Tuesday, April 30, 2024
Homebreaking-newsसमन्वय अभावको असर विकासमा कहिले हट्ला धुलो ?

समन्वय अभावको असर विकासमा कहिले हट्ला धुलो ?

- Advertisement -spot_img

सपना बोहरा
घोराही ११ फागुन । घोराहीमा विकास निर्माणका कामहरू भईरहेको समयमा घोराहीको मुख्य स्थानमा रहेको तुलसीपुर चोकको ५० मिटर पश्चिम सडकको भने दूरदशा छ । घोराही उपमहानगरका गाउँ–शहर जोड्ने सडकहरूका काम धमाधम भईरहेको समयमा घोराहीको तुलसीपुर चोकदेखि पश्चिमतिरको सडकको काम भने अझै हुन सकिरहेको छैन् ।

बाक्लो भिड हुने अनि यात्रु राख्नको लागि सवारी साधनहरूको घुईचो लाग्ने त्यो सडकको समयमै निर्माण नहुँदा सबैले सास्ती व्यहोरिरहेका छन् । त्यस आसपासका अन्य सडकहरू पिच भएर सुन्दर नगर देखिएको अवस्थामा घोराही–तुलसीपुरको हाईवेय पर्ने सडकले अवस्थाले भने गिज्याईरहेको छ । फराकिलो आकारमा चारलेन सडक बनाउने योजना बनेको लगभग एक दशक पुग्न लाग्दा पनि पूरा भएको छैन् । त्यो सडक निर्माणको लागि बजेटको अभाव भएर भने होइन् ।

घोराही–तुलसीपुर चोकको पश्चिमतर्फको सडकको भने अदालतमा मुद्दा चलिरहेकाले काम हुन नसकेको हो । त्यहाँको सडक फराकिलो बनाउने क्रमदेखि नै विवाद शुरू भएको झण्डै एक दशक बितिसक्दा पनि टुंगो लागेको छैन् । अहिले त्यो विवाद दाङ/देउखुरी जिल्ला अदालतमा प्रक्रियामा छ । जसले गर्दा त्यहाँको सडकको काम कहाँबाट शुरू गर्ने भन्ने विषयमा अन्यौल भएको छ ।

घोराहीको मुख्य सडकको दूरदशामा भने कसैको चासो देखिदैन । सडक निर्माण नहुँदा धुलो उड्न थालेपछि स्थानीयहरूले रकम उठाएर पानीसमेत हाल्ने गरेका छन् ।


घोराही बजारका सडकहरू कालोपत्रे गरेर पनि निर्वाधरूपमा सवारी साधनहरू गुडिरहेका छन् । घोराही बजारका नाला निर्माण, बाटो पिच गर्नेदेखि गाउँ–बजार जोड्ने सडकहरूको काम लगभग सम्पन्न हुन लागेका छन् । तर घोराहीको मुख्य सडकको दूरदशामा भने कसैको चासो देखिदैन । सडक निर्माण नहुँदा धुलो उड्न थालेपछि स्थानीयहरूले रकम उठाएर पानीसमेत हाल्ने गरेका छन् ।

सडक डिभिजन कार्यालयका प्रमुख निरज शाक्यले घोराही–तुलसीपुर चोकको सडक निर्माणको लागि पहल गरिदिनु सरोकारवालाहरूसँग अनुरोध गरेका छन् । ‘अदालतमा गईसकेको मुद्दा विपरीत काम गर्दा मानहानी होला’ सडक डिभिजन कार्यालयका प्रमुख शाक्यले भने ‘यो विषयमा छलफल गरेर काम गर्नको लागि सहज वातावरण मिलाईदिन सके काम अगाडी बढ्थ्यो ।’ सडकमा धुलो उडेर त्यहाँको नागरिकको स्वास्थ्य अवस्थामा समस्या पर्दै गईरहेको र सडक झनै जीर्ण अवस्थामा भएकाले समयमै काम शुरू गर्नु पर्ने बताए ।

‘मुद्दा चलिरहेको बाहेकको क्षेत्रको छोडेर अन्य सडकको काम मात्रै गर्न पाएपनि यातायात, यात्रु र घोराहीबासीलाई सहज हुने थियो’ उनले भने ‘टेण्डरमा गईसकेको सडकको काम गर्न पनि सहज छैन् ।’ विवाद देखिएको भन्दै कुनै पनि ठेकेदारले काम गर्न नमानेको उनले बताए । त्यसबाहेक घोराहीको डिके पेट्रोल पम्पमा रहेको सडकको भने टेण्डर खोलिसकेको उनले बताए ।

प्रदेश सरकार र सडक डिभिजन कार्यालयसँग समन्वय गरेर विकास निर्माणका कामहरूलाई तिव्रता दिएको घोराही उपमहानगरपालिकाले सडक निर्माणको लागि पहल गर्नुपर्ने देखिएको छ । प्रदेश तथा संघीय सरकार र सडक डिभिजन कार्यालयसँग समन्वय गरेर ठूला आयोजनाका कामहरू सम्पन्न गरिसकेको घोराही उपमहानगर–पालिकाले घोराहीको तुलसीपुर चोकदेखि तुलसीपुर जाने सडक निर्माणको लागि त्यति चासो देखाएको छैन् ।

घोराही उपमहानगर–पालिकाका प्रमुख नरूलाल चौधरीले सडक निर्माणको लागि पहल गर्ने बताएका छन् । ‘त्यो सडक निर्माण गर्नको लागि बजेटको अभाव नभएर होईन्’ घोराही उपमहानगर प्रमुख चौधरीले भने ‘अदालतमा मुद्दा भएको कारण हो, त्यसको सहजीकरणमा हामी लागेको छौ । त्यहाँको सडकलाई पूर्णता दिनको लागि सडक डिभिजन कार्यालय प्रमुख, प्रमुख जिल्ला अधिकारी र दाङ–देउखुरी जिल्ला अदालतका मुख्य न्यायाधीश र जग्गाधनीसँग छलफल गरेर टुंगो लगाउनेछौँ ।

‘घोराहीमा अन्य सडकका कामहरू भईसकेका छन्, त्यही मात्र बाँकी छ’ उनले भने ‘त्यो सडक निर्माण गर्न पाएमा लगभग सडकका कामहरू सम्पन्न हुने थिए । अदालतमै मुद्दा परेको हुदा काम गर्न समस्या भएको उनले बताए । सबैभन्दा बढी गुनासो आउने गरेको घोराहीको तुलसीपुर चोकको काम पनि सकिएको छ । प्रदेश वा सरकारले हेर्ने योजना भन्दै लामो समयदेखि काम भएको थिएन् । घोराही उपमहानगरले आफै नै पहल गरेर अहिले घोराहीको तुलसीपुर चोकको मुहार फेरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here