Monday, April 22, 2024
Homeफिचरसमृद्ध दंगीशरण निर्माणमा युवाको भूमिका महत्वपूर्ण

समृद्ध दंगीशरण निर्माणमा युवाको भूमिका महत्वपूर्ण

- Advertisement -spot_img

दंगीशरण, २३ असार । प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसीले समृद्ध दंगीशरण निर्माणका लागि नमुना युवा सांसदले महत्वपूर्ण भूमिका खेलेको भन्दै खुसी ब्यक्त गरेका छन् ।
युवाहरुको उदाहरणीय विकास निर्माणको कार्यले धेरै परिवर्तन ल्याउँने भन्दै आगामी दिनमा पनि यसप्रकारको कार्यलाई गति दिन उनले आग्रह गरे ।
नमुना युवा संसाद दंगीशरणले आइतबार विरेन्द्र मावि हेकुलीमा आयोजना गरेको वृक्षारोपन तथा बगैँचा निर्माण कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य केसीले यस्तो बताएका हुन् ।
उनले युवाको यस उदाहरणीय कार्यको आफू सधैँ अपेक्षा राखेको बताए । सांसद केसीले भने ‘यूवाहरु लाग्नुस्, सहयोग हामी गर्छौ ।’ वृक्षारोपन कार्यक्रममा प्रतितिधि सभा सदस्य हिराचन्द्र केसी,
प्रदेश सभा सदस्य धमकली चौधरी, तुलसीपुर उपमहानगरका नगरप्रमुख घनश्याम पाण्डे, दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरी, राष्ट्रिय युवा परिषद दाङका अध्यक्ष सुरेश रावत, नेकपाका नेता एमएन शाह, दंगीशरण गाउँपालिकाका नेकपाका अध्यक्ष भरत अधिकारी, समाजसेवी अमित शर्मालगायतले वृक्षारोपण गरेका थिए ।
कार्यक्रममा युवा सांसदका प्रधानमन्त्री चक्रमिलन विश्वकर्मा लगायत प्रतिनिधि सभाका सदस्यहरुको समेत सहभागिता रहेको थियो । वीरेन्द्र माध्यमिक विद्यालयको परिसरमा एजिलिया, मयुँर पंखी, ठूलो अशोक, सानो अशोक, समि, सुपाडी, टिक, ईन्द्रकमल, क्यालेन्चो, टिकोमा, अरमुण्डा, जखेरा, क्याकटस, मेरी गोल्ड सिंड्रला, क्रोटन, जेट प्लान्ट गरी १६ जातको विरुवा रोपिएको थियो । विरुवा राप्ती नर्सरी तथा वनस्पती उद्यान तुलसीपुरले उपलब्ध गराएको थियो ।
सबै जातको विरुवा वातावरणका दृष्टिले एकदमै उत्तम रहेको राप्ती नर्सरी तथा वनस्पति उद्यान तुलसीपुरका प्रोप्राईटर रोशन आचार्यले जानकारी दिए ।
वृक्षारोपण समापन कार्यक्रममा बोल्दै राष्ट्रिय युवा परिषद दाङका अध्यक्ष सुरेश रावतले बोटविरुवालाई जोगाई राख्नका विद्यालयलाई आग्रह गरे । युवा सांसदको यो कार्यलाई गहन रुपमा लिई सहयोग गरेमा आगामी दिनमा पनि यूवा सांसदले यी यस्ता कार्य गर्ने उनले बताए ।
उक्त अवसरमा विद्यालयका प्रधानाध्यापक खिमराज खनालले युवा सांसदको कामलाई सम्मान गर्दै अब विरुवालाई बचाउने जिम्मा विद्यालयको हो भन्दै आफू लागि पर्ने प्रतिवद्धता ब्यक्त गरे ।
युवा सांसदका राष्ट्रपति रमिता चौधरीको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण युवा सांसदका सभामुख पारस खड्काले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here