Friday, April 26, 2024
Homeमुख्य खबरशनिबार पनि पसल खोलिने

शनिबार पनि पसल खोलिने

- Advertisement -spot_img

तुलसीपुर, ३२ साउन । चाडपर्वलाई लक्षित गरेर तुलसीपुरमा शनिबार पनि पसल खुल्ने भएको छ । नजिकैदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै तुलसीपुरमा शनिबार पनि पसल खोल्न लागिएको हो ।
तुलसीपुर उद्योग वाणिज्य शुक्रबार बसेको नियमित बैठकले छठ पर्वसम्मका लागि पसलहरु खोल्ने निर्णय गरेको अध्यक्ष बिरबहादुर रावतले बताए ।
‘चाडपर्व नजिकिदै गर्दा बजारमा भिडभाड बढेको छ, ग्राहकलाई सहजताका लागि अबदेखि छठ पर्वसम्म पसल खुल्ला रहनेछन्’ उनले भने ‘शनिबार पसल खुल्ने भएपछि विशेषगरी टाढा–टाढाबाट आउने ग्राहकलाई सहज हुनेछ ।’ अहिले बजारमा दैनिकरुपमा किनमेल गर्ने उपभोक्ता बढ्दै गएका छन् ।
यसैबीच दैनिक उपभोग्य बस्तुहरुको मूल्यमा एकरुपता ल्याउन सबै ब्यवसायीहरुलाई संघले अनुरोधसमेत गरेको छ । संघले चाडपर्वमा मूल्यमा एकरुपता नआउने गरेको व्यापक गुनासो आउने गरेको जनाएको छ । संघको शुक्रबार बसेको बैठकले खाद्य अधिकारका सन्दर्भमा समेत गम्भीर भएर ध्यान दिन आग्रह गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here