Wednesday, April 24, 2024
Homeमुख्य खबरव्यवस्थित भए तुलसीपुरका ठेला

व्यवस्थित भए तुलसीपुरका ठेला

- Advertisement -spot_img

तुलसीपुर, ११ भदौ । तुलसीपुर उपमहानगरपालिकाले बजार र बसपार्क क्षेत्रमा रहेका अव्यवस्थित ठेलालाई व्यवस्थित गरेको छ । बजारमा जथाभावी रुपमा ठेला सञ्चालन हुँदा विभिन्नखालका दुर्घटना हुनुका साथै बजार पनि अव्यवस्थित भएको थियो । कार्यपालिका सदस्य दिपक कुमाल र अमर नेपाली माइकलको संयोजकत्वमा ठेला र अव्यवस्थित बजार व्यवस्थापन भएको हो ।
अव्यवस्थित रुपमा ठेलामा व्यापार गर्नेहरुलाई पनि असर नपर्ने गरी व्यवस्थापन गरिएको कार्यपालिका सदस्य माइकलले बताए । उनले अटो र टेक्सीसमेत एकैपटक व्यवस्थित गरिएको बताए ।
‘अव्यवस्थित रुपमा बजारमा कसैले पनि केही गर्न पाइदैन’ उनले भने । माइकलका अनुसार पहिलो चरणमा पातुखोला पुल नजिक, नेपाल वायु सेवा निगमको जग्गा र आलुमण्डीनेर गरी ३ ठाउँमा जग्गा व्यवस्था गरेर सबैलाई व्यवस्थापन गरिएको हो ।
बजारलाई स्थायीरुपमा व्यवस्थित गर्नका लागि उपमहानगरपालिकाले उपयुक्त जग्गाको खोजी गरिरहेको पनि कार्यपालिका सदस्य दिपक कुमालले बताए । उनका अनुसार उपयुक्त जग्गाको खोजीसँगै स्थायीरुपमा बजारलाई व्यवस्थित गरिनेछ ।
‘कसैले पनि मनोमानी ढंगले व्यापार गर्न पाउँदैन’ उनले भने । तुलसीपुरलाई व्यवस्थित बजारका रुपमा विकास गर्नका लागि उपमहानगरपालिकाले रणनीति समेत बनाएको छ ।
उनले बजारमा अझै पनि कतिपय व्यापारीहरुले अटेर गरिरहेको भन्दै तत्काल त्यस्ता व्यापारीहरुलाई कानुन अनुसार कारवाही गरिने कुरामा समेत जोड दिए ।
नयाँ व्यवस्थापन अनुसार नेपाल वायुसेवा निगमको जग्गाका फलफुल बजार, आलुमण्डीमा तरकारी तथा अन्य बजार र पातुखोला पुलको माथितिर फलफुल, आलु, अटो व्यवस्थापन गरिएको हो ।
‘अब सडकमा कसैले पनि अटो रोक्न पाउँदैन तोकेको ठाउँबाट नै अटो सञ्चालन गर्नुपर्नेछ’ माइकलले भने । उनले बजार व्यवस्थापन गर्नु सबैको दायित्व भएको भन्दै त्यसलाई कार्यान्वयन तहमा लैजान सहयोग गर्नुपर्ने बताए ।
उपमहानगरले व्यवस्थान गरेसँगै ठेला र सडक व्यापारीहरु हर्षित भएका छन् । व्यवस्थित नहुँदा सधै जरिवाना तिरिरहनुपर्ने बाध्यता भएको भन्दै उनीहरुले यस्तो खुसी व्यक्त गरेका हुन् ।
‘अब निश्चित रकम तिरेर व्यापार गर्न पाइने भयो’ फलफुल व्यापारी चन्द्रा विकले भनिन् । उनीजस्तै कर्णवीर केसी पनि व्यवस्थित रुपमा व्यापार गर्न पाउँदा निकै खुसी छन् ।
‘कसैले पनि अब केही गर्न पाउँदैन बल्ल राम्रोसँग व्यापार हुने भो’ उनले भने । सुरुमा खोलामा व्यापार हँुदैन की भन्ने सोचमा रहेका व्यापारीहरु सबैलाई त्यही लैजाने भनेपछि खुसी भएका हुन् ।
कार्यपाालिका सदस्य माइकलले अब सबै व्यापारीहरुको व्यवसाय दर्ता गरेर मासिक रुपमा उनीहरुबाट भाडा उठाइने बताए । ‘व्यापारीहरुलाई अप्ठेरो नपर्ने गरी बढीमा पाँच सयसम्म भाडा लिने योजना बनाएका छौ’ उनले भने ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here