Wednesday, April 24, 2024
Homeफिचरविप्लवका दाजुसहित २१ जना पक्राउ

विप्लवका दाजुसहित २१ जना पक्राउ

- Advertisement -spot_img

दाङ, ३० असोज । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको महत्वपूर्ण बैठकबाट दाङ प्रहरीले २१ जना नेता कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । दाङको राजपुरमा मध्यरातमा बैठक बसिरहेको अवस्थामा नेकपाका केन्द्रीय सदस्यसहित २१ जना नेता तथा कार्यकर्तासहित दाङ प्रहरीले नियन्त्रणमा लिएको हो ।
एक÷दुईजनालाई फाटफुट नियन्त्रणमा लिने गरेको दाङ प्रहरीले जिल्ला र अञ्चल नेतृत्वसहित एकैसाथ नियन्त्रणमा लिएको छ । दाङको राजपुर गाउँपालिका वडा नं ४ को मुग्रेटाखोला जंगलको बीचमा रहेको एकघरमा पार्टीको आन्तरिक बैठक बसिरहेका बेला दाङ प्रहरीले बैठकस्थल नियन्त्रणमा लिई २१ जना नेता कार्यकर्ता पक्राउ गरिएको प्रहरी प्रमुख एसपी जनक भट्टराईले जानकारी दिए । पक्राउ परेकासँग विस्फोटक पदार्थ र हातहतियारसमेत नियन्त्रणमा लिइएको उनको दाबी छ । उनले अहिले अनुसन्धान भइरहेकोले थप विवरण दिन नसकिने बताए ।
अनुसन्धान पूरा भएपछि सबै सार्वजनिक गरिने भट्टराईले बताए । असोज तेस्रो साता विप्लवको केन्द्रीय समितिको बैठक बसेको र त्यही बैठकको एजेन्डा र सन्देश तल्लो तहसम्म प्रवाह गराउने र केन्द्रीय योजना कार्यान्वयनका लागि राप्ती ब्यूरोको बैठक बसिरहेको थियो । बेला प्रहरीले नेताहरूलाई पक्राउ गरेको विप्लव नेतृत्वको नेकपाका एक नेताले बताए ।
२९ गते राति १ बजे प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । बैठक भइरहेको सूचनाका आधारमा बैठक स्थलमा पुगेको प्रहरीले नेताहरूलाई आफ्नो नियन्त्रणमा लिएको थियो । त्यो क्षेत्र विप्लवको आधार क्षेत्र मान्निन्छ ।
पक्राउ पर्नेमा केन्द्रीय सदस्य तथा लुम्बिनी ब्युरो ईन्चार्ज एवं मध्यपश्चिम कमाण्ड इन्चार्ज चन्द्रबहादुर चन्द (वीरजङ्गु) रहेका छन् । उनी नेत्रविक्रम चन्दका सहोदर दाजु हुन् ।
केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो इञ्चार्ज केशवबहादुर बाँठा मगर (सुवास बाँठा), युवा संगठनका केन्द्रीय अध्यक्ष बविन केसी (पाटन, जंगली), राप्ती ब्यूरो एवं न्याय विभाग समिति जिल्ला संयोजक रामबहादुर थापा (सुन्दर), राप्ती ब्यूरो कार्यालय सचिव सविन पोख्रेल, जिल्ला इञ्चार्ज यमलाल कटुवाल (विक्रम) जिल्ला सेक्रेटरी प्रदीप वलीलगायतका रहेका छन् । बैठकसहित नियन्त्रणमा लिइएका केही ब्यक्तिहरू यस अघि पनि पक्राउ पर्ने र छुट्ने गरेका थिए ।
चन्द नेतृत्व नेकपालाई सरकारले प्रतिबन्ध गराएको छ । एनसेलको कार्यालय र टावरमा बम आक्रमणपछि सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएको हो । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई संगठित अपराध निवारण ऐन २०७० अन्तर्गत प्रतिबन्ध लगाएको जनाउँदै आएको छ । पक्राउ परेका विप्लवका नेता कार्यकर्ताहरूलाई बिहीबार अबेरसम्ममा पनि सार्वजनिक गरिएको छैन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here