Friday, April 26, 2024
Homeफिचरविद्युतको सास्ती

विद्युतको सास्ती

- Advertisement -spot_img

तुलसीपुर, १० जेठ ।
केही दिनदेखि यस क्षेत्रको विद्युतले आम उपभोक्ताहरुलाई सास्ती दिइरहेको छ । झ्याप्प– झ्याप्प पटक–पटक बिजुरी जाँदा र आएको विजुली पनि लो भोल्टेजको हुँदा उपभोक्ताहरु मारमा परेका हुन् । अनियमित रुपमा काटिने विद्युुतले प्रत्यक्षरुपमा सञ्चार माध्यम, उद्योग कलकारखाना र साइबरहरु मारमा परेका छन् । विनाकारण अघोषित विद्युत अवरुद्ध हुने र लोभोल्टेजका कारण दाङ, सल्यान, रुकुममा समेत असर देखिएको छ ।
केही दिन यता झ्याप्प– झ्याप्प आउने जाने विद्युतका कारण यस क्षेत्रका उद्योग, कलकारखाना, सञ्चारगृह तथा आम उपभोक्ता निकै मारमा पर्न थालेका छन् । त्यसका साथै जिल्लामा विद्युतमा लाइनमा अनियमित हुँदा जिल्लास्थित सरकारी कार्यालयका कामकाजमा समेत समस्या आएको छ । सरकारी कार्यालयबाट सेवा लिने सेवाग्राहीसमेत मारमा छन् ।
तुलसीपुर क्षेत्रमा भएको विद्युत अनियमितताको विरोधमा स्थानीय तथा उद्योगी ब्यवसायीहरु बिहीबार विद्युत कार्यालयमा धर्ना दिएका छन् । नेपाल विद्युत प्राधिकरण शाखा तुलसीपुरले विना जानकारी विद्युत कटौति, आन्तरिक लोडसेडिङ मनोमानी तरिकाले गरेको, छोडेको विद्युत पनि लोभोल्टेजको रहेको भन्दै सेवा सुधारको माग गरेर स्थानीय धर्नामा गएको बताएका छन् ।
२४ घण्टाभित्र विद्युत कार्यालयबाट प्रदान हुने सबै सेवाहरु सुधार गर्न माग गर्दै ज्ञापनपत्रसमेत बुझाइएको छ । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावतले अनियमितता र लापरवाहीका कारण सबैक्षेत्र प्रभावित भएको बताए । उनले विद्युत कार्यालयले आफ्ना सेवा र आनीबानी सुधार नगरे चरणवद्ध आन्दोलन थाल्नेसमेत बताए । उद्योगी विमल रिजालले विद्युत कार्यालयको लापरवाहीका कारण भएको क्षतिपूर्तिसमेत कार्यालयले ब्यहोर्नु पर्ने बताए ।

विद्युत प्राधिकरणले भने सिस्टमको समस्याका कारण विद्युत प्रशारणमा समस्या भएको बताएको छ । कार्यालय प्रमुख दिपकजंग चौधरीले सुधारको लागि प्रयास भइरहेका भएपनि सिस्टमको समस्याले यो अवस्था आएको बताए । अनियमित रुपमा विद्युत काटिदा काममा धेरै नै समस्या भएको छ, राप्ती अटो इन्जिनियरिङ एसोसिएसनका उपाध्यक्ष टोपबहादुर महतराले भने, बत्तीका कारण प्रायः ग्यारेज बन्द गर्नुपर्ने अवस्था छ । कति समय त बिजुली नै आउँदैन आएको बिजुलीमा पनि कम भोल्टेज छ । केही काम नै गर्न मिल्दैन, उनले भने, अनियमित विद्युतले सानो काम गर्न पनि समस्या रहेको बताए ।

केही दिन यता झ्याप्प– झ्याप्प आउने जाने विद्युतका कारण यस क्षेत्रका उद्योग, कारखाना, सञ्चारगृह तथा आम उपभोक्ता निकै मारमा पर्न थालेका छन् ।


तुलसीपुर उप–महानगरपालिका १२ की सुनिता चौधरीले कम भोल्टेज आएका कारण आफू सञ्चारविहीन भएको बताइन् । ‘हातमा मोबाइल हुन्छ, तर चार्ज हुँदैन’ उनले भनिन् ‘न त रेडियो सुन्न टेलिभिजन हेर्न पनि पाइदैँन ।’ ‘लाइन पनि आउँदैन, मोबाइल चार्ज गर्न पनि समस्या छ कहाँ गएर चार्ज गर्ने ?’ सविक चौधरीले गाउँघरमा कम भोल्टेजको लाइन आउँदा मिल चल्दैन अनि मिल नचल्दा स्थानीयहरुलाई धान कुटाएर खानसमेत समस्या भएको बताएका छन् । तुलसीपुर–६ सीतलपुर चोकमा श्री महाकाली ग्रील उद्योग सञ्चालन गर्दै आएका रामबहादुर सुनवार विद्युत प्राधिकरणको लापरबाहीले सास्ती पाइरहेका बताए । उनले भने, मेरो उद्योगमा चारजना कर्मचारी छन् लाइन नहुँदा कुनै काम गर्न सकिदैन त्यस कारणले चारजना कर्मचारीलाई तलब खुवाउन पनि समस्या छ, कसरी तलव खुवाउने ? उद्योग चलेन भने व्यापार नै चल्दैन । घरभाडा भने बढिहरेको छ, त्यसैगरी कम भोल्टेज लाइन आउने पनि आजभोलि अत्याधिक बढिरहेको छ । कुसुमदेखि पश्चिम हापुरेसम्म १ सय ३२ केभी लाइन ल्याइएको भएपनि त्यहि डम्प भएको छ । प्रयोगमा आउन सकेको छैन ।
अघोषित लोडसेडिङप्रति का“ग्रेसको ध्यानाकर्षण
निर्वाचनमा करिब दुई तिहाइ जनमत प्राप्त कम्युनिष्ट गठवन्धनको सरकारले गरेको अघोषित लोडसेडिङप्रति नेपाली काँग्रेस दाङले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जनतालाई झुक्याउन लोडसेडिङ मुक्तको घोषणासँगै दश हजार मेगावाट विद्युत उत्पादन गर्ने सस्तो नारालाई यो अघोषित लोडसेडिङले खिल्ली उडाएको नेपाली काँग्रेस दाङले बिहीबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
काँग्रेस दाङका जिल्ला सभापति किर्तीबहादुर खड्का र सचिव शंकरप्रसाद डाँगीले बिहीबार एक विज्ञप्ति जारी गरीे ध्यानाकर्षण जनाएका हुन् । विज्ञप्तिमा विद्युत आपूर्ति अनियमित हुँदा आम नागरिक, उद्योगधन्दा, कलकारखाना, कृषि क्षेत्र तथा विद्यार्थीहरु समेत समस्यामा परेको बताइएको छ । विज्ञप्तिमा राज्यले लोडसेडिङ मुक्त घोषणा गरेपनि नियमित विद्युत आपूर्ति गर्ने नसक्नु गैर जिम्मेवार कार्य भएको विज्ञप्तिमा भनिएको छ । आफूलाइ शक्तिशाली भनेको सरकारले १० हजार मेगावाट उत्पादन गरेर लोडसेडिङ मुक्त बनाउने तथा गर्ने दाबी गरेर लोडसेडिङ अन्त्य गर्ने तथा प्रदेश राजधानी दाङ बनाउने भनेर दङ्गाली जनतालाई सपना बाँड्ने वर्तमान सरकार गैर जिम्मेवार भएको उल्लेख गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here