Monday, April 22, 2024
Homeफिचरसरकार नै राष्ट्रका लागि खतरा्

सरकार नै राष्ट्रका लागि खतरा्

- Advertisement -spot_img

घोराही, ६ पुस । राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङले धर्म निरपेक्ष र एशिया प्यासिफिक समिटमा सरकारको सहभागिता विषयमा छलफल गरेको छ । छलफलमा सहभागीहरुले गत मंसिरमा आयोजना गरिएको अन्तर्राष्ट्रियस्तरको एशिया प्यासिफिक समिटमा भएको सहभागिताले राष्ट्रियतामा नै प्रश्न उठेको बताए थिए । समिटमा सरकारको सहभागिताको समीक्षा गर्दै उनीहरुले प्रधानमन्त्रीले जानबुझ सहभागी नभएपनि राष्ट्रियतामा नकारात्मक प्रश्न उठेको बताएका थिए ।
राष्ट्रिय जनमोर्चाका कार्यकारी उपाध्यक्ष रश्मीराज नेपालीले सत्तामा गईसकेपछि विदेशीको ईशारामा चल्ने सरकार नै राष्ट्रको लागि खतरा भएको बताएका थिए । सरकार विदेशी ईशारामा चल्दा राष्ट्रियताको विषयमा लडाई हुने उनले बताए । ‘सरकारले समिटमा क्रिश्चियन धर्मलाई समर्थन ग¥यो, अब हिन्दू धर्मले के गर्लान् ?’ उनले भने ‘सरकार अभिभावक भईसकेपछि यो विषयमा सोच्नुपथ्र्यो ।’ क्रिश्चियनको सम्मान लिदा प्रधानमन्त्रीले अन्य सामान्य परिवार कस्तो प्रभावमा पर्ने हो भन्नेमा चिन्ता व्यक्त गरे । विदेशी शक्तिहरुले धर्म, जातिय अस्तित्वको नाममा एकअर्कालाई लडाएर राजनीतिक अस्थिरता ल्याउनको लागि षड्न्त्र रचिरहेको बताए । विदेशीहरुले धार्मिक प्रचार प्रसारको लागि गलत प्रयोग गरिरहेको बताएका थिए । पैसा, सुविधा र समर्थनको लागि विदेशीको दलाली गर्ने नेपालको ईतिहास भएको र त्यो अहिलेको नेकपाको दुई तिहाई सरकारमा पनि कायम रहेको बताए । अहिले निर्माण भएको संविधान अनुसार काम नभएको उनले सरकारलाई आरोप लगाए । अखिल नेपाल बुद्धिजीवि संघका पूर्व महासचिव शशिधर भण्डारीले नेपालमा धेरै पहिलादेखि नै क्रिश्चियनहरुको सक्रियता बढेको र अहिले कम्युनिष्ट सरकार नै त्यसलाई सहयोग गर्ने कार्यले देशको स्वाभिमान गुमेको बताए । अहिलेको सरकार पनि विदेशीको समर्थक बनेकोमा दुःख व्यक्त गरेका थिए ।
नागरिक समाज दाङमा संयोजक चन्द्रराज पन्तले प्रधानमन्त्रीको सल्लाहकारहरुको पनि कमजोरी देखिएको बताए । सल्लाहकारको सल्लाहलाई प्रधानमन्त्रीले आफूले पनि विचार गरेको भए यो अवस्था सिर्जना नहुने उनले बताए । प्रेस स्वतन्त्रता सेनानी सुशील गौतमले राष्ट्रिय जनमोर्चाले मात्र यस्ता वैचारिक विषयमा कार्यक्रम गर्ने गरेको बताउँदै विचारधारामा आएको स्खलनप्रति दुःख व्यक्त गरेका थिए । अबको लडाइँ भाषा, धर्म संस्कृति र सभ्यताको लडाई भएको बताए । जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा छलफल भएको थियो । कार्यक्रममा नेपाली काँग्रेस जिल्ला उपसभापति कमानसिंह भारती, नेकपा मसाल जिल्ला प्रवक्ता भरत भण्डारी, नेपाल स्तम्भकार समाजका अध्यक्ष केवी मसाललगायतका बोलेका थिए । जिल्ला कोषाध्यक्ष श्यामलाल पोख्रेलको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शुक्रराज भण्डारीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here