Saturday, April 27, 2024
Homeफिचरसंघ र प्रदेशको दुई अर्ब फ्रिज

संघ र प्रदेशको दुई अर्ब फ्रिज

- Advertisement -spot_img

दाङ, ३१ असार । दाङमा आर्थिक वर्ष ०७५/७६ का लागि आएको दुई अर्ब बजेट फ्रिज भएको छ । संघ र प्रदेश सरकारबाट जिल्लामा प्राप्त भएको झण्डै २ अर्बको बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालय दाङले जनाएको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार केन्द्र र प्रदेश सरकारबाट जिल्लाका लागि आएको १ अर्ब ९९ करोड ५१ लाख ६३ हजार ७ सय १३ बजेट फ्रिज भएको हो । केन्द्र सरकारबाट प्राप्त भएको चालुभन्दा पुँजीगत अर्थात् विकास बजेट बढी फिर्ता भएको छ ।
केन्द्र सरकारबाट पुँजीगततर्फ प्राप्त भएको ६ अर्ब १८ करोड ६७ लाख ४४ हजार बजेटमध्ये ५ अर्ब ४४ करोड ३ लाख २० हजार ५७ रुपैयाँ बजेट खर्च भएको र ७४ करोड ६४ लाख २८ हजार रुपैया फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालय दाङका सुचना अधिकारी अर्जुन कुमार डिसीले जानकारी दिए ।
केन्द्र सरकारबाट पुँजीगततर्फ प्राप्त भएको बजेटमध्ये ८७ दशमलव ९३ प्रतिशत बजेट खर्च भएको हो । केन्द्रबाट चालुतर्फ प्राप्त बजेटमध्ये १९ करोड ४७ लाख ९८ हजार ४ सय ७१ बजेट फ्रिज भएको छ ।
केन्द्र सरकारबाट आएको चालुतर्फको करिब २ दशमलव ९ प्रतिशत मात्रै फ्रिज भएको देखिएको छ । केन्द्र सरकारबाट दाङका लागि आएको पुँजीगतभन्दा चालुतर्फको बजेट बढी खर्चको भएको छ । चालुतर्फको बजेट पुँजीगत अर्थात् विकास बजेटको तुलनामा झण्डै १० प्रतिशत बजेट बढी खर्च भएको छ ।

संघीय अनुदानको कुन स्थानीय तहमा कति खर्च ?

स्थानीयतह बजेट खर्च
दंगशिरण        १८३०३२०० १८२८२००००
बबइ               २१७३२६००० २१७०६६०००
बंगलाचुली      २५८६५९००० २५७४३९०००
राप्ती             २९४५११००० २९४२६७०००
शाीन्तनगर     २२३११८००० २२२८१८०००
गढवा            २६५४४८००० २५५२५००००
लमही           ३१२३५४००० ३१२१३२०००
तुलसीपु र     ७५१७४८००० ७५१२२००००
घोराही         ८२२५००००० ८२२०३५०००
दाङ संघअन्तगर्तका कार्यालयका लागि चालुतर्फ ६ अर्ब ७३ करोड ५१ लाख २३ हजार ५ सय ८६ कुल बजेटमध्ये ६ अर्ब ५४ करोड ०३ लाख २५ हजार ७५ खर्च भएको सूचना अधिकारी डिसीले बताए ।
जिल्लामा आर्थिक वर्ष ०७५÷७६ का लागि प्रदेश सरकारबाट प्राप्त भएको चालु र पुँजीगत गरी १ अर्ब बढी बजेट फिर्ता भएको छ ।
डिसीका अनुसार दाङमा प्रदेश सरकारबाट आर्थिक वर्ष ०७५/७६ का लागि आएको चालु र पुँजीगत बजेटमध्ये १ अर्ब ५ करोड ३९ लाख ३७ हजार २ सय ९९ सय बजेट फ्रिज भएको हो ।
प्रदेश सरकारबाट जिल्लामा चालुतर्फ आएको ५७ करोड २१ लाख ५० हजार ८ सय ३७ मध्ये ४५ करोड २३ लाख ११ हजार ५ सय ६६ खर्च भएको छ भने पुँजीगततर्फ प्राप्त २ अर्ब ७९ करोड ९६ लाख ४९ हजार बजेटमध्ये १ अर्ब ८६ करोड ५५ लाख ५० हजार ९ सय ६९ रुपैयाँ खर्च भएको सूचना अधिकारी डिसीले जानकारी दिए ।
प्रदेश सरकारबाट दाङका लागि आएको पुँजीगत अर्थात् विकासतर्फको बजेट ६६ दशमलव ६३ प्रतिशत मात्र खर्च भएको देखिएको छ । जिल्लामा विकास निर्माणका लागि प्रदेश सरकारबाट आएको झण्डै १ अर्ब बजेट फ्रिज भएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय दाङका सूचना अधिकारी डिसीले दाङमा प्रदेश सरकारबाट प्राप्त भएको पुँजीगततर्फको बजेट करिब ३४ प्रतिशत फ्रिज भएको छ । प्रदेश सरकारको पुँजीगत तर्फको ९३ करोड ४० लाख ९८ हजार ३१ बजेट फ्रिज भएको छ ।

विकास बजेटमा खर्च समस्या

दाङमा आर्थिक वर्ष ०७५/७६ का लागि केन्द्र र प्रदेश सरकारबाट प्राप्त भएको करिब डेढ अर्ब बजेट फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय घोराहीका अनुसार दाङमा केन्द्र र प्रदेश सरकारबाट प्राप्त भएको पुँजीगत बजेट १ अर्ब ६८ करोड ५ लाख २५ हजार ९ सय ७४ बजेट फिर्ता भएको छ ।
दाङमा केन्द्र सरकारको तुलनामा प्रदेश सरकारबाट प्राप्त भएको पुँजीगततर्फको बजेट फ्रिज भएको छ । केन्द्र सरकारबाट जिल्लाका लागि आएको पुँजीगत तर्फको बजेट ७४ करोड ६४ लाख २७ हजार ९ सय ४३ फिर्ता भएको छ भने प्रदेश सरकारको ९३ करोड ४० लाख ९८ हजार ३१ बजेट फिर्ता भएको कोष तथा लेखा नियन्त्रण कार्यालय दाङले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here