Friday, April 26, 2024
Homeमुख्य खबरसकारात्मक सोच आवश्यक

सकारात्मक सोच आवश्यक

- Advertisement -spot_img

तुलसीपुर, १९ भदौ । आफूले थालनी गरेका कुनैपनि काममा सफलता प्राप्त गर्नका लागि सर्वप्रथम सकारात्मक सोचको आवश्यकता पर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । आफूले तय गरेको गन्तव्यमा पुगी लक्ष्य र उद्देश्य हासिल गर्नका लागि सकारात्मक सोचबाटै कामको सुरुवात गर्नुपर्ने उनीहरुले बताएका हुन् ।
फाईण्ड अल नेपाल कम्पनीले बुधबार तुलसीपुरमा आयोजना गरेको ट्रेनिङ कार्यक्रमको उद्घाटनका अवसरमा बोल्ने वक्ताहरुले आफ्नो क्षमता, ज्ञान र सीपलाई सही तरिकाले सदुपयोग गरे अवश्य सफलता मिल्ने बताए ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि एवं तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले कुनै पनि व्यक्तिमा विशेष क्षमता हुने भन्दै आफ्नो त्यो क्षमतालाई समयमै पहिचान गर्न जरुरी रहेको बताए । आफूभित्रको क्षमताले जीवनमा सफलता ल्याउने भन्दै उनले यस्तो बताएका हुन् ।
युवाले आफूले देखेका सपनाहरु पूरा गर्नका लागि आफ्नो व्यवहार र सोंचलाई बदल्न आवश्यक रहेको बताए । उनले कुनै पनि काममा सफलता प्राप्त गर्नको लागि थुप्रै समस्या तथा चुनौती आईपर्ने भन्दै पाण्डेले त्यो समस्या चुनौतीसँग हार नखाई सामना गर्न सकेमात्रै एक युवा आफ्नो कार्यमा सक्षम हुने बताए ।
फाईण्ड अल नेपाल कम्पनीका प्रबन्धक निर्देशक आकाश चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष लक्ष्मण भण्डारी, च्याम्बर अफ कमर्शका दुर्गा प्रसाद भण्डारीलगायतले बोलेका थिए भने कार्यक्रमको सहजीकरण संस्थाका सदस्य महेन्द्र न्यौपाने गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here