Wednesday, April 24, 2024
Homeमुख्य खबरसहकारी तथ्याङ्क एकीकरण अभियान

सहकारी तथ्याङ्क एकीकरण अभियान

- Advertisement -spot_img

घोराही २७ बैशाख
जिल्ला सहकारी संघ दाङले सहकारीहरुको सूचना ब्यवस्थापन तथा तथ्याङ्क एकीकरण अभियान सुरु गरेको छ । सबै सहकारीहरुलाई पायक पर्ने स्थानमा एकदिने सहकारी तथा गरिबी निवारणमा सूचना ब्यवस्थापन तथ्याङ्क तथा एकीकरण अभियान सुरु गरेको हो ।
जिल्लामा रहेका ६ सय ३० सहकारीमा आवद्ध ब्यक्तिहरुलाई कार्यक्रममा सहभागी गराई यथार्थ सूचना लिने जनाएको छ । यसैबीच दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी गरिबी निवारणमा सूचना ब्यवस्थापन तथ्याङ्क एकीकरण अभिमुखीकरण कार्यशाला बिहीबार लमहीमा सम्पन्न भएको छ ।
सहकारी संघका अध्यक्ष गोविन्द शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राप्ती गाउँपालिका र लमही नगरपालिका क्षेत्रमा आवद्ध ९० सहकारीमध्ये ५८ वटा सहकारीका ५८ जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here