Saturday, April 27, 2024
Homeफिचरविपन्न बालबालिकालाई शैक्षिक सामग्री

विपन्न बालबालिकालाई शैक्षिक सामग्री

- Advertisement -spot_img

घोराही, ३ चैत । घोराही उपमहानगरपालिका वडा नम्वर ७ ले ५० जना विपन्न बालबालिकालाई शैक्षिक सामग्री र पोशाक वितरण गरेको छ । वडाले शनिवार सौडियारमा कार्यक्रमको आयोजना गरी ५० जना विपन्न बालबालिकालाई सामग्री वितरण गरेको हो ।
वडाको चालु आव ०७५÷७६ का लागि विनियोजित कार्यक्रमअन्तर्गत एकथान झोला, एक जोडा पोशाक, एक प्याकेट टडपेन र एक दर्जन कापी वितरण गरिएको हो ।
वडा अध्यक्ष खोपीराम चौधरीको अध्यक्षतातथा घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलालचौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सामग्री वितरण गरिएको हो । प्रत्येक टोलका विपन्न विद्यार्थीलाई नियमित विद्यालय जाने वातावरण बनाउनका लागि शैक्षिक सामग्री वितरण गरिएको हो ।
वडा सदस्य सुशीला चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा घोराही उपमहानगरपालिका नगरप्रमुख नरुलाल चौधरीले शिक्षाविना मानिसको जीवन अधूरो र अपूरो हुने बताए ।
उनले सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि स्थानीय तहले विभिन्न कार्य गरिरहेको भन्दै सबैका लागि निःशुल्क र सर्वसुलभ शिक्षा आर्जन गर्ने वातावरण बनाउन भूमिका हुने धारणा व्यक्त गरे ।
उक्त अवसरमा वडामा रहेको १४ वटा बाल क्लव र सञ्जाललाई पनि एक थान बाकससहित स्टेशनरी सामग्री दिइएको थियो । कार्यक्रमको सहजीकरण वडा कार्यालयमा सामाजिक परिचालक बिमल योगीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here