Friday, April 26, 2024
Homeसमाजशिक्षक संघको दोस्रो प्रतिनिधि सभा

शिक्षक संघको दोस्रो प्रतिनिधि सभा

- Advertisement -spot_img

लमही, १५ पुस । नेपाल शिक्षक संघ लमही नगरपालिकाको दोस्रो प्रतिनिधि सभा उद्योग वाणिज्य संघ लमहीको सभा कक्षमा भएको छ । नेपाल शिक्षक महासंघ लमही कार्यसमिति सदस्य श्रीराम दहितको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमका सभापति टुकाराम पौडेल, प्रमुख अतिथि नेपाली काँग्रेस महासमिति सदस्य जानकीलाल बस्नेत, विशिष्ट अतिथि शिक्षक संघ दाङका अध्यक्ष युवराज बस्नेत, नेपाल महिला संघ प्रदेश नम्बर ५ कि संयोजक गिरिजादेवी न्यौपाने अतिथिहरू रेशमबहादुर खड्का, बासुदेव जंगली, लिलाराम खनाल, जोगराज चौधरी तथा शिक्षक संघमा आवद्ध शिक्षकहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि बस्नेतले शिक्षकहरू पेशाप्रति मर्यादित रही पेशागत हकहितमा आवाज उठाउँदा बहुमतको दम्भ देखाउन नहुने बताए ।
विशिष्ट अतिथि न्यौपानेले गुरूहरू हरेक क्षेत्रमा कार्य प्रदर्शन गर्न सक्ने योग्य जनशक्ति उत्पादन गर्ने व्यक्तित्व भएको हुँदा शिक्षा ऐन विपरीत स्थानीय तहले कार्य नगर्न आग्रह गरिन् । नेपाल शिक्षक संघ दाङका अध्यक्ष विशिष्ट अतिथि युवराज बस्नेतले शिक्षा ऐन अनुसार सरूवा सिफारिस गरिएका शिक्षकहरूलाई प्रक्रियामा रोक लगाउनु लमही नगरपालिकाले शिक्षक संघ माथिको प्रहार हो भने । नेपाल शिक्षक महासंघ लमहीका अध्यक्ष मनिराम केसीले सहकर्मी शिक्षकहरूले आफूलाई परेको पिरमर्का खुलस्त राख्न आग्रह गरे । नगर सहसचिव मिनराज घिमिरेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने साँगठनिक प्रतिवेदन सचिव यादवप्रसाद काफ्लेले पेश गरेका थिए । कार्यक्रमका सभापति पौडेलले संगठन विस्तारमा सम्पूर्ण शिक्षकहरू लाग्नुपर्ने भन्दै प्रतिनिधि सभामा नेपाली काँग्रेसका अग्रज नेताहरूको उपस्थितिले कार्यक्रमको गरिमा बढेको भन्दै पाहुनाहरूलाई धन्यवाद दिए । कार्यक्रमको सहजीकरण सचिव काफ्लेले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here