Wednesday, April 24, 2024
Homebreaking-newsविपद् व्यवस्थापन समिति गठन

विपद् व्यवस्थापन समिति गठन

- Advertisement -spot_img

इन्द्र बुढाथोकी
सल्यान २८ चैत ।

बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ५ च्युराको कार्यालयमा वडाको विपद् व्यवस्थापन समिति गठन भएको छ । वडा विपद् व्यवस्थापन समितिमा वडा अध्यक्ष कमल विकको अध्यक्षतामा २७ सदस्य समिति गठन गरिएको छ । वडा वितरण राहत कोष स्थापना गरिएको छ ।

जसमा राहतकोषमा अहिले ५० हजार जम्मा भैसकेको र अझै सहयोग गर्ने चाहनु हुने जो कोहि महानुभावहरुमा सहयोगको लागि आग्रह गरेको ५ नम्बर वडा अध्यक्ष कमल विकले जानकारी दिएका छन् । बैठकले ५ नम्बर वडाबासीको विदेश गएका व्यक्तिहरुको डाटा संकलन गर्ने निर्णय गरेको छ । डाटा लिने र अब आउने व्यक्तिको पहिचान गरी विदेशबाट घरमा आएमा क्वारेन्टाइनमा राख्न सहज हुने भन्दै डाटा राखिन लागेको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष कमल विकले जानकारी दिए ।

वडा क्षेत्रमा कोरोना भाइरसमा लकडाउनका कारण दैनिक हातमुख जोड्न कठिन हुने विपन्न परिवारको लागत संकलन गरेकालाई राहतको लागि नगरपालिकामा सिफारिस गर्ने निर्णय गरेको छ । कोरोना भाइरसलाई नियन्त्रण गर्न आवश्यक पर्ने सामाग्री र जनचेतनामूलक कार्यक्रम सञ्चालन तथा वितरण गर्नको लागि ५ नम्बर वडा कार्यालयले वडामा रहेका ११ वटा टोलमा टोलस्तरीय विपद् व्यवस्थापन उपसमिति गठन गरिएको छ । उक्त गठन भएको उपसमितिलाई कोरोना भाइरससम्बन्धी जनचेतनामूलक काममा लाग्न अध्यक्ष विकले निर्देशन दिए ।

एक महिनाको तलब राहतकोषमा

सल्यान पश्चिम बनगाड कुपिण्डे नगरपालिका वडा १२ मा विपद् ब्यवस्थापन राहत कोष खडा गरिएको छ । वडा अध्यक्ष गोविन्द डाँगीको नेतृत्वमा विपद् जोखिम न्यूनीकरणका लागि राहत रकम जम्मा हुने गरी कोष खडा गरिएको छ भने अहिले राहत संकलन गर्ने कार्य चलिरहेको छ ।

कोषबाट उठेको र संकलन भएको रकम छिट्टै गरिब तथा विपन्न परिवारलाई खाद्यान्न वितरण गरिने वडा अध्यक्ष गोविन्द डाँगीले बताए । नगरपालिका कान्छा र विकट वडाका अध्यक्षसमेत रहेका अध्यक्षले आफ्नो एक महिनाको सेवा सुविधा राहत कोषमा जम्मा गर्ने र अन्य सदस्यहरुले पनि आफ्नो सक्दो सहयोग राहत कोषमा जम्मा गर्ने उनले बताए ।

यस वडामा कोरोना रोकथाम तथा महामारीसँग जुट्न वडा अध्यक्षको संयोजकत्वमा विपद् ब्यवस्थापन समिति समेत गठन गरिएको छ । निगालचुलाका टोल–टोलमा विपद् ब्यवस्थापन समिति गठन गरिने पनि अध्यक्ष डाँगीले जानकारी दिए । राहतको लागि विपन्न वर्गको छनौट गर्ने क्रम चलिरहेको छ । राहतकोषमा हालसम्म ५७ हजार रुपैयाँ संकलन भएको छ । साथै वडामा कोरोना भाइरसको रोकथामको लागि आमवडाबासीलाई सचेतिकरण गर्ने क्रम चलिरहेको छ । यस नगरका विभिन्न वडाहरुमा पनि विपद् ब्यवस्थापन समिति गठन गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here