Sunday, April 21, 2024
Homeफिचरसात हजार मेट्रिक टन तरकारी आयात

सात हजार मेट्रिक टन तरकारी आयात

- Advertisement -spot_img

तुलसीपुर, ६ साउन । दाङमा वार्षिक रुपमा ७ हजार मेट्रिक टन तरकारी आयात हुने गरेको छ । जिल्ला कृषि ज्ञान केन्द्रको तथ्याकमा बर्षेनी सात हजार तरकारी बाहिरी जिल्लाबाट आयात हुने गरेको ज्ञान केन्द्रका प्रमुख कृष्णबहादुर बस्नेतले बताए ।
जिल्लामा ६३ हजार मेट्रिक टन तरकारी वार्षिक आवश्यक पर्ने गरेको र जसमा ५६ हजार मेट्रिक टन तरकारी जिल्लामै उत्पादन हुने गरेको बताए । बाँकी सात हजार मेट्रिक टन तरकारी आवश्यकता पूरा गर्न जिल्ला बाहिरबाट ल्याउनु परेको बस्नेतले बताए ।
स्वास्थ्यको हिसावमा प्रतिव्यक्ति दैनिक २ सय ७५ ग्राम तरकारी आवश्यक पर्ने हुनाले जिल्लाको जनसंख्याको आधारमा स्थानीय तरकारी उत्पादनमा कमी भएको आयात गर्नुपर्ने र मुल्य पनि स्थानीयभन्दा बढी हुने गरेको उनले बताए ।
दाङमा सिंचाईको अभावले गर्दा चाहिने जति तरकारी उत्पादन हुन नसकिएको प्रमुख बस्नेतले बताए  । दाङमा तरकारी खेतीका लागि मुख्य समस्या भनेको सिंचाईको अभाव हो, तरकारी खेतीका लागि चाहिए जति सिंचाईयोग्य जमिन छैन त्यसैले जिल्लाको तरकारीले पुग्दैन अनि बाहिरी जिल्लाबाट ल्याउनुपर्छ उनले भने । दाङमा तरकारी खेतीको लागि जम्मा ३० प्रतिशत जग्गामा मात्रै सिंचाईको व्यवस्था छ,
यहाँ सिंचाईको अभाव छ, अरु जिल्लाको तरकारीको भरमा बस्नुपर्ने हुँदा बाहिरबाट आएन भने समस्या हुन्छ प्रमुख बस्नेतले भने । जिल्लामा व्यावसायिक रुपमा तरकारी खेती गर्ने कृषकहरुको संख्या कमी छ ।
अब व्यावसायिक तरकारी खेतीमा आकर्षण गर्नका लागि कृषि ज्ञानकेन्द्र दाङले प्रविधिको आवश्यक पर्ने हुनाले प्रविधिको प्रचारप्रसार गर्ने र विभिन्न किसिमको अनुदान दिने गरेर सहयोग गरिरहेको जानकारी दिए ।
दाङमा अहिले तरकारीको मूल्यमा वृद्धि भएको छ । जसको प्रभाव विशेषगरी उपभोक्तालाई परेको छ । विगत एक सातादेखि तरकारीको मूल्यमा दोब्बरले वुद्धि भएको देखिएको छ ।
भारतबाट आयात हुने तरकारी विषादी परिक्षणको नाममा नाकामै रोकिने गर्दा आयात कम हुने र स्थानीय तरकारीको उत्पादनमा कमी भएकाले तरकारीको भाउ बढेको व्यवसायीको तर्क छ ।

भारतबाट आयात हुने तरकारी विषादी परिक्षणको नाममा नाकामै रोकिने गर्दा आयात कम हुने र स्थानीय तरकारीको उत्पादनमा कमी भएकाले तरकारीको भाउ बढेको व्यवसायीको तर्क छ ।

यस्तै गत सातादेखि बढेको तरकारीको मूल्य दोब्बरले वृद्धि हुँदा मारमा परेको तुलसीपुर उपमहानगरपालिका–६ गाइडहरका देवप्रसाद सुवेदीले बताए ।
उनले भने, यसरी एकाएक तरकारीको भाउ बढेपछि हामी उपभोक्ता मर्कामा पर्ने भएकाले सरोकारवाला निकाय तथा सरकारले नै यसमा विशेष ध्यान दिनुपर्ने आवश्यक छ ।
यस्तै तुलसीपुर उपमहानगरपालिका–६ रजौराकी प्रमिला चौधरी पनि तरकारीको मूल्य बढेदेखि आफू चिन्तित भएको बताइन् । उनले भनिन् ‘यस्तै हो भने त अब तरकारी पनि खान नसकिने भयो ।’
उनी चिन्तित हुँदै भनिन्, दिनदिनै महंगी बढेको बढ्यै छ, दुईदिन पुग्ने पैसाले आजभोलि एकछाक तरकारी पनि आउँदैन कसरी हुन्छ ? अहिले तीनतहको सरकार बन्यो यही हामी जनतालाई मारमा पार्नलाई रहेछ हामी गरिव दुःखीको दिन कहिल्यै आउँदैन उनले भनिन् ।
अहिले तरकारीको मूल्यमा एक सय प्रतिशतभन्दा बढी वृद्धि भएको तरकारी बजार व्यवस्थापन समिति तुलसीपुरका अध्यक्ष झुपलाल खड्काले जानकारी दिए ।
उनका अनुसार तुलसीपुर बजारमा दैनिक लगभग १० टन तरकारीको आवश्यकता पर्छ तर अहिले जिल्लामा भने जति तरकारीको उत्पादन छैन ।
जिल्लामा वर्षा सुरु भएसँगै तरकारी उत्पादनमा कमी आएको हो, उनले भने  । तुलसीपुर क्षेत्रमा तरकारीका फुटकर पसलको संख्या धेरै भए पनि होलसेल पसलहरु १५ र १६ वटा मात्र भएको खड्काले जानकारी दिए ।
विगतका वर्षहरुमा प्रति केजी ३०÷४० रुपैयाँ पर्ने तरकारी आजभोलि एक सयदेखि दुई सयसम्म पर्छ । म पनि तरकारी व्यवसायी गर्छु, मलाई पनि खरिद गर्नुपर्छ त्यही अनुसार बिक्री पनि गर्नुपर्छ ।
उनका अनुसार विशेषगरी आजभोलि वर्षाको समय भएकाले स्थानीय तरकारी उत्पादनमा कमी भएको हुँदा तरकारीको मूल्य एक्कासी आकासिएको हो ।
सल्यानको कपुरकोट, रोल्पाको त्रिवेणी र चितवनबाट तरकारी आयात हुन्छ । दाङमा वर्षात सुरु भयो बेमौसमी तरकारीहरु रोपेको ठाउँमा धान रोप्नुपर्ने भएकाले पनि तरकारीको कमी भएको हो उनले भने । तरकारी खानैपर्ने तरकारी नभई नहुने भएकाले तरकारीको आवश्यकता बढी तर उत्पादनमा कमी भएकाले यस्तोे समस्या सिर्जना भएको हो ।
आफूले तरकारी व्यवसायको क्षेत्रमा काम गर्न थालेको २० बर्ष बिताएका खड्काले स्वयम् आफूले पनि तरकारी व्यवसाय गर्दै आइरहेको बताउँदै अहिले सम्म कहिँकतैबाट तुलसीपुर क्षेत्रमा तरकारी कति आवश्यक पर्छ भनेर अनुगमन गरेर के कति तरकारी भए यो क्षेत्रका लागि पर्याप्त हुन्छ भन्ने बारे कृषिसँग सम्वन्धित निकायले ध्यान दिनुपर्ने बताए ।
साथै अनुगमन गरी तथ्यांक बनाएर त्यही अनुसार तरकारीको व्यवसाय गर्नसके तरकारी कृषक, तरकारी व्यवसायी र उपभोक्ता सबैलाई राम्रो हुने थियो, उनले भने ।
दाङमा चाहिने जति तरकारी उत्पादन हुन नसकिएको, हिउँदे तरकारी सकिएको र बर्षे तरकारी भर्खर रोप्न सुरु भएकाले अभाव भएको र मूल्यमा वृद्धि भएको बस्नेतले बताए ।
भारतबाट पनि तरकारी केही मात्रामा आउने र अहिले भने विषादी परीक्षण गर्ने भनेर रोकिएका कारण पनि यस्तो भएको हो, प्रमुख बस्नेतले भने ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here