्थ स्वच्छ असल व्यवहार र विचारको भैदियो भने पूरै समूह र समाज नै मानवताको नमुना बन्ने गर्दछ । वास्तवामा प्रत्येक असामान्य व्यवहारको जड नै परिवार हुन्छ । यतिबेला परिवार संयुक्त परिवार प्रणालीबाट एकल परिवार प्रणालीमा विस्थापित हुँदै गएको छ । त्यसैले परिवारका सदस्य आफ्नो दायित्व र जिम्मेवारीबाट पन्छिदै गएकाले र परिवारका सदस्य अनियन्त्रित अवस्थामा बस्न चाहने प्रवृत्ति र प्रकृतिको विकासले गर्दा सामाजिक सद्भाव खलबलिदै गएको छ ।
विगतमा बाबुआमाको जो अधिकार स्थापित भएको थियो । त्यो आज पूर्णरुपमा कटौति भएको छ । जसले गर्दा बाबुआमाको बृद्धाश्रम घर हुन पुगेको छ । छोराछोरी अनियन्त्रित भएर घर यही जस्तो हुन पुगेको छ । वर्तमान समयमा यही पारिवारिक विचलनको सामाजिक विचलन ल्याएको छ । पारिवारिक नियन्त्रण उपहासजस्तो हुन पुगेको छ । छोराछोरीले असामाजिक, गैर कानूनी तौरतरिकावाट आर्जन गरेर ल्याएको धन सम्पत्ति देखेर नाकको प्वाल फुलाएर बस्ने बाबु–आमाले कसरी छोराछोरी नियन्त्रण गर्नसक्छ ? यस्तै प्रवृत्तिले यतिबेला पारिवारिक नियन्त्रण खुकुलो हुँदै गएको हो । यतिमात्र नभएर सासू बुहारीबीचको महाभारत, वैवाहिक सम्वन्धमा र यौन सम्वन्धमा आएको नयाँ परिवर्तन, शिक्षा र आधुनिक साधनहरु औद्योगिक विकासले बनाई दिएको नवचेतनाले निश्चय पनि पारिवारिक नियन्त्रणलाई खुकुलो बनाई दिएको छ । सामाजिक सद्भाव खलबलाई दिएको छ । समाज एउटा सामाजिक व्यवस्था भएका कारण यसमा संलग्न विभिन्न इकाईहरुबीच प्रव्यात्मक सम्बन्ध हुने गर्दछ । त्यसैले पनि एउटा इकाईमा परिवर्तन आउँदा त्यसकोे प्रत्यक्ष प्रभावहरु इकाईहरुमा पनि पर्ने गर्दछ । विवाह, नाता सम्बन्ध, धार्मिक संख्या, आर्थिक संस्था, राजनैतिक संस्थाहरुमा परिवर्तित परिवारको प्रभाव सकारात्मक नकारात्मक पर्न गएको हुन्छ ।
आजको विश्व नै एउटा ग्राम बन्न गएकाले परिवारका सदस्यहरुमा अन्य विभिन्न संस्कृति संस्कारको प्रभाव परेको हुन्छ । यसरी अरुको संस्कृतिमा रमाउने मानिसको स्वभाव भएकाले आफ्नो संस्कृति र संस्कारलाई तपसीलमा राख्ने एउटा अप्राकृतिक स्वभाव र व्यवहारको असर नेपाली समाजमा पर्न गएकाले सामाजिक सद्भाव विथोलिन गएको हो । समाज समूह र राष्ट्र नै एकीकृत रुपमा कृयाशील भएर सामाजिक नियन्त्रणलाई मूर्तरुपमा एकीकृत भएर लाग्नु पर्दछ । राज्यले कानूनी राज्य स्थापित गर्न अहम् भूमिका निर्वाह गर्नुपर्दछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here